१३ वैशाख, काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले केन्द्रबाटै सहमति गरेर देशभर तालमेल गर्ने निर्णय गरे पनि महत्वपूर्ण स्थानमा समेत त्यसलाई कायम राख्न असफल भएको छ । केन्द्रबाटै तालमेल गर्ने निर्णय गरेका ६ वटा महानगर र ११ वटा उपमहानगरमा समेत अधिकांश ठाउँमा गठबन्धन दलहरूबाटै बागी उम्मेदवारी परे । कतिपयमा ठाउँमा गठबन्धनभित्र पनि गठबन्धन बने भने कतिपय स्थानमा गठबन्धन बाहिरको प्रमुख दल एमालेसँगै तालमेल गरेर उम्मेदवारी दर्ता भए । सबैभन्दा चर्चामा रहेको चितवनको भरतपुर महानगरमा गठबन्धनले साझा उम्मेदवार उठाउने सहमति गरेको थियो । सोहीअनुसार माओवादी केन्द्रबाट प्रमुखमा रेनु दाहाल र उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराए । तर, पहिल्यैदेखि नै असन्तुष्ट रहेको चितवन कांग्रेसका नेता पूर्वसांसद जगन्नाथ पौडेलले पनि बागी उम्मेदवारी दर्ता गराए । पढ्नेक्रम जारी राख्नुहोस्
तहसनहस सत्ता गठबन्धन
Posted in समाचार
देशभर १ लाख ३७ हजारभन्दा बढीको मनोनयन दर्ता
काठमाडौँ — संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको स्थानीय तह निर्वाचनमा सोमबार ७५३ वटै पालिकामा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन् । निर्वाचनमा सत्ता गठबन्धनका पाँच दल र प्रमुख प्रतिपक्ष एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदै छ । मंगलबार बिहान निर्वाचन आयोगद्वारा जारी तथ्यांकअनुसार प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य गरी १ लाख ३७ हजार ४३ जनाको उम्मेदवारी परेको छ । प्रदेश १ मा २१ हजार ८७९‚ मधेस प्रदेशमा ३४ हजार ७४७‚ वाग्मती प्रदेशमा २३ हजार ९६‚ गण्डकी प्रदेशमा १२ हजार १४६‚ लुम्बिनी प्रदेशमा २१ हजार ७५९‚ कर्णालीमा १२ हजार ३१८ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ९८ गरी कुल १ लाख ३७ ४३ जनाको उम्मेदवारी दर्ता भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
सशस्त्रमा सेवा अवधि ३२ वर्ष पुर्याउन ‘गुपचुप खेल’
नियमावली संशोधन प्रस्ताव वैशाख १८ अगावै मन्त्रिपरिषद्बाट स्वीकृत भए सशस्त्र प्रहरीको भावी नेतृत्वको समीकरण बदलिने
नियमावली संशोधन प्रस्ताव गृहबाट अर्थमा, निर्वाचन आयोगलाई भने जानकारी छैन
मातृका दाहाल
काठमाडौँ — गृह मन्त्रालयले संगठनभित्र छलफल र अध्ययन नगरी सशस्त्र प्रहरी कर्मचारीको सेवा अवधि ३० वर्षबाट ३२ वर्ष पुर्याउने गृहकार्य अघि बढाएको छ । सेवा अवधि ३२ वर्ष कायम हुने गरी सशस्त्र प्रहरी नियमावलीको संशोधन मस्यौदा तयार गरेर गृहले सैद्धान्तिक सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइसकेको छ । संगठनमा कुनै दीर्घकालीन र रणनीतिक महत्त्वका विषयमा निर्णय लिन वा गृह मन्त्रालयमा सिफारिस प्रस्ताव गर्न डीआईजी र त्यसमाथिका अधिकृत सम्मिलित ‘प्रिन्सिपल स्टाफ कमिटी’ (पीएससी) को बैठक बस्छ । तर सेवा अवधि बढाउने प्रस्तावमा सशस्त्रमा कुनै छलफल नै नभएको स्रोतले जनाएको छ । सशस्त्र प्रहरी प्रवक्ता डीआईजी विदुर खड्काले पनि सेवा अवधि ३२ वर्षे पुर्याउने विषयमा अनभिज्ञता जनाए । ‘यस विषयमा हामीलाई कुनै जानकारी छैन,’ उनले संक्षिप्त प्रतिक्रिया दिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
अर्थमन्त्री राजीनामा देऊ
अर्थमन्त्री जनार्दन शर्मा र प्रधानमन्त्री शेरबहादुर देउवाको मिलिभगतमा भएको नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथिको आक्रमणमा सर्वोच्च अदालतले अंकुश लगाइदिएको छ । गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय अर्को आदेश जारी नभएसम्मका लागि कार्यान्वयन नगर्न आदेश दिएर न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले विधिको शासनलाई सरकारको वक्रदृष्टिबाट बचाएको हो । यस आदेशबाट गभर्नर अधिकारीमाथि हुल्लडबाजी प्रतिशोध साधिएको त थप प्रस्ट भएको छ नै, उक्त कुकृत्यका लागि मुख्य जिम्मेवार रहेका अर्थमन्त्री शर्माको पदीय नैतिकतामाथि पनि प्रश्न उठेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
बयान फेरियो, फैसला के हुन्छ ?
बलात्कार मुद्दामा डर, त्रास, धम्की, प्रलोभन तथा अन्य प्रभावले बयान परिवर्तन गर्ने प्रवृत्ति, तर पीडितले बयान फेरेकै आधारमा अभियुक्तलाई सफाइ दिन नमिल्ने सर्वोच्चको नजिर
सम्झना रसाइली, रीना मोक्तान
तनहुँ, काठमाडौं — पल शाहमाथि जबर्जस्ती करणीको आरोप लगाउँदै आएकी किशोरीले अदालतको बकपत्रमा बयान फेरेकी छन् । तनहुँ जिल्ला अदालतमा आइतबार बकपत्र दिने क्रममा उनले आफूलाई पलले बलात्कार नगरेको, अरूको उक्साहट र दबाबमा प्रहरीमा जाहेरी दिएको बयान दिएकी छन् । यसअघि किशोरीले जिल्ला प्रहरी कार्यालय तनहुँ र नवलपुरमा समेत पलले आफूलाई बलात्कार गरेको बयान दिएकी थिइन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
शंकास्पद डलर ल्याउने शाह चार वर्षअघि अवैध भारुसहित पक्राउ परेका थिए
अर्थमन्त्रीले भनेजस्तै शाह सोझासिधा व्यवसायी होइनन्, अरु कसैको रकम ओसारपसार गर्ने व्यक्ति भएको पृष्ठभूमिबाटै खुलासा
मातृका दाहाल
काठमाडौँ — अमेरिकाबाट शंकास्पद रकम आएका कारण अनुसन्धानमा तानिएका पृथ्वीबहादुर शाह चार वर्षअघि पनि भारतीय रुपैयाँको कारोबारमा पक्राउ परेको खुलासा भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई स्रोत नखुलेको भारुसहित पक्राउ गरे पनि शक्तिको निर्देशनमा उनी छुटेका थिए । यसरी कहिले भारु र कहिले डलर कारोबारले विवादमा आउने उनी अरु कसैको पैसा ओसारपसार गर्छन् पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार