Category Archives: NRNA गतिविधि

एनसीसी कुवेतको छैटौं अधिवेशनको लागि उम्मेदवारी दर्ता जुलाइ २० तारिक हुने


कुवेत – गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी अगष्ट २ तारिक कुवेत सिटी स्थित IN & GO होटलको सभाहलमा आयोजना हुन गर्इरहेको आसन्न छैटौं राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन समितिले एक सूचना जारि गरि कुवेतको मालिया सिटी स्थित चैतारी रेष्टुरेन्टमा यहि जुलाइ २० तारिक शनिबार दिउँसो २ बजेदेखि साँझ ७ बजे सम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ ।

निर्वाचन समितिले जारी गरेको सूचना अनुसार नयाँ बन्ने कार्य समितिमा उम्मेदवारी दिन चाहने विभिन्न पदका उम्मेदवारहरूका लागि उम्मेदवारी शुल्क समेत निर्धारण गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

छैटौं महाधिवेशनको लागि एनआरएनए कुवेतको निर्वाचन आचार संहिता र कार्यतालिका सार्वजनिक


एनआरएनए कुवेतको आगामी २ अगष्ट २०१९ का दिन INN & GO होटलमा हुन गैरहेको छैटौं महाधिवेशनको लागि गठित निर्वाचन समितिले निर्वाचन आचार संहिता २०१९ र कार्यतालिका सार्वजनिक गरेको छ l पढ्नेक्रम जारी राख्नुहोस्

एनआरएनए एनसिसी कुवेतद्वारा छैटाैं राष्ट्रिय महाधिवेशन २६ जुलाईमा


कुवेत, २० मे : गैरआवासीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद कुवेतको १६ मे २०१९ मा बसेको बैठकले संस्थाको विधान अनुसार आगामी कार्यकाल २०१९–२१ को लागी छैटौं राष्ट्रिय महाधिवेशन २६ जुलाई २०१९ मा गर्ने भएको महासचिव हरि लावतीद्वारा जारी बिज्ञप्तीमा जनाइएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

गैरआवासीय नेपाली संघ कुवेतद्धारा बारा र पर्साका हावाहुरी पीडितहरुलाई आर्थिक सहयोग


गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले बारा र पर्साका हावाहुरी पीडितहरुलाई रु. ५१,०००।– (अक्षेरुपी एकाउन्न हजार रूपैया) आर्थिक सहयोग गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

एनआरएनए कुवेतको सहयोगमा मृतकको शव नेपाल पुग्यो, ५१ हजार रुपैयाँ काजक्रिया खर्च सहयोग


कोशराज राई/कुबेत
नोभेम्बर ७, कुवेत । कुवेतको फर्वानिया अस्पतालमा उपचारको क्रममा निधन भएकी शिव सताक्षी नगरपालिका झापाकी २९ वर्षिया बहा मुर्मुको शव गैर आवासिय नेपाली संघ (एनआरएनए)/ राष्ट्रिय समन्वय परिषद (एनसीसी) कुवेतको पहलमा आज नेपाल पुगेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

एनआरएनए कुवेतले अस्पतालमा उपचाररत बहा मुर्मुलाई स्वदेश फर्काउन अभियान सन्चालन गर्ने


कोशराज राई,कुबेत

अक्टोबर २४, कुवेत । गैर आवासिय नेपाली संघ (एनआरएनए)/ राष्ट्रिय समन्वय परिषद (एनसीसी) कुवेतले कुवेत स्थित फर्वानिया अस्पतालमा उपचाररत बहा मुर्मुलाई स्वदेश फर्काउन नेपाली राजदूतावास कुवेत समेतको सहयोगमा अभियान सन्चालन गर्ने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

एनआरएनए महिला संयोजक सुस्मिता लिम्बूले गरिन् बिरामीहरुलाई भेटघाट तथा फलफूल बितरण


कोशराज राई/ कुबेत

अक्टोबर २२, कुवेत । गैर आवासिय नेपाली संघ (एनआरएनए) कुवेतकी महिला संयोजक सुस्मिता लिम्बूले आज फर्वानिया अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफूल बितरण तथा उनीहरुको अवस्थाको ’boutमा जानकारी लिएकी छिन् । पढ्नेक्रम जारी राख्नुहोस्

देउसी भैलोबाट ५ सय ९२ केडी संकलन, संकलित रकम पीडितहरुको राहत र उद्दारमा खर्च गरीने


कोशराज राई/कुबेत

अक्टोबर २२, कुवेत । गैर आवासिय नेपाली संघ (एनआरएनए)/ राष्ट्रिय समन्वय परिषद (एनसीसी) कुवेतले देउसी भैलो कार्यक्रम २०१७ बाट ५ सय ९२ केडी पाँच सय फिल्स जम्मा गरेको जानकारी दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्