गैरआवासीय नेपाली संघ (एनआरएनए ) ले सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ स्थित लिदीका पहिरो पीडितलार्ई ५ लाख आर्थिक सहयोग गरेको छ । पहिरो पीडितहरुको अस्थायी बस्ती बासखर्क पुगेर एक समारोहका बिच संघका उपाध्यक्ष सोनाम लामाले ५ लाख आर्थिक सहयोग हस्तान्तरण गर्नुभयो । उपाध्यक्ष लामाले जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङ र वडाध्यक्ष प्रताप लामालाई संयुक्त रुपमा सहयोग हस्तान्तरण गर्नुभएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Category Archives: NRNA गतिविधि
सिन्धुपाल्चोक लिदीका पहिरो पीडीतलाई एनआरएनएको ५ लाख आर्थिक सहयोग
Posted in NRNA गतिविधि
नेपाली राजदुतावास अबुधाबी युएईले एनआरएन युएई र नेपाली समाजको सहयोगमा राहत बितरण थालनी ।
नेपाली राजदूतावास अबुधाबी युएईले १८ मे सोमबार १,००० थान ( एक हजार) थान राहत सामाग्री (Food Kits) युएई स्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) युएई र नेपाली समाजको सहयोगमा वितरण गर्ने कार्यको थालनी गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार, NRNA गतिविधि
NRNA कुवेतद्वारा पिडितलाई खाद्यान्न वितरण
कुबेत नेपालडटकम /२२ अप्रील, कुवेत। गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA/NCC) कुवेतले कुवेतमा ४१३ जनालाइ दैनिक जिवनयापनमा अत्यावश्यक नुन, तेल, दाल, चामल लगाएतका खाद्य सामाग्री वितरण गरेको छ। कोरोना भाइरसका कारण लामो समयदेखी वेतलवी रहेर खानका लागि समस्यामा परेका वा अवैधानिक रहेर खानमा समस्या परेका नेपालीहरुलाइ उक्त राहत वितरण गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in सूचना, NRNA गतिविधि
NRNA/NCC कुवेतको आयोजनामा अन्तर नेपाली भलिबल प्रतियोगिता, आगामी शुक्रबार टिम दर्ता हुने
कुबेत नेपालडटकम / फेब्रुअरी ११ , कुवेत।गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले यहि फेब्रुअरी २५ तारिक मंगलबारको दिन कुवेतको मिसरफ स्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा सम्पन्न गर्न लागेको अन्तर नेपाली भलिवल प्रतियोगिताको लागि फेब्रुअरी १४ तारिक शुक्रबार टिम दर्ता र फेब्रुअरी २१ तारिक टाइसिट तयार गर्ने भएको छ । टिम दर्ता र टाइसिट तयार गर्ने कार्य माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको खेल मैदान सुकसभा फुटबल ग्राउण्ड फाहाहिलमा हुने एनआरएनका युवा संयाेजक तथा भलिबल प्रतियोगित संयोयक समितिका संयोजक नबराज पराजुलीले परदेशी खबर डटकमलाई बताएका छन्। एनआरएनले कुवेतको राष्ट्रिय दिवस तथा स्वतन्त्रता दिवसको अवसर पारेर यहि २५ फेब्रुअरी २०२० को दिन नेपाली टिमहरूबिच भलिवल प्रतियोगिता गराउन लागेको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद, NRNA गतिविधि
गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA/NCC) कुवेतद्वारा अन्तर नेपाली भलिबल प्रतियोगिता हुने
दिलकुमार पाख्रीन/२९ डिसेम्बर, कुवेत। हाला फेब्रुअरी अन्तरगत कुवेतको नेश्नल डे र लिबरेशन डेको अवसरमा गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतद्वारा अन्तर नेपाली भलिबल प्रतियोगिता आगामी फेब्रुअरी २५ तारिक मिस्रफ स्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा योजना हुने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद, NRNA गतिविधि