Category Archives: MESC गतिविधि

माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको आठौ महाधिवेशन आगामी ६ सेप्टेम्बरमा गर्ने


कुबेत -बिगत लामो समय देखी कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको आठौ महाधिवेशन आगामी सेप्टेम्बर महिनाको ६ तरिक गर्ने भएको छ |हिज मिती मे २४ तारिख शुक्रवारका दिन फर्वानीया स्थित, क्लब जगेर्नाकोष संयोजक शिवराम पौडेल ज्युको निवासमा बसेको क्लबको २१६ मासिक बैठकले केही महत्वपूर्ण बिषयमा छलफल गर्दै आगामी ६ सेप्टेम्बरमा महाधिवेशन गर्ने तय गरेको हो ।कुवेत नगरिमा पुरानो तथा बिशेषगरी खेलकुद क्षेत्रलाइ अगाड़ी बढाउँदै बिभिन्न सामाजिक कार्यमा समेत सरिक हुदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबको आगामी अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । क्लवका अनुसार, आगामी नेतृत्व अझ सशक्त रुपमा अगाडि बढ्दै आफ्नो कार्ययोजना सफल पार्ने छ । क्लवको नयाँ नेतृत्वको लागि को-को प्रतिश्पर्धामा छन त भन्ने सवालमा क्लवले भनेको छ, “कसैले प्रतिश्पर्धा गर्ने छैनन् जुन संस्था प्रति इमान्दार र स्वच्छ छवि भएको र संस्थालाई आत्मसात गर्दै अगाडि बढाउन सक्षम छ त्यस्तो ब्यक्तित्व नै नयाँ नेतृत्वमा सर्व-सहमतिमा चुनिने छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

१७औं बमजन कपको उपाधी सरोकार समाजले चुम्यो, उपबिजेता GFC (फोटो फिचरसहित)


कुवेतनेपाल डट कम

३० मार्च २०१९ । माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवले आयोजना गरेको १७औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्ट एक सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

१७औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनलका खेलहरु सम्पन्न (फाेटाे फिचरसहित)


सुरेश गुरुङ, कुवेत

२३ मार्च २०१९ । माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवले हिजो कुवेतको फाहाहिलस्थित सुकशवा फुटबल मैदानमा सञ्चालन गरेको १७औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको पहिलो र क्वार्टर फाईनल चरणका सबै खेलहरु एक सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

१७औं बमजन कप २२ र २९ मार्चमा खेलाईने, टिम दर्ता र टाईसिट १५ मार्चमा


बिजेता/उपबिजेता टिमको पुरस्कार राशिमा बृद्धी, सम्पूर्ण नेपाली टिमहरुलाई गोल्ड कप चुम्ने तयारीमा रहन क्लवको आग्रह

जय आले, कुवेत

०७ मार्च २०१९ । माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव, काठमाण्डौ-कुवेतले १८ बर्षदेखी सञ्चालन गर्दै आएको माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको १७औं श्रीङ्खला आगामी २२ र २९ मार्च २०१९ मा सम्पन्न हुने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

क्लवले महामहिम राजदूत र प्रथम नेपाली महिलालाई बिदाई गर्‍यो


कुवेतनेपाल डट कम

२९ जनवरी २०१९ । माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतले कुवेतका लागि नेपाली राजदूत महामहिम यज्ञ बहादुर हमाल र उहाकि धर्मपत्नी रीता हमाललाई बिदाई गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

हार्दिक बधाई तथा शुभकामना !!


कुवेतनेपाल डट कमका बरिष्ट सम्पादक तथा माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव, काठमाण्डौ-कुवेतका जगेर्णा कोष संयोजक श्री शिवराम पौडेल र वहाँँकी धर्मपत्नी सिर्जना सुवेदी पौडेललाई दोश्रो सन्तानको रुपमा हिजो १० जुलाई २०१८ का दिन पुत्र लाभ भएकोमा कुवेतनेपाल डट कम तथा सम्पूर्ण क्लव परिवार वहाँहरुलाई धेरै धेरै बधाई तथा शुभकामना दिंदै, नवजात शिशुको दिर्घायु एवं उज्जवल भविष्यको कामना गर्दछौँ ।

कुवेतनेपाल डट कम
तथा माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव, परिवार

माउण्ट एभरेष्ट स्पोर्टिङ १६औं बमजन गोल्ड कप को उपाधी पुर्बेली टाईगरको कब्जामा,किरात राई यायोक्खा कुबेत बन्यो उपबिजेता,


कुबेत नेपालडटकम

कुवेतमा पुरानो र ठुलो मानिएको १६औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्ट सौहार्दपूर्ण बातावरणमा सम्पन्न उपाधी ‘पुर्बेली टाईगर टिम’ले चुमेको छ भने किरात राई यायोक्खा कुबेत उप-बिजेता बनेको छ पढ्नेक्रम जारी राख्नुहोस्

१६औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनल चरणका सम्पूर्ण खेलहरु सम्पन्न


डम्बर रिमाल, कुवेत

१६ फेब्रुअरी २०१८ । माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवले हिजो कुवेतको फाहाहिलस्थित सुकशवा फुटबल मैदानमा सञ्चालन गरेको १६औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको पहिलो र क्वार्टर फाईनल चरणका सबै खेलहरु एक सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएका छन । पढ्नेक्रम जारी राख्नुहोस्