Category Archives: सूचना

किरात याक्थुङ चुम्लुङ कुवेतको चौथो अधिवेशन अध्यक्षमा श्रीमती देबी चेम्जोङलाई चयन गर्दै सम्पन्न


कुबेत नेपालडटकम

किरात याक्थुङ चुम्लुङ कुवेतको आठौं बार्षिकोत्सब तथा चौथोे अधिवेशन सम्पन्न भएको छ । कुवेतको फवार्निया स्थित अडिटोरियम हलमा सम्पन्न चौथो अधिवेशनले श्रीमती देबी चेम्जोङलाइ अध्यक्ष चयन गरेका छन । अधिवेशनमा दुर्गा चेम्जोङको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिती गठन गरिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना


कुबेत नेपालडटकम

जन-जागृति युवा समाज कुवेतको हिजो फेब्रुवरी ८ तारिक शुक्रबार को दिन पाँचौ अधिबेशन सम्पन्न भएको छ। उक्त अधिबेसन बाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्बिरोध निवार्चित हुनुभएका  श्री टीकाराम आचार्य ज्यु लगायत सम्पुर्ण नयाँ पदाधिकारी ज्युहरुमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ- कुबेतको र कुबेत नेपालडटकम को तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेत

सुदूर–पश्चिम सेवा समाज कुवेतले अतिथि कलाकार को साथमा आफ्नो वार्षिकोत्वस तथा अधिबेशन आगामी जुन २१ तारिक गर्ने


सुरेश गुरुङ,कुबेत

सुदूर–पश्चिम सेवा समाज कुवेतले आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था सुदूर–पश्चिम सेवा समाज कुबेत ले आफनो वार्षिकोत्वस तथा अधिबेशन आगामी जुन २१ तारिक २०१९ शुक्र्बार को दिन अतिथि कलाकार को साथमा मनाउने समाज को कोषाध्यक्ष : निरुमाया खड्का ले कुबेत नेपालडटकम लाइे जानकारी दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना


कुबेत नेपालडटकम

किरात याक्थुङ चुम्लुङ, कुवेतको हिजो फेब्रुवरी ८ तारिक शुक्रबार को दिन आठौं वार्षिकोत्वस तथा चौथो अधिबेशन सम्पन्न भएको छ। उक्त अधिबेसन बाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्बिरोध निवार्चित हुनुभएका महिला नेत्री श्री देभी चेम्जोङ ज्यु लगायत सम्पुर्ण नयाँ पदाधिकारी ज्युहरुमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ- कुबेतको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेत

किरात याक्थुङ चुम्लुङ, कुवेतको आठौं वार्षिकोत्वस तथा चौथो अधिबेशनको सम्पूर्ण तयारी पुरा


कुबेत नेपालडटकम

“हाम्रो संस्कृति हाम्रो पहिचान, हाम्रो भाषा–लिपि हाम्रो सान” भन्ने नाराका साथ आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था किरात याक्थुङ चुम्लुङ कुवेतले आफ्नो आठौं वार्षिकोत्वस तथा चौथो अधिबेशन आउदो फेब्रुवरी ८ तारिक शुक्रबार को दिन कुबेतको फर्वानिया स्थित अडिटोरियम हलमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी कार्यक्रम संयोजक हरि लावती ले कुबेत नेपालडटकम लाई जानकारी दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

मनमा नेपाल”बोलको राष्ट्रीय गीत बजारमा छिट्टै आउदै


नयाँ पुस्ताका नेपाली संगीतकर्मी मध्ये नेपाली गीत संगीतलाई कर्मथलो बनाउन मैदानमा उत्रेका युबा गायककार /संगीतकार हुन डम्बर हिङ्माङ ।
उन्को संगीत र स्वरमा हाल क्यानडा बस्तै आउनु भएको नेपाली सेनाका पूर्व मेजर रबि मान सिंह बस्न्यातको शब्दमा “ मनमा नेपाल”बोलको राष्ट्रीय भावना जगाउने गीत नेपाली संगीत प्रेमी हरुको लागी छिट्टै बजारमा आउदैछ । गीतकार बस्न्यातका अनुसार गीतले राष्ट्रीय भावना जगाउनुको साथै “श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह”ले नेपाल एकिकरण पश्चात भनेझैं चार बर्ण छत्तीस जात हामी नेपाली अहीले विभीन्न परिस्थिति र कारणले नेपालको तराई पहाड़ हिमाल लगाएत संसारभर छरीएर रहेका छौं हामी मध्ये नेपालीपन नेपालीमन बोकेका सम्पुर्ण धर्म जात जाती लिंग लाई एकताको सुत्रमा बाध्ने हेतुले यो गित कोरीएको र भुगोलमा हामी संसारको जुनसुकै कुनामा भएपनी हाम्रो मातृभुमी, हाम्रो पहीलो प्राथमिकता नेपाल र हामी नेपाली भै रहनु पर्छ भन्ने सन्देश दिन खोजिएको छ !

नया युवापुस्ताका संगीतकार र नया पुस्ताको संगीतलाई प्रोत्साहन गर्नुपर्छ । हिङ्माङ अगाडी बताउनु हुन्छ… म आफै यो पढ्नेक्रम जारी राख्नुहोस्

एनआरएनए कुवेतद्धारा राजदुत महामहिम यज्ञबहादुर हमालको बिदाई कार्यक्रम सम्पन्न ।


कुबेत नेपालडटकम

गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतद्धारा नेपाली राजदूताबास कुवेतका लागि राजदूत महामहिम यज्ञबहादुर हमाल र उहाकि धर्मपत्नि रिता हमाललाई दोसल्ला ओढाई मायाको चिनो र कदर पत्र प्रदान गर्दै मिति १ फेब्रुवरी २०१९ शुक्रबारको दिन फर्वानिया स्थीत द्वाईही प्यालेस रेष्टुरेन्टमा बिदाई कार्यक्रम सम्पन्न गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल तामाङ घेदुङ कुवेत ले २८५५ औँ फाग ड्वा ल्हो”(सुंगुर बर्ग)सोनाम ल्होछार धुमधामसँग मनाए (फोटोफिचर)


सुरेश गुरुङ,कुबेत

“सोनाम ल्होछारको प्रबर्द्धन हाम्रो सास्कृतिक सरोकार, ताम्सालिङ प्रदेशको निर्माण हाम्रो राजनीतिक आधार ” भन्ने मुल नाराका साथ नेपाल तामाङ घेदुङ कुवेतले आफ्नो महान एवं मौलिक,साँस्कृतिक पर्व राष्ट्रिय सोनाम ल्होछार मन्जुश्री संवत् २८५५ औ फाग ल्हो ( सुङगुर वर्ग )सोनाम ल्होछार बृहत् साँस्कृतिक कार्यक्रम को साथ सम्पन्न गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्