Category Archives: मुक्तक/चुट्किला

एकछिन् रमाइलो गरौ (चुट्किला)


१)   पन्डित बाजेलाई झाडा पखालाले च्यापेछ…
ओखती लिने बेलामा डाक्टरलाई सोधेछ, अनी के के कुरामा ध्यान दिनु पर्ला डाक्टर साब ?
डाक्टर : जोडले शंख नफुक्नु होला ।

२)   मुन्द्रे र धुर्मुसको कुराकानी
धुर्मुस : तपाईंलाई गर्मी भयो भने के गर्नु हुन्छ ?
मुन्द्रे : फ्यानको नजिकै गएर बस्छु
धुर्मुस : त्यसो गर्दा पनि गर्मी कम भएन भने ?
मुन्द्रे : फ्यान अन गर्छु पढ्नेक्रम जारी राख्नुहोस्

मुक्तक !!


प्रेम वली, नेपाल

१. प्रधानमन्त्री : सोझा जनतालाई चर्को ब्याजमा तम्सुक लेखाउने गाउँका मुखिया बा ।
२. मन्त्री : जनताको भकारी सोर्दै, सरकारको ढुकुटी फोर्दै, आफ्नो सामा जोर्दै कहिल्यै नअघाउने झुसली किरो ।
३. प्रशासन : मुखिया बाको चाकडी गर्दै, सोझालाई थर्काउँदै, फटाहलाई तर्साउँदै, गोबर सङ्कलन गर्ने गोब्रे किरो । पढ्नेक्रम जारी राख्नुहोस्

चुटकिला


धर्मराज गिरी, कुवेत

नेपालमा छोरीको विवाह गर्ने बेला भयो
कुवेतमा बल्ल आमाको लभस्टोरी शुरु हुँदैछ
छोरीको आमाको मोबाईल फोनमा कान्छाबाउको टेलिफोन
मिठो शब्दमा कान्छाबाउ भन्छन आई मिस यु डार्लिङ
छोरीको आमा लेग्रे स्वर तान्दै भन्छे,
मलाई मिस चाँही नभन बरु डार्लिङ भनन…!!

Posted by: Narayan Nepal

केहीक्षण हाँसौं…


मिस कल

एक जना कन्जुस व्यापारीको घरमा आगो लागेछ । बुढीले लौ न केही गर्नोस् न भनेर कचकच गरेपछि मन नलागी नलागी हिजो मात्र रिचार्ज गरेको प्रिपेडमिबाइलबाट उसले दमकल अड्डमा मिस कल दिएछ

नौ कि दस

एक पटक एउटा सुक्खा मरुभूमिमा एउटा मान्छेले दस वटा उँटहरुलाई पानीको पोखरीतिर लगिराखेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

चुटकिला


मिस कल
रमनः -आफ्नो शिक्षिकसंग) मिस, के तपाईले मेरो मोबाइलमा फोन गर्नुभएको थियो ?
शिशिकाः मैले १ छैन त, तर किन ?
रमनः हिजो मैले मेरो मोबाइलमा स्क्रीनमा हेर्दा मिस कल लेखिएको थियो त्यही भएर ।

प्रेम विवाह
रिताः विवाहभन्दा पहिला मैले तिमीलाई ठुलै बहादुर सम्झेकी थिए । पढ्नेक्रम जारी राख्नुहोस्

एकछिन हाँसौं !!!


१) एकजना हट्टा-कट्टा युवक मागेर बसेको देखेर एकजनाले तिमी त आर्मीमा गए हुन्छ नि भनि सल्लाह दिएछ, त्यसपछी युवकले भन्न शुरु गरेछ: आर्मीमा जान त मन लाग्छ तर आर्मीमा गए लडाईंमा जानुपर्छ त्यसपछी मरिन्छ कि बाँचिन्छ ठेगान छैन । बाँचे त ठिकै हो मर्‍यो भनें कि त गाढी दिन्छ कि त जलाई दिन्छ । जलायो दियो भने त ठिकै हो, गाढी दियो भने कि त माटो हुन्छ कि त रुख हुन्छ, माटो भए त ठिकै हो तर रुख भयो भने कि त कागज बनाउँछ कि त ट्वाइलेट पेपर बनाउँछ । लेख्ने कागज बनाए त ठिकै हो ट्वाइलेट पेपर बनायो भने कि त केटाले पुच्छ कि त केटीले पुच्छ, केटाले पुछे त ठिकै हो तर केटीले पुछ्यो भने लाज लाग्छ… पढ्नेक्रम जारी राख्नुहोस्

म त झन “चुट्किला”


जय आले, कुवेत

दुईजना मान्छे डाक्टरको क्लिनिकमा जचाउनको लागि बसीरहेका थिए ।

त्यत्तिकैमा एकजना अचानक रुन थाल्यो.. उहुँ.. उहुँ..

पहिलो मान्छे छक्क पर्दै, दाई तपाईं किन रुनु भएको ?

दोश्रो : म यहाँ रगत जचाउनको लागि आको त्यसैले रोएको ।

पहिलो : रगत जचाउन पनि डराएर रुनु पर्छ त ?

दोश्रो : डराएर होइन, रगत जाँच्ने क्रममा डाक्टरले मेरो औंला काट्छ नि, त्यसैले मलाई कति दुख्ला भनी सम्झेर रोएको ।

त्यतिकैमा, पहिलो मान्छे पनि रुन थाल्यो, उहुँ.. उहुँ..

दोश्रो : हैन तपाईं चाँही किन रुन थाल्नु भएको नी ?

झन भक्कानो छोडेर रुदै उसले भन्यो : “उहुँ ..उहुँ .. म झन पिसाब जचाउन आको ..”

(३० अप्रिल २०१०)

“म किन यस्तो हुन्थे”


एकदिन लोग्ने स्वास्नी बिच “को राम्रो” भनेर ठुलो झगडा परेछ !
तब छुट्टयाउनको लागी उनिहरुले आफ्नो छोरालाई सोधेछन;
भन त बाबु हामी दुई जनामा को राम्रो ?

छोरा (जङगिदै): तपाईहरु दुईजना राम्रो भएको भए म  यस्तो imager(लाखु जस्तो) हुन्थे.. ?

जय आले, कुवेत (२० अक्टुवर २००९)