माया घले मगर, इजरायल
आजभोली समाजमा ,यस्तो प्रहार हुन्छ
बासनाको पराकाष्ट ,सृष्टी सिकार हुन्छ
यस्तै खबर दिनानुदिन, मिडियाले फुक्छ
मौन बस्छन समाजसेवी,महिला अधिकार कर्मी,कहाँ उद्दार हुन्छ
आफ्नै घरमा सुरक्षित छ, छैन कुनै चेली
फेरी नारी अधिकारको ,किन प्रचार हुन्छ
न्यायाधिसले दण्ड दिन्छ, पाटि हेरी मान्छे
यहि कार्य बलात्कारको ,मुख्य आधार हुन्छ
न्यायको भिख माग्छिन आमा, निराधार हुँदै
नपाउँदा साथ् जिन्दगानी, आफैंमा भार हुन्छ
यो कस्तो हो नियम कानुन, मेरो देशको रीत
जो ओकाल्छ सत्य उही, न्यायको जार हुन्छ