Category Archives: चिट्ठीपत्र, एकांकी

मारी नदि घुम्दा…!!


प्रेम वली, अष्ट्रेलिया

आज शनिबार ह्यूसङ्ग साउथ अस्ट्रेलियाको सभन्दा ठुलो नदी मारी घुम्न जानलाई डेभिड्को घरमा उसलाई कुर्दै थिए । एडलाइडबाट ८० किलो मिटर टाढाको यात्रा रमाइलो हुने भएकाले मनमा उत्सुक्ता जागेको थियो । ठीक अंग्रेजी समयमानै साथी आएपछी हामी कारमा घुम्न निस्कियौ । ह्यू रमाइलो साथी रहेछ, पहिले बिद्युतिय पत्रचार मात्र भएकाले भेटदा झन रमाइलो लागेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

निष्ठुरीलाई अन्तिम सन्देश पत्र !!


जिबन लिम्बु, कुवेत

आँखाभरी आँसु बोकी, मनभरी पीडा लिई लक्ष बिहिन यात्रा गरि रहेको छु म । एउटा कथाको पात्र झैं लेखिएका मेरा भाग्य रेखाहरुले नयाँ शब्द चयन गर्न सकेको छैन । शायद गरिबिको जन्जिरले लुटुपुटु र बिश्वासमा धोका पाएको जीवनको अन्त्य एउटा पशुको भन्दा कम नहोला । खै के हो जीवन ? जीबनलाई मैले राम्रोसँग नियाल्ने मौका पाएको छैन । मेरो भाग्य बिधाताले लेखेको यहि जीबन होला… जहाँ मैले व्याथा र रोदन बाहेक अरु पाउन सक्दिन । पढ्नेक्रम जारी राख्नुहोस्

डा. भक्तमान श्रेष्ठ घर जादै गर्दा अपहरणमा परेका थिए । पडौ उनको ती दिनहरु


डा. भक्तमान श्रेष्ठका ती १९ दिन
डा. भक्तमान श्रेष्ठ घर जादै गर्दा अपहरणमा परेका थिए । पडौ उनको ती दिनहरु उनकै शब्दमा :

भक्तमान श्रेष्ठ, चितवन, जेठ २२- मङ्गलबार ४ गते राति लगभग सवा दश बजे मलाई कब्जामा लिइयो। म घर जाँदै थिएँ। हाकिमचोकबाट भित्र छिर्ने ठाउँ हिमचुली ब्याङ्कनजिक मेरो अगाडि रहेको गाडीसँग ठोक्कियो। एक जनाले मेरो गाडीमा किन ठोक्नुभएको भने, अरुले आएर झ्याप्प समाते, अनि आँखामा पट्टी बाँधे।
मैले थाहा पाएँ कि म घेरामा परिसकेको रहेछु। उनीहरुले अगाडि पछाडि पनि गाडी राखेका रहेछन्। पढ्नेक्रम जारी राख्नुहोस्

प्रवासीबाट प्रियसीलाई पत्र


योगेन्द्र वियोगी, मलेसिया 

हे मेरी प्राण भन्दा पनि प्यारी प्रियसी
यो प्रबासी भूमिबाट आज म तिमीलाई
यो पत्र कोर्दै छु, सन्चै छ कि बिसन्चो तिमीलाई

दिन रात तिम्रै यादम तडपीदै छु
के छ गाउ घरतिरको नयाँ खबरहरु

के छ तल्ला घरे कान्छीको हालचाल
बिहे भयो रे भन्ने सुन्दैछु आज पढ्नेक्रम जारी राख्नुहोस्

प्रवास र भाईटिका !!


नेत्र पंगेनी, कुवेत

आज भाईटिकाको दिन सबैले आफ्ना दिदीबहिनीहरुको हातबाट निधारमा सप्तरङ्गी टिका र गलामा मक्खमली अनी सयपत्री फुलका माला लगाउँदै होलान । तर कस्तो तिहार यहाँ ? न छ कतै भाईटिकाको टिका, न छन मक्खमली र सयपत्री फुलका माला, कस्तो बिडम्बना यो ? शायद कती दाजुभाइहरुलाई यही पिडाले सताउँदो हो… आज मलाई पनि त्यही पिडाको भारी भैरहेको छ । घर-गाउँबाट टाढा, देशबाट टाढा भएर यहाँ प्रवासमा दिनहरु बिताउनु परेको पिडाहरुलाई अलिपर राखी फेरी त्यही जन्मभूमीमा पुगेको छु म । पढ्नेक्रम जारी राख्नुहोस्

तिहारको उपलक्ष्यमा कुवेतको मरुभूमीबाट बहिनीलाई चिट्ठी


बालकृष्ण घिमिरे
टुकुचा ७ काभ्रे, हाल: केजिएल कम्पनी कुवेत   

प्यारी बहिनी शान्ती,
 
यो परदेशी दाजुको तर्फबाट मुटु भरिको माया र प्रगाढ सम्झना पनि !

बहिनी, यहाँ मलाई आरामै छ र त्यहाँ तिमी लगाएत ज्वाईं, भान्जा-भान्जिका साथै तिम्रो सम्पूर्ण परिवारमा आराम र कुशल-मंगल नै छ भन्ने आशा राख्दै यो पत्र कोर्ने जमर्को गर्दैछु ।

बहिनी, आज-आज भोली-भोली भन्दा-भन्दै म बिदेश आएको पनि ६ बर्ष लागि सकेछ । तिम्रो हातको तिहारको टिका नथापेको पनि त्यति नै बर्ष भयो र यसपाली घर आउने बाचा तिमीसित फोनमा पटक-पटक गरेको थिएं तर अझैसम्म पनि स्वदेशमा काम गरी हात मुख जोर्ने बातावरण नबनेकाले यसपाली पनि म स्वदेश फर्किन नसक्ने भएको छु । पढ्नेक्रम जारी राख्नुहोस्

मरुभूमीबाट भाईलाई खुल्ला पत्र


बालकृष्ण घिमिरे
टुकुचा ७ काभ्रे, हाल: केजिएल कुवैत 

प्यारो भाई,

मुटु भरिको माया र प्रगाढ सम्झना पनि !

भाई आराम रही आराम र कुशल मंगलको कामना गर्दै यो मरुभूमीबाट एउटा पत्र पठाउने जमर्को गर्दैछु । हेर्दाहेर्दै दसैं पनि आईसकेछ तर हामी गरीबहरुका लागि के दसैं आयो भन्नु र खै ? तै पनि यो तिम्रो दाजुले दसैं तिहार नमानेको ६ बर्ष बिती सकेछ । साच्चै भन्नुपर्दा खै कहिले र कुन साल आयो दसैं हाम्रा लागि ? भन्छन, दसैं राम्रो लाउने र मिठो खाने चाहाड हो तर के गर्नु भाई त्यही चाहाड मनाउन हाम्रा बाबाले लिएको रिण तिर्न नसक्दा कान्छा साउले हाम्रो लैनु भैंसी फुकाएर लगेको हिजो जस्तो लाग्छ मलाई । पढ्नेक्रम जारी राख्नुहोस्

पुतलीको लागि मेरो प्रेम पत्र !!


अजय घिमिरे, अल-जहारा, कुवैत

व्यक्तिलाई लेख्नको लागि खासै केहि बिषयको जरुरत हुँदो रहेनछ । हिजोसम्म पनि कलम उठाउन नखोज्ने यि हातहरु आज लेख्नको लागि लालईत छन् । यधपि के लेख्ने भन्ने अझै यकिन भईसकेको छैन अर्थात भनौ म कुनै लेखक हैन जो कुनै पनि बिषयमा लेख्न सक्छ । तर पनि यि हातहरुले लेख्ने अठोट गरिसके, जसको बिरुद्व म जान सक्दिन । साधरणतया मानिसहरु प्रेम, बिछोड, युद्व, प्रकृति, सुन्दरता, विबशता, धर्म, सँस्कृति जस्ता बिषयमा लेख्छन् । तर म के बिषयमा लेखुँ भन्ने’bout सोच्न सकेको छैन । तै पनि लेख्दैछु थाहा छैन लेखाई कतातिर मोडिन्छ भनेर । पढ्नेक्रम जारी राख्नुहोस्