Category Archives: चिट्ठीपत्र, एकांकी

नेपालका ३९औं प्रधानमन्त्री कमरेड प्रचण्डलाई बिदेशी भूमि मकाउबाट खुल्ला पत्र।


prachanda-1सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) ज्यू,
नेपाल सरकार।
जय नेपालको न्यानो अभिबादन।
महोदय,
म नेपालको राजनिति प्रति आस्था राख्ने ब्यक्ति भएर नै होला बिदेशी भूमिमा रहेर पनि देशको राजनिति माहौल परिबर्तन हुँदा मेरो भित्री मन मस्तिष्कबाट नै बिचारका ज्वारभाटाहरू सृजित हुन खोज्दछ त्यस कारण ती ज्वारभाटाहरूलाई शान्त गराउनका लागि कलमको सहारा लिने गरेको छु।मेरो लेखाईको क्रममा केहि गलत वाक्याशंहरू लेखिन गएमा माफ गर्नु होला। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

खाडीका पिडा…


शिव पौडेल, कुवेत

shiva paudel“बिछोडको करौतिले पार्नसम्म पार्‍यो”… यस्ता मार्मिक गीतहरु सुन्दा झन पिडाबोध महसुस हुने गर्छ खाडीमा कार्यरत श्रमिकहरुलाई । नेपालको बिग्रिदो राजनैतीक अस्थिरता अनी परिवारको आर्थिक चिन्तनले गर्दा परदेशिएका कयौं नेपाली मनहरुलाई यस्ता बियोगान्त तथा मार्मिक गीतहरुले झन पिडाको घाऊमा नुन छर्कने कार्य गर्छ । पढ्नेक्रम जारी राख्नुहोस्

गुरुदत्त तिमीले जित्यौ…


अर्जुन भुसाल, कुवेत

mr bhusalबिध्यार्थी जीवनको जिक्री तिमी केही समय पहिला फेशबुकमा जोडीन पुग्यौ । यद्दपी कुनै कुराकानी हुन पाएको छैन । चिटिक्क ढाका टोपीमा सजिएको तस्बिर अनी उही बिद्यार्थी जीवनमा देखिने तिम्रो मन्द मुस्कानले पुन. मलाई हाम्रो बिद्यार्थी जीवन लाम्तुनमा बिताएको समयमा फर्काइदियो । अतिनै भिरालो बाटो साउने झरी होस् या बर्खाको भेल, चैतको गर्मी होस् या पुष महिनाको तुसारो हामीलाई कुनै फरक पर्थेन । बिहान एक डोको घास काटेर तातै खाएर उकालो बाटो हामी हिन्थ्यौ भने तिमी आनन्दले हामी थकित भएर हिन्दै गर्दा घरबाट ओरालो झरेर मुल बाटोमा मुस्काउदै मिसिन्थ्यौ । पढ्नेक्रम जारी राख्नुहोस्

कांग्रेस पार्टीका सभापति शुशिल कोईरालालाइ मकाउ बाट खुला पत्र


श्री आदरणीय पार्टी सभापति शुशिल कोईराला ज्यू,
जय नेपालको न्यानो अभिवादन।

photoआज म नेपाली कांग्रेस पार्टीको १३औ माहाधिवेशनको पूर्व सन्ध्यामा नेपाली कांग्रेस पार्टीको क्रियाशील सदस्यको हैसियतले यस विदेशी भुमि मकाउवाट खुल्ला पत्र मेरो लोकप्रिय अनलाईन पत्रिका सेतोपाटी मार्फत संप्रेशण गर्दैछु मैले भावनामा वगेर केहि नराम्रा शब्दहरू कोरीन गएमा मलाई माफ गर्नु होला। पढ्नेक्रम जारी राख्नुहोस्

‘ससुरा बा’लाई चिठ्ठी (लेखक: राजिव)


बिछोडको पिडा (वियोगान्त प्रेम कहानी)


जानकी जानु, कुवेत

गरिबीको कारणले भनुं या बाध्यताले गहभरी आँशु लिई तिमीबाट टाढा भएको छु । सानु तिमीसंग ति देउराली र भन्ज्याङ्गमा तिम्रो मायाको पछ्यौरी ओढी हाँस्ने रमाउने इच्छाहरुलाई अधुरै छोडी म यो मरुभुमिमा आएं, यो धन सम्पती भन्नु नै कस्तो रहेछ ? आज मलाई तिमीबाट टाढा बनाइ दियो । तिमीले नै भनेकी थियौ सानु प्रदेशमा जानु भनेर तर सानु तिमीलाई खुशी दिन खोज्दा आज म तिमीबाट टाढा भएको छु, पढ्नेक्रम जारी राख्नुहोस्

२० बर्षपछी तिमीलाई देखेपछी…


ईन्द्र भूषाल, कुवेत

बाल्यकालको मेरो अती मिले साथी तिमीलाई ४९ सालको SLC लुंखुमा सकिएपछी बल्ल आज देखें । लगभग दुई दशकको लामो समयमा तिमी धेरै परिवर्तन भएकी छौ भन्ने लागेको थियो तर वास्तबमा तिमीमा केही शारीरिक परिवर्तन बाहेक केही ठुलो अरु परिवर्तन रहेनछ । उस्तै बोली, लजालु नयन अनी तिमी हाँस्दा देखिने तिखो दन्ते लहर अझै उस्तै रहेछ । झट्ट हेर्दा तिमी उही मेरो साथी हौ जतिबेला जार्पोलेको बनको बाटो हिंडेर हामी कुस्मा गएका थियौ । पढ्नेक्रम जारी राख्नुहोस्

साथीलाई पत्र !!


ईन्द्र भूषाल, कुवेत  

प्यारो साथी,

धेरै दिनपछी आज तिमीलाई गुडिरहेको बसबाट देख्दा साह्रै खुशी लाग्यो । तत्काल तिमीलाई फोन गर्ने कोशीस गरें तर तिम्रो नम्बर संपर्कमा थिएन । आजभन्दा केही साल पहिला तिमीसँग धेरै बिहीवारका रातहरु रमाईलो गरेर मनाएको याद आयो मलाई । आज मात्रै तिमीलाई देखेर याद आएको होइन एक्लै बस्दा पनी सम्झना आउने गर्दथ्यो । तिमीले आफ्नो जिबन संगिनीका ’boutमा गरेका कुरा हुन या नेपाल छाडेर हिंड्ने बेलामा तिमीले खाने थालमा सानो छोरीले सँगै भात खाएको सम्झेर तिमी रोएको काहानी सुनाएको आजै जस्तो लाग्छ मलाई । पढ्नेक्रम जारी राख्नुहोस्