Category Archives: गित/गजल

“गजल “


IMG-20160126-WA0006

किन नारीको सम्मान छैन !!
®®®®®
यो कस्तो सस्कारको शहर, किन नारीको सम्मान छैन
स्वार्थी किन यो पुरुषको रहर, किन नारीको सम्मान छैन
®®®®®
बोलीमा सिमीत जिउने अधिकार नै खोसी दिदै उस्को
व्यबहारमा तिरस्कारको प्रहर, किन नारीको सम्मान छैन पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

गजल


दिपक आचार्य “जलन”

11825997_394592390729355_7123123901312868961_nसृष्टिमा हरेक कुराको समय हुन्छ
जन्म र मृत्यु माथी बाटै तय हुन्छ

यस्तै रहेछ हाम्रो परदेशी जिन्दगी
सधै नयाँ नयाँ पिरहरु संग परिचय हुन्छ

छिनभरका लागि असत्य मुस्कुराय पनि
अन्त्यमा सत्यको सधै बिजय हुन्छ

कागजको बाघ ले पनि तर्साउछ उसलाइ
जस्को मनमा अनेक थरी भय हुन्छ पढ्नेक्रम जारी राख्नुहोस्

गजल


रामकृष्ण पौडेल “अनायास”

उस्ले पनि ठुलो सपना देखेको हुदोहो
आमा भन्दै बाँच्न गोलि छेकेको हुदोहो

मार्नु अघि आफ्नो छोराछोरि संझनु पर्थ्यो
कठै त्यो बालक पनि हाँस्दै खेलेको हुदोहो

भगवान् पनि देखेर मौन किन बस्दाहुन
कुनै दिन त उस्ले मन्दिर टेकेको हुदोहो पढ्नेक्रम जारी राख्नुहोस्

गजल (प्रेम बिशेष)


– प्रणय दिवसको अवसरमा सम्पूर्ण प्रेमिल मनहरूलाई हार्दिक शुभकामना सहित यो गजल समर्पण गर्न चाहन्छु ।

गजल (प्रेम बिशेष)

manoj bhai
गुलाबी ति फूलहरू, फुले आज प्रणयमा
सबैतिर लाल जोडी, झुले आज प्रणयमा पढ्नेक्रम जारी राख्नुहोस्

गीती गजल


Manoj

मनमा अब हाँसो खुसी भर्न पाईन्न कि
मर्नेबेला आफ्नै देशमा मर्न पाईन्न कि ।

हराउंदै छ संस्कृति र परम्परा हाम्रो
मरेपछि स्वर्गलोकमा पर्न पाईन्न कि
मर्नेबेला आफ्नै देशमा मर्न पाईन्न कि । पढ्नेक्रम जारी राख्नुहोस्

गजल – मनोज मनसून


 मनोज मनसून, कुवेत

manoj mansun
युगौ युग बाँच्नु दाजु नेपाली भै नेपालमा
सहरिया भन्दा बरु लेकाली भै नेपालमा

जिन्दगीका फूलहरु फ़लुन फुलुन यत्रतत्र
मुस्कुराउनु सधैभरि लाङ्घाली भै नेपालमा पढ्नेक्रम जारी राख्नुहोस्

गजल (जन्म दिनको)


जय आले मगर

Jay Ale
थाहै नपाई जिन्दगीको, अर्को भर्‍याङ् चढिएछ
मदहोशीमा भर्‍याङ चढ्दा, बीचमै पुगी लडिएछ !

चाहना त्यो फूल टिप्ने, जुन फूलमा खुसि थियो
जुनेलीमा फुलेछ फूल, जुनेलीमै ओईलिएछ ! पढ्नेक्रम जारी राख्नुहोस्

हाम्रो नेपालमा


नैना कला राइ, कुबेत
nk

सोझालाइ बाचुन्जेल यहाँ सधै सास्ती हुन्छ
उसलाई भिड-भाडपनि अनुभूति यहाँ सुनसानको हुन्छ
मरेपछि उसको नाम को यहाँ केहि गुण-गान हुन्छ
स्वार्थी मनिशहरु मात्र सधै यहाँ टाकुरामाथि उठ्छ पढ्नेक्रम जारी राख्नुहोस्