Category Archives: गित/गजल

मनमा नेपाल”बोलको राष्ट्रीय गीत बजारमा छिट्टै आउदै


नयाँ पुस्ताका नेपाली संगीतकर्मी मध्ये नेपाली गीत संगीतलाई कर्मथलो बनाउन मैदानमा उत्रेका युबा गायककार /संगीतकार हुन डम्बर हिङ्माङ ।
उन्को संगीत र स्वरमा हाल क्यानडा बस्तै आउनु भएको नेपाली सेनाका पूर्व मेजर रबि मान सिंह बस्न्यातको शब्दमा “ मनमा नेपाल”बोलको राष्ट्रीय भावना जगाउने गीत नेपाली संगीत प्रेमी हरुको लागी छिट्टै बजारमा आउदैछ । गीतकार बस्न्यातका अनुसार गीतले राष्ट्रीय भावना जगाउनुको साथै “श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह”ले नेपाल एकिकरण पश्चात भनेझैं चार बर्ण छत्तीस जात हामी नेपाली अहीले विभीन्न परिस्थिति र कारणले नेपालको तराई पहाड़ हिमाल लगाएत संसारभर छरीएर रहेका छौं हामी मध्ये नेपालीपन नेपालीमन बोकेका सम्पुर्ण धर्म जात जाती लिंग लाई एकताको सुत्रमा बाध्ने हेतुले यो गित कोरीएको र भुगोलमा हामी संसारको जुनसुकै कुनामा भएपनी हाम्रो मातृभुमी, हाम्रो पहीलो प्राथमिकता नेपाल र हामी नेपाली भै रहनु पर्छ भन्ने सन्देश दिन खोजिएको छ !

नया युवापुस्ताका संगीतकार र नया पुस्ताको संगीतलाई प्रोत्साहन गर्नुपर्छ । हिङ्माङ अगाडी बताउनु हुन्छ… म आफै यो पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

गीतकार रवि मान बस्नेतको गीति एल्बम प्रेम-अर्थ अब छिट्टै बजारमा !


गीतकार रवि मन सिंह बस्न्यातको गीति एल्बम प्रेम-अर्थमा नेपालका ख्याती प्राप्त गायक गायिकाहरुको स्वरमा अब छिट्टै बजारमा आउँदै । गीति एल्बम प्रेम-अर्थमा ७ वटा गीतहरू समाबेश गरिएको छ । उहाँको गीति एल्बम प्रेम-अर्थमा समाबेश गीतहरू रवि मान सिंह बस्न्यातले आफैले लेख्नु भएको छ भने संगीत अहिलेका निकै ब्यस्त अनि चर्चित संगीतकार टीका बम्जनले गर्नु भएको छ। गीति एल्बम प्रेम अर्थमा समाबेश भएका गीतहरू देश भक्त अनि माया प्रेमलाई समेटेर निकै रमाइला डान्सिङ बिडका गीतहरू तयार परियको संगीतकार टीका बम्जनले नेपाल खबर पोस्ट लाई जानकारी दिनु भएको छ। नेपाली सेनाका पुर्ब मेजर बस्न्यात हाल क्यानडा हुनुहुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

विश्व नेपाली साहित्य महासंघ कुवेत शाखाको आयोजनामा २०५ औँ भानु जयन्ती कार्यक्रम सम्पन्न


सुरेश गुरुङ,कुबेत

प्रबाशमा रहेका नेपालिहरुले आदिकवी भानुभक्त आचार्यको जन्मदिन मनाउने परिपाटी चलिरहेको समयमा कुवेतमा पनि उहाँको सम्झनामा २०४ औँ भानु जयन्ती हिजो कुबेत स्थित जिलिब को पपिन्स हल मा मनाइयो। पढ्नेक्रम जारी राख्नुहोस्

गजल (बुवाअामाकाे सपना)


सानु लामा, कुवेत


अाए म मरभुमि परदेश साहुकाे रिनले अाए
बुवा अामाकाे सपनाहरू साकार गर्न अाए

अामा बुवाकाे दुख पिडाहरू देख्न सकिन
घरपरिवारकाे सुखकाे लागाी नै परदेश अाए

जग्गा जमिन साहुले लगे भाइ बहिनी साना
रिन साहुकाे कारणले नै अाज म परदेश अाए पढ्नेक्रम जारी राख्नुहोस्

विश्व नेपाली साहित्य महासंघ कुवेत शाखाको आयोजनामा २०४ औँ भानु जयन्ती कार्यक्रम सम्पन


कुबेत नेपालडटकम

प्रबाशमा रहेका नेपालिहरुले आदिकवी भानुभक्त आचार्यको जन्मदिन मनाउने परिपाटी चलिरहेको समयमा कुवेतमा पनि उहाँको सम्झनामा २०४ औँ भानु जयन्ती हिजो कुबेत स्थित जिलिब को रिदाम हल मा मनाइयो। पढ्नेक्रम जारी राख्नुहोस्

गजल …!!


एम. पह्च्यु गुरुङ्ग, दोहा कतार
नजर देखि टाँढा हुदा, हराएझै लाग्यो |
होशमा छैन आज मन, डराएझै लाग्यो |
नजानेर कहि कतै, गल्ती हुन पुग्योकी ,
भित्री तिम्रो आत्माले, कराएझै लाग्यो |
गाली भन्ने शब्दलाई, घृणा गर्थ्यौं तिमी ,
जबर जस्ती कराउदा, अराएझै लाग्यो |
सोच्दा पनि सोचिन, यस्तो बोल्छौ भन्ने ,
पछाडी बाट आफ्नैले, दराएझै लाग्यो |
सबैको सामु नङ्ग्याई, के पायो तिमीले ,
तुच्च बोली व्यबहारले, पराएझै लाग्यो |

गजल


एम पह्च्यु गुरुङ/ दोहा कतार

परदेश फिर्दा के रमाईएला, चालीस काटेसी |
साँच्चै सबैको हेला भैएला, चालीस काटेसी |

खपुस र पानी खान्छौ, शरीरमा खोइ तागत ,
लाग्छ भित्तापो समाईएला, चालीस काटेसी |

कम्मर कसे गर्छु भन्दै, उमेर छदा परदेशमा ,
साहारा त लाठी पाईएला, चालीस काटेसी |

त्यो जोसिला दिनहरु, सम्झिदा आँसु झर्छ ,
दु:ख पिडात तब सहिएला, चालीस काटेस |

आश के भोर भलपानीको, उमेरै ढल्के पछि ,
हेलागर्ला केमाया पाईएला, चालीस काटेसी |

” गजल”


अमर खडका,कुबेत

श्रम बेच्न आयका हौ,स्वाभिमान होईन।
सक्छौ भने पसिना खरिद,ज्यान होईन ।

मैले राम्रो बुझेको छु मेरो राष्ट्रीयता
देश बिर्सने म त्यो कुनै,अन्जान होईन ।

यि नङग्रा खियायर गगन चुम्बी महलहरु
बनायकाहौ पारिश्रमिक पाउन,श्रमदान होईन

मार्न खोज्यो भने मजुर हरु को ज्याला
सहेरै बस्ने नेपालीको ,पहिचान होईन ।

दु:ख मा परेका मजुरहरु को आवाज
नसुन्ने बैरो सरकार को कान,कान होईन।