माया हुन्छ मीठो बोली सधै कुरा हुन्छ
उनको मेरो बराबर खुशी पुरा हुन्छ
घरीघरी छट्पटी घरीघरी प्यास
अझै माया गरे हुन्थ्यो भन्ने लाग्छ आश
कहिलेकाही बिजि हुन्छिन् घरको कामले गर्दा
हेराहेर हुने गर्छ बेला मौका पर्दा
उनी सानू दिलको रानी मुटु भित्र भित्र
नाचिरहन्छ नानिभित्र उनकै मानचित्र
धेरै मिठो सपना छ धेरै मीठो बोली
जिन्दगानी बितेको छ रम्दै आजभोलि
Category Archives: साहित्य
आजको जिन्दगानी
Posted in कविता
सानुको यादमा।
छबि राम सुनार (निर्दोष)/कुवेत।
कोरोनाले दुख दियो घर भित्र राख्यो
चिन्ता बढ्यो जिन्दगीको मनभित्र पाक्यो
छट्पटिदै कोठा भित्र मन जलिराछ
भित्र भित्रै आत्तियर मुटु बलिराछ
Posted in कविता
ज्ञानि मान्छे।
छवि राम सुनार (निर्दोष)कुबेत
मुर्ख साथी भए पछि दुख पाइदो रैछ
त्यसैले त ज्ञानि मान्छे एउटा चाइदो रैछ
त्यसै पढ्ने हैन रैछ बीस पच्चीस बर्ष
मन बुझ्ने मान्छे भए हुदो रैछ हर्ष पढ्नेक्रम जारी राख्नुहोस्
Posted in गित/गजल
कुवेतबाट प्रधानमन्त्रीलाई पत्र
सम्माननिय प्रधानमन्त्री ज्यू
प्रधानमन्त्री को कार्यलय
बालुवाटार काठमान्डौ, नेपाल
बिषय – कुवैतदेखि नागरिक विन्तीपत्र
महोदय
गैरकानुनी हैसियतमा कुवेतमा दसकौ देखि कर्मथलो बनाउदै आएका नेपालीहरुको लागि कुवैतको राजाले लाल मोहर लगाइ आममाफी दिनुभएको कुरा सर्वविदीतै छ । जसअनुसार नेपाल सहित अन्यदेशका नागरीकहरुले पनि यो अबसर पाउने छन । आममाफी को समयअवधी एक महीना मात्र हुनेछ! अप्रिल १ गते देखि अप्रिल ३० गते सम्म मात्र । नेपालीहरुको लागि अप्रिल २६ तारीक देखि अप्रिल ३० गते सम्म मात्र विना जरिवाना आवेद्न दिन पाउने छन । आजको मिति सम्म नेपाली पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, चिट्ठीपत्र, एकांकी, सन्देश
गजल
यी शासकहरुले श्रीपेच फाले पनि सत्ता फाले पनि |
देशले मुक्ति पाउदैन छोरा, भन्थे मेरा बाले पनि |
उसले पत्थर उठाएकै निहुँ मा जेल जानु परेको हो
कानुन लाग्दैन बलीयालाई बन्दुक उचाले पनि | पढ्नेक्रम जारी राख्नुहोस्
Posted in गित/गजल
झापाली समाज कुवेतद्वारा आयोजित हरितालिका तीज तथा साहित्य रचना वाचन कार्यक्रम सम्पन्न
परदेशी खबर / सेप्टेम्बर ६, कुवेत l झापाली समाज कुवेतद्वारा आयोजित हरितालिका तीज २०७६ को शुभकामना आदान प्रदान तथा तीज बिशेष साहित्य रचना वाचन कार्यक्रम द्वाही प्यालेस ब्यान्क्युवेट हलमा विभन्न सर्जकहरुको साहित्य रचना वाचन गर्दै सम्पन्न भएको छ l पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कथा/लघुकथा, कहानी/उपन्यास, मनोरन्जन, शुभकामना