स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्य
होम कार्की
काठमाडौँ — आन्तरिक रोजगारी सिर्जना गरी १८ देखि ५९ वर्षभित्रका बेरोजगारलाई न्यूनतम रोजगारीको सुनिश्चित गर्न सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ आज फागुन १ देखि कार्यान्वयन गर्दैछ । न्यूनतम रोजगारी नपाउने बेरोजगार युवालाई वर्षमा २२ हजार ४ सय १७ रुपैयाँ निर्वाह भत्ता दिइनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार ७ सय ५३ वटै स्थानीय तहमा स्थापना हुने रोजगार सेवा केन्द्रमार्फत बेरोजगार युवालाई रोजगार उपलब्ध गराइनेछ । संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालित सार्वजनिक निर्माण क्षेत्रका आयोजनामा रोजगार उपलब्ध गराइने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताए । पढ्नेक्रम जारी राख्नुहोस्
उपयोगी लिंकहरु
कुवेतबारे जानकारी
फारामहरु
रुपान्तर
आफ्नो मत दिनुहोस्
पाठक तथ्यांक
- 3,892,646 यात्रीहरु
पुराना पेजहरु
Advertisements