Category Archives: समाचार-१

बाटो खर्च दिएर अयोग्य लडाकूलाई बिदा गरिने


२० पुस, माओवादी शिविरमा रहेका अयोग्य लडाकूलाई बस भाडा र बाटो खर्च दिएर आगामी बिहिबारबाट बिदाई गरिने भएको छ । अयोग्य लडाकू बहिर्गमन तथा पुनःस्थापनासम्बन्धी निर्देशक समितिको आज बसेको बैठकले अयोग्य लडाकूको बहिर्गमन प्रक्रिया सिन्धुलीको शिविरबाट गर्ने निर्णय गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेसनल टेलिभिजनका अध्यक्ष अन्सारीसहित आठ पक्राउ


लामो समयदेखि भारतीय नक्कली नोट नेपाल भित्र्याउने कार्यमा संलग्न रहेको आशंकामा प्रहरीले विशेष निगरानी राखेका नेसनल टेलिभिजनका अध्यक्ष युनुस अन्सारीलाई पक्राउ गरेको छ । उनका निजी अंगरक्षक काशीराम अधिकारीको बयानका आधारमा अन्सारीसहित प्रहरीले ८ जनालाई पक्राउ गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

किशोरीहरुको तल्लो पेट दुख्ने समस्या


२४ डिसेम्वर २००९, डा. सुमनराज ताम्राकार, स्त्री तथा प्रसूति रोग विशेषज्ञ

 पटक-पटक तल्लो पेट दुख्ने समस्याले पीडित बनेकी सुलोचनाले औषधिपसलबाट थुप्रै पटक दुखाइ कम गर्ने औषधि लिएर खाइन् । अस्पतालका डाक्टरहरुको सल्लाहमा विभिन्न खाले एन्टिबायोटिकहरु पनि सेवन गरिन् तर केही सीप लागेन । 

विभिन्न प्रयासहरु असफल भएपछि जननेन्द्रियको वरिपरि केही समस्या हुन सक्ने अनुमान गरी पेटमा दुरबिनबाट जाँचियो । यस क्रममा उनमा ‘इन्डोमेटि्रओसिस’ समस्याका संकेतहरु देखिए । यो समस्याको निदानपछि उनलाई विगत तीन महिनादेखि महिनावारी रोक्ने औषधिहरु सेवन गर्न दिइएको छ । यो औषधि सेवन गर्न दिइएपछि सुलोचनाको तल्लो पेट दुख्ने समस्या घट्ने क्रममा छ । आफ्नो यो जीण प्रकारको समस्या एन्टिबायोटिक तथा पेट दुख्न कम हुने औषधिविना पनि कम भइरहेकोमा उनलाई कहिलेकाहीँ विश्वासै लाग्दैन तर वास्तवमा यो प्रभावकारी भइरहेको छ । 

पाठेघरको भित्री तहको सक्रिय तन्तु -ग्रन्थिसहितको) पाठेघरभन्दा बाहिर रहने अवस्थालाई अंगे्रजीमा ँइन्डोमेटि्रओसिस’ भनिन्छ । यस्तै तन्तु पाठेघरको मध्यतह (मायोमेटि्रयम) मा पुगेको अवस्थालाई ँएडेनोमायोसिस’ भनिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपतिको भारत भ्रमण निश्चित


काठमाडौं, पुस १४- राष्ट्रपति रामवरण यादवको भारत भ्रमणको तिथि तय भएको छ । भारतीय राष्ट्रपति प्रतिभा पाटिलको निम्तामा यादव आगामी फागुन ३ मा औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्ने जानकारी स्रोतले दिएका छन् । स्रोतका अनुसार भारतले विदेश मन्त्रालयमार्फत् फागुन ३ देखि भ्रमण गर्न तिथि प्रस्ताव गरेको र राष्ट्रपति कार्यालयले परराष्ट्र मन्त्रालयमार्फत् त्यसमा सहमति दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

विमानमा हमला गर्ने प्रयास


११ पुस, डेट्रोयट- संयुक्त राज्य अमेरिकामा पुनः विमान हमला गर्न कोसिस भएको छ । क्रिसमसको अवसरमा नेदरल्यान्डको एम्सटर्डमबाट अमेरिकी सहर डेट्रोयट आउँदै गरेको विमानमा बम हमला गर्न असफल कोसिस भएको वरिष्ठ अमेरिकी अधिकारीले बताएका छन् । विमानका एक यात्रीले विस्फोटक उपकरणमा विस्फोट गराउने प्रयास गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

“MERRY CHRISTMAS – 2009”


 

“Merry Christmas 2009 to all of our readers”

 

बन्दको एम्बुलेन्स “डोला”


ल हेर्नुस देशको हरिगती, फोटो नै सबै बोल्छ; माओवादीले गरेको आमहड्तालका कारण एम्बुलेन्स समेत नचलेपछि डोलामा बोकेर बिरामीलाई म्याग्दी अस्पतालतर्फ लैजाँदै आफन्तजन । तर इमेर्जेन्सिमा के गर्ने ? मर्नु परेन त अकालमा ??

अर्घाखाँचिमा २ जना पत्रकार माथि आक्रमण


अर्घाखाँचिमा अज्ञात समूहद्वारा २ जना पत्रकारमाथि कुटपिट गरिएको छ । पत्रकार रमेश पोखरेल र सूर्य प्रसाद भुषालमाथि गएराति अज्ञात समूहले कुटपिट गरेका थिए । जसको पनि समाचार रिपोर्ट गर्ने तिमिहरु नै हैनौ भन्दै अघात समूहले पत्रकार माथि कुटपिट गरेको पिडित पत्रकारहरुले बताएका छन् । पत्रकारहरुमाथि दिनानु भइरहने यस्ता अमानवीय घटना प्रति नेपाल पत्रकार महासंघले घोर भत्सर्ना गरेको छ । पत्रकारमाथि आक्रमण गर्ने अज्ञात समूहको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।