Category Archives: समाचार-१

भारतमा विषाक्त मदिरा सेवनबाट मर्नेको संख्या ६० नाध्यो


२९ मङसीर, भारत । विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेका संख्या ६० भन्दा बढी पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतको पश्चिम वंगालमा विषाक्त मदिरा सेवनका कारण एक सय जना भन्दा वढि विरामी परेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

नौमुलेमा मेटिंदैछन्,’द्वन्द्वका दृश्य’


 दैलेख, चैत्र २४ – ‘गोलीले छियाछिया बनेको शरीर लिएर बचाउनुस् आमा भन्दै चौकीबाट म सुतेको खाटमा आयो । माओवादीहरू घरभित्र पस्ने डरले छोरालाई भकारीमा लुकाएँ । केहीबेरमै उनीहरूको हूल आयो । हामीलाई कुटेर बाहिर ल्याए र भकारीमा बम बर्साएछन् । छोराको प्राण भकारीमै गयो ।’ पढ्नेक्रम जारी राख्नुहोस्

दिल्लीमा निगमको कार्यालय खाली गराइयो


महेश आचार्य                     

 फाल्गुन १५ – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको यहाँस्थित क्षेत्रीय कार्यालय रहेको भवन ३६ वर्षपछि घर मालिकले अदालतको आदेश भन्दै बलजफ्ती खाली गराएका छन् । घर मालिकसँग सम्बन्धित व्यक्तिहरू शनिबार बिहानै जनपथस्थित निगम कार्यालय पुगेर सामानहरू बाहिर फालिदिएका थिए । लिज सम्झौता सकिए पनि ११ वर्षयता निगम अवैधानिक तरिकाले बसिरहेकाले आफूहरूले हटाएको उनीहरूले कान्तिपुरलाई बताए । पढ्नेक्रम जारी राख्नुहोस्

घरेलु कामदार देखी देहब्यापार सम्म


बिमल लामिछाने, कुवेत
संपर्क : ६६५२९७३७

“खोज र अनुसन्धान”

कुवेतको आन्तरीक मन्त्रालयको हवाला दिंदै सार्वजनिक हुन आएको तथ्यांक अनुसार कुवेतमा हालसम्म करिब ६ लाखको हाराहारीमा घरेलु कामदारहरु कार्यरत छन । कुवेतको पाराम्परिक कानूनका कारण कपिल (स्पोन्सर) सिस्टमको कारणले धेरै युवाहरु पनि घरेलु कामदारको रुपमा भित्रिएर अन्य काममा कार्यरत छन । अधिकांश अपराधिक गतिबिधिहरु त्यही कफिल सिस्टमको कारणले नै हुन आएको कुरा कुवेतको आन्तरिक मामिला सम्बन्धी अधिकारीहरुको ठम्याई छ । लागू औषध, रक्सिको ब्यापार लगायत बेश्यालय सम्म युवतीको बेच-बिखनमा पनि ति खाले मानिसहरु प्रयोग भएको तथ्यांक सार्वजनिक भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बिदेशमा पनि नेपाली नारिहरुको शोषण नेपाली नारीहरुले नै गरिरहेका छन


बालकृष्ण घिमिरे,
टुकुचा ७ काभ्रे, हाल: कुवेत
 
हाम्रा टाठा बाठा केही नारिहरु महिला हक अधिकारका लागि कुर्लेका कुर्लेही छन | प्राय जसो दिनौका नारी सम्मेलन,गोस्टी,सेबिनार आदी इत्यादिमा कुर्लेनिहरु कै घरहरुमा सबै भन्दा बड्ता नारी (महिलाहरु ) नै शोषणमा परेका घटनाहरु पढेका,देखेका र सुनेका छौ | नारी आन्दोल,बाल अधिकार,जाती जनजातीहरुको उत्थान लगाएत आदी इत्यादिहरुमा लागेकाहरुको डलर उत्पादन गर्ने भन्दा अर्को उदेस्य नरहेको कुरा घाम जतिकै छर्लग्ङ भई सकेको छ | पढ्नेक्रम जारी राख्नुहोस्

सर्त पूरा गरेमात्र माओवादीलाई आतंककारी सूचीबाट हटाउन सकिने


दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री प्याट्रिक मुनले निश्चित र्सत पूरा गरे मात्र माओवादीलाई आतंककारी सूचीबाट हटाउन सकिने बताएका छन् । चार दिवसीय नेपाल भ्रमणको अन्तिम दिन बुधबार सञ्चारकर्मीहरूसँगको विशेष अन्तरक्रियामा मुनले आतंकवादी सूचीबाट हट्न माओवादीले पूर्ण रूपमा आतंकवादी गतिविधि त्याग्नुपर्ने, पढ्नेक्रम जारी राख्नुहोस्

धरान अब धरान जस्तो रहेन


निलिफा सुब्बा (धरान)

बेलायती उच्च अदालतले भू. पू. ब्रिटिस गोर्खा सैनिकहरुलाई परिवारसहित बेलायतमा बस्न मिल्ने फैसला सुनाएपछि उनीहरु धमाधम आफ्नो थातथलोको माया मारेर बेलायत छिर्दैछन् । धरान जस्तो लाहुरे बस्तीमा यसको नकारात्मक असर देखिन थालिसकेको छ । त्यहाँ नूनदेखि सुनसम्मको व्यापार खस्कने क्रममा छ । धरान बजारमा लाहुरे–लाहुरेनीको भीड अचेल देखिन्न । पढ्नेक्रम जारी राख्नुहोस्

मूर्ख हो बन्दको नाटक बन्द “टिप्पणी”


बन्द गरेर जनताको समर्थन देखाउँछु भन्या होला, बन्द नगरे गाडी फोर्ने, पसल फोर्ने काम नगरे त कसले पो बन्द गर्थ्यो होला । दबाबमा बन्द गराउने अनि आफ्नो आफ्नो समर्थन छ भनेर देखाउने ? नेपाली जनतालाई भेंडा नै ठानेका छन् बा यी नेताहरुले । एउटा आयो फलानो कुरो चाहिन्छ भनेर बन्द गर्‍या छ, अर्को आयो त्यही कुरो दिन हुन्न है भनेर बन्द गर्‍या छ । कति नाटक हेर्ने हो हामीले ? वाहियात! यही महिनामा मात्रै दुई वटा बन्द भए । अस्ति १७ गते आदिवासी जनजाति वृहत मोर्चाले बन्द गर्‍यो अनि आज बन्द गरेको छ राष्ट्रिय जनमोर्चाले । पढ्नेक्रम जारी राख्नुहोस्