Category Archives: विश्व समाचार

अमेरिकामा सोमबारदेखि फाइजरको कोरोना खोप प्रयोग सुरु


वासिङ्टन — कोभिड–१९ को संक्रमणका कारण सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकाले सोमबारदेखि खोप अभियान सुरु गरेको छ । आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न अनुमति दिइएको ‘फाइजर–बायोएनटेक खोप’ अमेरिकामा पनि सोमबारदेखि प्रयोगमा आएको हो । अमेरिकी नियामक निकायले उक्त खोप प्रयोगका लागि शनिबार अनुमति दिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

बहराइनमा चिनियाँ कोरोना खोप प्रयोग गर्न अनुमति


सिनोफार्मको कोरोना खोप ८६ प्रतिशत प्रभावकारी : यूएई
काठमाडौँ — बहराइनले चीनले बनाएको कोरोनाभाइरसविरुद्धको कोरोना खोपको प्रयोगका लागि स्वीकृति दिएको छ । चाइना नेसनल फर्मास्युटिकल ग्रुप(सिनोफार्म) ले बनाएको कोरोना खोपको प्रयोगका लागि बहराइनले आफ्ना नागरिकलाई अनलाइन रजिस्ट्रेसन गर्नसमेत आह्‍वान गरेको छ ।आइतबार बहराइनको राष्ट्रिय स्वास्थ्य नियामक प्राधिकरण(एनएचआरए) ले सिनोफार्मले बनाएको कोरोना खोपको प्रयोगका लागि अनुमति दिएको हो । एनएचआरएले सिनोफार्मले बनाएका दुई वटा कोरोना खोपमध्ये कुन खोपलाई अनुमति दिएको हो भन्नेचाहिँ खुलाएको छैन । तर तेस्रो चरणको चिकित्सकीय परीक्षणमा उक्त खोप ८६ प्रतिशत प्रभावकारी देखिएकाले प्रयोगको अनुमति दिइएको एनएचआरएले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बेलायतमा फाइजरको कोरोना खोप प्रयोग गर्न अनुमति


कोरोना खोप प्रयोगको अनुमति दिने बेलायत पहिलो मुलुक
लन्डन — बेलायतले फाइजर र बायोएनटेकले बनाएको कोरोनाविरुद्धको खोपको आपत्कालीन प्रयोग अनुमति दिएको छ । बेलायती नियमनकारी निकाय मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी(एमएचआरए) ले फाइजरको खोप सुरक्षित रहेको भन्दै प्रयोगको अनुमति दिएको हो । कोरोनाविरुद्धको खोपको प्रयोग अनुमति प्रदान गर्ने बेलायत विश्वकै पहिलो देश भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नाइजेरियामा सशस्‍त्र समूहको भीषण हमलाः ११० किसान मारिए


नाइजेरिया : नाइजेरियाको उत्तरपूर्वी क्षेत्रस्थित कोशोब र माइदुगुरी सहर नजिकैको ग्रामिण भेगमा बोको हरामले गरेका हमलाबाट कम्तिमा ११० जना किसान मारिएका छन् । संयुक्त राष्ट्रसंघलाई हवाला दिँदै अलजजीरा, एपी, बीबीसी लगायत अन्तर्राष्ट्रिय मिडियाले यस’bout समाचार बनाएका छन् । प्रारम्भिक चरणमा कोशोबस्थित खेतमा काम गरिरहेका ४३ किसान मारिएको समाचार थियो । पछि अन्य ग्रामिण भेगमा मारिएका ७० गरी जम्मा ११० किसान मारिएको समाचार अन्तर्राष्ट्रिय मिडियाले बनाएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

अमेरिकी राष्ट्रपतिमा जो बाइडेन र उपराष्ट्रपतिमा कमला ह्‍यारिस विजयी


वासिंटन : कडा प्रतिस्पर्धा र लामो रस्साकस्सीपछि अमेरिकाको ४६औँ राष्ट्रपतिको रुपमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस विजयी भएका छन् ।उनीसँगै उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस विजयी भइन् । बाइडेनले संसदमा २७० इलेक्टोरल कलेज भोट आवस्यक पर्नेमा २८४ भोट ल्याउँदै विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी डोनल्ड ट्रम्पले भने २१४ भोट मात्रै ल्याए । पढ्नेक्रम जारी राख्नुहोस्

अमेरिकी निर्वाचन : बाइडन ‘जित नजिक’, अदालती प्रक्रियामा गए ट्रम्प


२० कात्तिक, काठमाडौं । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन ‘जित नजिक’ पुगेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । द न्युयोर्क टाइम्सका अनुसार अहिलेसम्म बाइडनले २५३ इलेक्टोरल कलेज भोट पाएका छन् । उनले यसअघि ट्रम्पले जितेको मिशिगन र विस्कोन्सिनमा महत्वपूर्ण जित हात पार्दै आफ्नो अग्रता कायम राखेका हुन् । यी दुई राज्यमा सन् २०१६ को निर्वाचनमा ट्रम्पले जितेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्