रामकला खड्का
उद्धार र शव व्यवस्थापनमा सैनिक अवरोध
म्यानमारमा प्रदर्शन चर्किंदै जाँदा सेनाले निहत्था नागरिकमाथि दमन बढाएको छ। शनिबार एकै दिन देशभर ९१ जना प्रदर्शनकारी मारिएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ। सेनाले सशस्त्र बल दिवसका अवसरमा शक्ति प्रदर्शन गरेपछि शनिबार सैन्य ‘कु’ यताकै खतरनाक र रक्तपातयुक्त दिन बनेको हो। राजधानी सहर नेप्याइडमा आयोजित सेनाको कार्यक्रममा कुनै पनि किसिमको अवरोध गर्न खोज्नेलाई टाउको र ढाडमा गोली हान्न सकिने चेतावनी दिइएको थियो। तर, त्यसको बेवास्ता गर्दै यांगुन, मन्डलेलगायत सहरमा नागरिक सडकमा उत्रिएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Category Archives: विश्व समाचार
म्यानमारमा मानव संहार, एकै दिन ९१ प्रदर्शनकारी मारिए
Posted in विश्व समाचार
बर्मामा सैन्य ‘कू’ : आङ सान सू की र राष्ट्रपतिसहित अन्य नेताहरु गिरफ्तार
म्यानमार : बर्मामा त्यहाँका सेनाले नेतृ आङ सान सू की र राष्ट्रपति विन मिन्टसहित अन्य नेताहरुलाई पक्राउ गरेको छ। म्यानमारको सत्तारुढ दल न्याश्नल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सू कीलाई पक्राउ गरिएको उक्त पार्टीका प्रवक्ताले बताएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार
बाइडनको शपथग्रहण अगाडि सशस्त्र प्रदर्शनको आशंका, अमेरिकाभर उच्च सतर्कता अपनाइयो
४ माघ, काठमाडौं । डेमोक्रेट नेता जो बाइडनले अमेरिकी राष्ट्रपति पदको शपथ ग्रहण गर्नुअघि हिंसा फैलिन सक्ने भन्दै अमेरिकाका सबै ५० राज्यमा उच्च सतर्कता अपनाइएको छ । रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई हराउँदै जो बाइडन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले यही जनवरी २० (माघ ७ गते) शपथ ग्रहण गर्दैछन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार
अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाउने तयारी
२७ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने तयारी भइरहेको छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्न नौ दिन बाँकी रहेको बेला राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने तयारी भएको हो । महाअभियोग प्रस्तावमा दुई सय बढी डेमोक्रेट सांसदहरुले हस्ताक्षर गरेका छन् । सो प्रस्तावमा अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा मंगलबार मतदान हुने सक्ने डेमोक्र्याट नेताहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार
के कार्यकाल सकिनुअघि नै ट्रम्पलाई ह्वाइटहाउसबाट हटाउन सकिन्छ ?
यस्तो छ अमेरिकी संविधानमा व्यवस्था
वासिङ्टन — अमेरिकी संसद् भवनबाहिर राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले हिंसा भड्काएपछि केही सांसदले जनवरी २० भन्दा अघि नै राष्ट्रपति ट्रम्पलाई ह्वाइटहाउसबाट हटाउनुपर्ने बताएका छन् । जनवरी २० मा जो बाइडेनले अमेरिकी राष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्दैछन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार
कतारमा लगाइएको नाकाबन्दी साउदी अरबले हटायो
साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी हटाएको छ । खाडी देशहरुमा यसलाई ठूलो घटना मानिएको छ ’cause कतारसँग धेरै छिमेकी देशहरुको विवाद रहँदै आएको छ । साउदी अरबले कतारमाथि तीन वर्षअघि नाकाबन्दी लगाएको थियो । मंगलबार साउदी अरबमा हुने गल्फ को-अपरेसन काउन्सील (जीसीसी)सम्मेलनको पूर्वसन्ध्यानमा साउदीले कतारमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । जीसीसीको सम्मेलनमा खाडी देशका ६ देश सहभागी हुने छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार