Category Archives: रोचक समाचार

पृथ्वी / भुगोल ’bout रोचक जानकारी (हाजीरी जवाफको लागी)


भूगोल भन्नाले के बुझिन्छ ? – पृथ्वीको, यसको बनावट र पारिश्थितीक प्रणाली

सामान्यतया भूगोललाई कति भागमा वर्गीकरण गरी अध्ययन गरिन्छ ? – ३ भागमा (भौतिक, सामाजिक र आर्थिक भूगोल)

भूगोल (Geography) का पिता अर्थात जनक भन्नाले कसलाई बुझिन्छ ? – इरेटस्थनिज

भूगोल (Geography) शव्द ग्रीक भाषाको कुन शव्दबाट लिइएको हो जसको अर्थ पृथ्वीको वर्णन भन्ने हुन्छ ? – जोग्राफिन (Geografein)

“भूगोल पृथ्वी र मानव परिस्थितिको विज्ञान हो ।” यो भनाई कसको हो ? – Dudly Stamp

क्षेत्रफलका हिसाबले विश्वकै सबभन्दा ठूलो राष्ट्र कुन हो ? – रुस

विश्वको दोस्रो ठूलो राष्ट्र क्यानडा हो भने तेस्रो ठूलो राष्ट्रकुन हो ? – चीन

विश्वको समभन्दा गहिरो ताल कुन हो ? – बैकाल ताल

विश्वको सबभन्दा अग्लो पठार कुन हो ? –

पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

श्रीमान श्रीमती बिच झगडा हुन्छ भने तपाईलाई हाइपोमेनिया रोग पनि हुन सक्छ ?


हाइपोमेनिया यस्तो रोग हो, जसम मानिसको मन अस्थिर रहन्छ । यस्ता मानिस बढी बोलि रहनु पर्ने हुन्छन ।  आफ्ना कुरामा जिद्धी गर्ने र भनेको नमान्ने अपशब्द वोल्ने, सानो कुरामा पनि बढी रिसाउने, मन सधै्र चन्चल रहने हुन्छ । यो रोग लागेको हो भनेर ठम्याउन गाह्रो नै हुन्छ । हाइपोमेनिया रोग लाग्दा श्रीमान श्रीमतीमा चर्को विवाद भएको  पाइन्छ यति सम्मकि छुट्टा छुट्टै बस्न पुग्ने, बारम्बार कुट पिट भएको पनि भेटिएको छ ।

सबैभन्दा खतरा के छ भने यो रोग लागेको थाहनै हुदैन विस्तारै परिवारको एक सदस्य बढी रिसाउने, घमण्डी कुरा गर्ने, भनेको नमान्ने, तोडफोड गर्ने हुदै जानाले पछि मात्र यो रोग लागेको थाहा हुन्छ । सामान्य कुराकानीमा यो रोग लागेको पत्ता लगाउन सकिदैन ।
कल्पना २५ वर्ष महिला हुन अर्को विवाह भएको २ वर्ष भयो । अहिले उनि श्रीमान तथा परिवार संगै छिन उनि अहिले छिट्टै रिसाउने,  जिद्धी गर्ने तर्क गर्ने, एउटा काममा स्थिर रहन सक्दिन श्रीमान तथा परिवारका अन्य सदस्य संग उनको भनाभन भई रहन्छ । उनि कहिले रिस खप्न नसकेर रुन्छिन, कहिले अरुलाई अपशब्द बोल्छीन । परिवारको सदस्य संग उनको सम्बन्ध टाढिदै गएको छ । कहिले काही उनि ठुला ठुला कुरा गर्छिन राति निन्द्रा राम्रो परदैन । श्रीमान संग दिनहु कलह भइरहन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

बाध्यता एक कालखन्डको


… नमस्कार 🙏 पाँच मिनेट खर्चेर पढ्दिनु होला।

रवि मान सिंह बस्नेत, पूर्व सेनानी, नेपाली सेना

२०७५ मंसिर २६ , कति छिटो डेढ दशक भएछ …..! नेपालमा संकटकाल लागेको अवस्थामा, नेपाली सेना, तत्काल आतंककारी घोषित, माओवादीहरु विरुद्ध परिचालन भएको बेला हाम्रो पल्टन रोल्पा जिल्लामा तैनाथ थियो । सात बर्षदेखि अनवरत रुपले त्यस बटालियनमा कार्यरत, अधिकांश व्यक्तिहरुलाई व्यक्तिगत रुपमा चिन्ने र दर्जाले क्याप्टेन, मेरो जिम्मेवारी थियो ‘ऐटन’ को ।सैनिक युनिटमा प्रशासनिक र मानव व्यवस्थापन अर्थात् म्यान म्यानेजमेन्ट कार्य हेर्ने अधिकृतलाई नेपाली सेनामा ‘कार्याधिकृत’ भनेपनि यसको अग्रेंजी शब्द ‘एड्जुटेन्ट’ अपभ्रंश भएर पल्टनतिर ‘ऐटन’ भनिन्थ्यो, म पल्टनको ‘ऐटनसाप’!
उदाहरणीय नेतृत्त्व र व्यवस्थापन क्षमतावाला हाम्रो बटालियन कमान्डर कर्साब पल्टनलाई तालिम गराउने र लडाउने मात्र होईन लड्न पनि आफैं शुरिने खालको हुनुहुन्थ्यो ।पल्टनको मोराल खस्किन नदिन सधैं सचेत उहाँको नीति कडा तर स्पष्ट थियो । सकल दर्जाले समयमा विदाछुट्टी पाउनैपर्ने, पालोमा तालिम र शान्तिसेनामा पर्नैपर्ने, बेलामा प्रमोशन उठाउनै पर्ने आदि इत्यादि । पढ्नेक्रम जारी राख्नुहोस्

१२ वर्षीया बालिका आमा बन्दै, सुत्केरी गराउन प्रधानमन्त्री कार्यालयको चासो


प्रताप बिष्ट
हेटाैंडा — १२ वर्षमै आमा बन्न लागेकी बालिकाकाे उपचारका लागि प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ । गर्भवती बालिकाकाे सुत्केरी अवस्थामा उच्च जोखिम हुन सक्ने भएकाले सुरक्षित ढंगले सुत्केरी गराउन प्रधानमन्त्री कार्यालयले चासो देखाएको हो ।  मकवानपुरको राक्सिराङ गाउँपालिकाकी १२ वर्षीया ती बालिकालाई सुरक्षित ढंगले सुत्केरी गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन बमोजिम मंगलबार काठमाडाैं लगिदैँछ। पढ्नेक्रम जारी राख्नुहोस्

यसरी भयो लियोनल मेसीको बिवाहः आश्चर्यलाग्दो तथ्यहरु


बिख्यात फुटबलर लियोनल मेसीले अन्तत बिवाह गरेका छन्, बाल्यकालकी साथी एन्तोनेला रोकुजोसँग ।

३० वर्षीय अर्जेन्टिनी फुटबलर मेसीले आफुभन्दा एक बर्ष कान्छी एन्तोनेलालाई दुलही बनाएको डेली मेलको अनलाइन संस्करणमा उल्लेख छ । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा मगर चलचित्र खुर्पेटो प्रदर्शन हुँदै


जय आले, कुवेत

screenshot_2016-11-28-12-25-21२७ नोभेम्बर २०१६ । मिफ्रुङ्ग फिलिम्स प्रोडक्सन नेपालको पहिलो प्रस्तुति मगर कथानक नेपाली चलचित्र खुर्पेटाे कुवेतमा आगामी २७ जनवरी २०१७ शुक्रबारको दिन प्रदर्शन हुने भएको छ ।   पढ्नेक्रम जारी राख्नुहोस्

अनौठो बजार, जहाँ दुलही किन्न पाइन्छ


bride-marketआमरुपमा हामी बजारमा आफ्ना आवश्यकताका उपभोग्य सरसामान खरीद गर्न जान्छौँ । तर यो दुनियामा एउटा यस्तो बजार पनि छ जहाँ सरसामानको होइन खुद दुलहीको खरीद बिक्रि हुन्छ । बेहुली खरीद बिक्रि हुने बजार भन्ने कुरा सुन्ने बित्तिकै कुनै मध्ययूगीन दास समाजमा दासदासीको खरीद बिक्रि हुने कथा सम्झिन पुगिन्छ । तर यो आधुनिक युगमा पनि बुल्गेरियामा यस्तै बेहुली किन्न पाइने बजार छ । पढ्नेक्रम जारी राख्नुहोस्

खेतबारी चाहिदैंन, भित्तामा खेती गर्ने प्रविधिको विकास (फोटोफिचर)


1474521388wall-farmingकाठमाडौं, असोज ६ । विज्ञानले यस्ता चमत्कार गरिसकेको छ जसको कुनैबेला कल्पनासमेत गर्न सकिदैंनथ्यो ।खेतबारीमा विभिन्न बाली लगाउनु स्वाभाविक हो । यतिमात्र होइन, बढ्दो शहरी जीवनशैलीमा घरको छत तथा कौसीमा तरकारीलगायतका खेती गरिनु पनि स्वाभाविक हो । तर भित्तामा पनि खेती गरिन्छ भन्ने कुरा धेरैलाई अपत्यारिलो लाग्न सक्छ । पढ्नेक्रम जारी राख्नुहोस्