Category Archives: नेपाल समाचार

थोत्रिँदै छन् करोडका ब्रान्डेड गाडी


ईश्वरराज ढकाल,काठमाडौं। राष्ट्रिय चिकित्सा आयोगको कार्यालयमा करिब पाँच करोड रुपियाँमा खरिद गरिएका ६ वटा नयाँ सवारी साधन थन्किएको करिब तीन महिना हुन लागे पनि त्यसलाई कसले कसरी चलाउने भन्ने अझै अत्तोपत्तो लागेको छैन। ती सवारी साधनहरू आयोगको पार्किङस्थलमा अलपत्र अवस्थामा राखिएका छन्। आयोगका उपाध्यक्षका लागि खरिद गरिएको करिब १ करोड रुपियाँ बराबरको कालो रङको किया कम्पनीको सवारी साधन धुलाम्य भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री नजाने, परराष्ट्रमन्त्री ज्ञवाली जाने


असोज ९ मा सार्क विदेशमन्त्रीस्तरीय साइडलाइन बैठक
देवेन्द्र भट्टराई
काठमाडौँ — राष्ट्रसंघीय ७४ औं महासभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सट्टा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्ने भएका छन् । तीन सातापछि न्युयोर्कमा सुरु हुने उक्त बैठकमा प्रधानमन्त्री नजाने टुंगो भएको परराष्ट्र सचिव शंकर बैरागीले बताए ।  प्रधानमन्त्री ओली हाल स्वास्थ्योपचार क्रममा सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा छन्। अझै एक सातासम्म उपचार क्रममा देशबाहिर रहने र त्यसपछि तत्कालै शारीरिक सक्रियता देखाउन मुस्किल पर्ने भएकाले महासभामा उनी सहभागी नहुने निर्णय भएको हो। यस’bout परराष्ट्र मन्त्रालयले न्युयोर्कस्थित राष्ट्रसंघीय स्थायी नियोगलाई जानकारी गराइसकेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

सत्तारुढ नेकपामा बुँदा नं. १० को ‘डर’


काठमाडौं, ११ भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र अनुशासनमा कडाइ गरिएपछि विभिन्न खालको प्रतिक्रिया आउन थालेका छन् । पार्टी नेतृत्वको आलोचना नगर्न कडाइ गरिएपछि प्रजातान्त्रिक पद्धतिको कुरा उठाएर विभिन्न खालका टिकाटिप्पणी आएका हुन् । एकथरीले यो नेतृत्वको स्वच्छ आलोचनामा प्रतिबन्ध लगाइएको भन्दै आक्रोश पोखेका छन् । केहीले निर्णयको बचाउ गरेका छन् । निर्णयको बचाउ गर्नेमा केन्द्रीय सदस्य विष्णु रिजाल अग्रपंक्तिमा देखिएका छन् । नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमो बसेको पहिलो केन्द्रीय सचिवालयको बैठकले अन्तरपार्टी जनवादको भरपुर सदुपयोग गर्न आग्रह गर्दै सार्वजनिक रुपमा नेतृत्वको आलोचना गर्न बन्देज लगाएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

अब कांग्रेस भातृसंस्थाको विघटन कि अधिवेशन ?


खगेन्द्र भण्डारी
काठमाडौं : लोकतान्त्रिक पार्टीका रुपमा चिनिने नेपाली कांग्रेसका भातृसंस्था लामो समयदेखि अधिवेशन नहुँदा तदर्थवादको अवस्थाबाट गुज्रिएका छन्। कमजोर प्रतिपक्षीको भूमिकामा रहेको कांग्रेसलाई सशक्त बनाउन भातृसंस्था चलायमान बनाउनुपर्ने भए पनि सबैजसो भातृसंस्थाको अवस्था भने ‘दयनीय’ छ। कांग्रेसका १३ भातृसंस्थामध्ये अधिकांशको समयावधि गुज्रिसकेको छ। विधानअनुसार समयमै अधिवेशन नहुँदा ती भातृसंस्था अस्तित्वमा मात्रै सीमित छन्। ‘कांग्रेसले पार्टीलाई आधुनिक र सुदृढ बनाएर जाने हो भने भातृसंघसंगठन र शुभेच्छुकसंगठनलाई आधुनिक बनाउन आवश्यक छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘केन्द्रीय समिति बैठकमा यस’bout छलफल हुन्छ र पार्टीले आवश्यक निर्णय गर्छ।’ पढ्नेक्रम जारी राख्नुहोस्

नेकपाभित्र नेताहरु’bout सार्वजनिक टिप्पणी गर्न प्रतिबन्ध


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेताहरुको विषयमा व्यक्तिगत टिप्पणी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई प्रतिबन्ध लगाएको छ । सोमबार बसेको सचिवालय बैठकले नेता तथा कार्यकर्ताको व्यक्तिगत विषयमा प्रश्न उठाउनुपरेमा पार्टीभित्रै प्रक्रियागत ढंगले छलफलको विषय बनाउनुपर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्

शालिकरामको भिडियो सन्देश’bout अदालतले भन्याे– ‘कुनै अर्को व्यक्तिको सहयोगमा रेकर्ड’


रमेशकुमार पौडेल
चितवन — गत साउन २० चितवनको एक होटलमा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीको भिडियाे सन्देश आफैंलेमात्र नभइ अरु कसैको सहयोगमा रेकर्ड गराएको हुन सक्ने चितवन जिल्ला अदालतले आशंका गरेकाे छ । सोमबार जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले गरेको थुनछेक आदेशको पेज नम्बर ७ को अन्तिम र पेज नम्बर ८ को सुरुवाती खण्डमा भिडियाे रेकर्ड आफैंले गरेकाे नदेखिएकाे भनाइ उल्लेख गरिएको छ। भिडियोको अन्तिममा शालिकरामले दुवै हात जोडेको देखिँदा अदालतले त्यस्तो सन्देश गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्

भरतपुरमा ५ जना बढी भेला हुन नपाउने प्रशासनको आदेश


रमेशकुमार पौडेल
काठमाडौँ — पूर्व सहकर्मीको आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने पक्राउ परे लगत्तै भरतपुर क्षेत्रमा सुरु भएको समर्थकको प्रदर्शन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी र अदालत आसपासमा पाँच जना बढी भेला हुन नपाउने आदेश जारी गरेको छ । १० दिनअघि गिरफ्तार भएका लामिछानेसहित तीन जना विरुद्ध आइतबार अदालतमा मुद्दा दायर भएको छ। प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आइतबार साँझ जारी गरेको आदेशमा पूर्वमा भरतपुर बाइपास सडकको आन्तरिक राजश्व कार्यालयदेखि घरेलु कार्यालय चोकसम्म, पश्चिममा चौबिसकोठी क्षेत्रको पूर्व–पश्चिम राजमार्गमा पर्ने सप्तगण्डकी अस्पताल चोकसम्म प्रशासनले पाँचजना भन्दा बढी भेला हुन रोक लगाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्रीलाई ‘प्लाज्मा फेरेसिस’ गरिँदै, थाहा पाउनुस् यो के हो


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ विधिबाट उपचार सुरु भएको छ। उपचारका लागि बिहीबार सिंगापुर गएका प्रधानमन्त्रीको शुक्रबारदेखि त्यहाँको नेसलन युनिर्भसिटी हस्पिटलमा प्लाज्मा फेरेसिस प्रकृया सुरु गरिएको उनका निजी चिकित्सक प्रा. डा. दिब्या सिंहलाई उद्धृत गर्दै प्रमुख सल्लाहकार विष्णु रिमालले जनाएका छन्। ‘यो उपचार प्रकृया अरू केही पटक गरिनेछ’, रिमालले आइतबार बिहान ट्‍विटमा भनेका छन्, ‘उहाँको स्वास्थ्य स्थिति अहिले सामान्य अवस्थामा छ।’ पढ्नेक्रम जारी राख्नुहोस्