जगदीश्वर पाण्डे
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेशको दुईदिने राजकीय भ्रमणका क्रममा सोमबार नेपाल र बंगलादेशबीच चार क्षेत्रमा सहकार्य गर्नका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।दुई पक्षबीच पर्यटनमा सहकार्य, संस्कृति आदानप्रदान कार्यक्रममा सन् २०२२ देखि २०२५ सम्म सहकार्य, स्यानेटरी र फाइटो स्यानेटरी क्षेत्रमा क्षमता अभिवृद्धि गर्ने कार्यमा सहकार्य (पशु र कृषिमा लाग्ने कीटनाशकको अनुसन्धान र औषधि) र बंगलादेशको रोहनपुरदेखि भारत पश्चिम बंगालको सिंहबादसम्मका लागि थप रेल रुट र तेस्रो मुलुकसँग व्यापार गर्नका लागि ‘को–ट्रान्जिट रुट’ मा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको नेपाली प्रतिनिधिमण्डलका एक सदस्यले कान्तिपुरलाई बताए । राष्ट्रपति भण्डारी र बंगलादेशी समकक्षी अब्दुल हमिदबीचको भेटवार्ताका क्रममा समझदारीपत्रमा हस्ताक्षर भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Category Archives: नेपाल समाचार
बंगलादेशसँग ४ क्षेत्रमा सहकार्य गर्ने समझदारी
Posted in नेपाल समाचार
धर्मसंकटमा नेपाल
अध्यक्ष ओलीसँग नझुक्ने अभिव्यक्ति र एमाले छोड्न नसक्ने मनस्थितिको विरोधाभासमा नेपालले अब के गर्लान् ?
बिनु सुवेदी
काठमाडौँ — एमाले खनाल–नेपाल समूहको चैत ५ गतेको राष्ट्रिय भेलामा प्रदेश २ की सांसद मञ्जु यादवले सोधिन्, ‘फागुन २८ गतेको निर्णय फिर्ता लिएर ओली पक्ष २०७५ जेठ २ कै अवस्थामा पार्टीलाई पुनःस्थापित गर्न तयार भए त ठीकै छ, नभए के गर्ने ? लत्रिने ?’ अलमलपूर्ण अवधारणापत्र र नेताहरूको त्यस्तै भाषण सुनेपछि यादवले झैं धेरै प्रतिनिधिले यो प्रश्न झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेतृत्वसमक्ष सोझ्याएका थिए । उनीहरूले ठ्याक्कै जवाफ भने पाउन सकेनन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
प्रतिनिधिसभा फेरि विघटन गर्ने ओलीको चाहना
कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका नेताद्वारा प्रतिवाद, जसपा नेता मौन, नेमकिपाबाट मात्रै समर्थन
चुनावमा जाने कुरा लोकतान्त्रिक हो, यसलाई नकारात्मक रुपमा लिन भएन तर निर्वाचनमा जाने/नजाने तपाईंहरुले नै निर्णय गर्ने हो– विद्यादेवी भण्डारी, राष्ट्रपति
कुलचन्द्र न्यौपाने
काठमाडौँ — सरकारकै कारण संसद् गतिहीन बन्नुका साथै वैकल्पिक सरकार निर्माणमा समेत अन्योल बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई निर्वाचनतिरै लैजाने संकेत गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा मंगलबार आयोजना गरेको पूर्वप्रधानमन्त्रीहरू सहितको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले पुनःस्थापनापछि पनि प्रतिनिधिसभा चल्न नसकेको कारण उल्लेख गर्दै फेरि निर्वाचनमा जान सकिने धारणा राखेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
भारतले अझै रोकेन महाकालीमा एकतर्फी तटबन्धको काम
नेपालले काम रोक्न पत्राचार गरे पनि भारतले १२० मिटर तटबन्ध बनाइसक्यो, थप २०–२५ मिटर जग खनिँदै
मनोज बडू
दार्चुला — नेपालले काम रोक्न पत्राचार गरे पनि अटेर गर्दै भारतले सीमा नदी महाकालीको बहाव परिवर्तन गरेर दार्चुला सदरमुकाम पारिपट्टि एकतर्फी रूपमा तटबन्ध निर्माण जारी राखेको छ । सीमा नदीमा संरचना निर्माण गर्दा दुवै देशको सहकार्यमा बनाउनुपर्ने प्रचलनविपरीत नेपाली पक्षसँग समन्वय नगरी भारतले धमाधम तटबन्ध बनाइरहेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
सभामुखले बोलाए कार्यव्यवस्था समिति बैठक
काठमाडौं : प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलोपटक कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाइएको छ। यसअघि फागुन २३ र २६ गते प्रतिनिधिसभाको बैठक बस्दा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको थिएन । दुवै बैठकका कार्यसूची तय गर्न कार्यव्यवस्था समितिको बैठक बसेको थिएन । सत्तारूढ दलभित्र विवादका कारण कार्यव्यवस्थाको बैठक बस्न सकेको थिएन।
प्रतिनिधिसभाको अर्को बैठक भोली अर्थात् चैत ३ गते बस्दैछ । सोही बैठकको कार्यसूची तय गर्न सभामुख अग्निप्रसाद सापकोटाले सोमबार समितिको बैठक बोलाएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
ओली-नेपालबीच धुम्बाराहीमा छलफल सुरु
काठमाडौँ — पार्टी विवाद उत्कर्षमा पुगेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहितका नेताहरू पार्टी मुख्यालय धुम्बाराहीमा छलफलमा जुटेका छन् । उनीहरूबीच सोमबार बिहान करिब साढे ११ बजेबाट छलफल सुरु भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार