काठमाडौँ — नेकपा नाम ऋषि कट्टेललाई दिँदै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनको निवेदन दर्ता गर्ने भएको छ । कानुन व्यवसायीसहित माओवादी केन्द्र मंगलबार बिहान सर्वोच्च अदालत जाने तयारीमा छ । कानुन व्यवसायीसमेत रहेका राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले मंगलबार बिहान ११ बजे अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू पुनरावलोकनको निवेदन लिएर अदालत जाने जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्
Category Archives: नेपाल समाचार
एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलामा पुनरावलोकन माग्दै दाहालसहितका नेता सर्वोच्च जाँदै
Posted in नेपाल समाचार
चीनले अनुदानमा दिएको कोरोना खोप आइपुग्यो काठमाडौं
काठमाडौं : चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसिवरुद्धको खोप सोमबार बिहान काठमाडौं आइपुगेको छ । चीनले उपलब्ध गराएको ८ लाख डोज खोप नेपाल एयर लाइन्सको विमानबाट काठमाडौं आइपुगेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरेकी छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
पोखरा विमानस्थलको म्याद ६ महिना थप्ने तयारी
उपकरण जडान र परीक्षणका लागि विदेशी प्राविधिक आउनुपर्छ तर भिसा नीतिका कारण आउन पाएनन्
दीपक परियार
पोखरा — निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै मितिमा नसकिने भएको छ । ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले म्याद थपका लागि निवेदन दिने तयारी गरेको छ । सन् २०२१ जुन १० मा सक्नुपर्ने राष्ट्रिय गौरवको आयोजनामा ठेकेदार कम्पनीले ६ महिना म्याद थपको निवेदन दिने तयारी गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
आजदेखि मेलम्चीको पानीको वितरण
१५ चैत, काठमाडौं । आइतबार (आज)देखि परीक्षणका रुपमा मेलम्चीको पानीको वितरण थालिँदैछ । मेलम्ची खानेपानी आयोजनाले आजदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को वितरण प्रणालीमा मेलम्चीको पानी पठाउन थाल्ने छ । केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार आइतबार ४ करोड लिटर मेलम्चीको पानी वितरण लाइनमा थप हुनेछ । आइतबार नै खुमलटालको नयाँ पानी ट्यांकीको परीक्षण गरिनेछ । बाँकी क्षेत्रमा भने पुरानै पानी ट्यांकीमार्फत पानी वितरण हुनेछ ।अहिले पानी ट्यांकीहरु भर्ने काम भइरहेको छ । पुरानो प्रणालीमा ४ करोड लिटर मात्रै पानी थपिने भएकाले सबैजसो क्षत्रेमा समानुपातिक रुपमा नै पानी वितरण हुने राईले बताए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
चितवन मेडिकल कलेजले गर्यो पहिलोपटक कलेजो प्रत्यारोपण
रमेशकुमार पौडेल
चितवन — भरतपुरमा रहेको चितवन मेडिकल कलेज (सिएमसी) को शिक्षण अस्पतालले पहिलोपटक कलेजो प्रत्यारोपण (लिभर ट्रान्सप्लान्ट) गरेको छ । राजधानी बाहिर कलेजो प्रत्यारोपण गर्ने सिएमसी पहिलो भएको अस्पतालका अधिकारीहरुको दाबी छ । अस्पतालले चैत ८ गते आइतबार ५४ वर्षीया धनकुमारी लामालाई कलेजो प्रत्यारोपणको सेवा दिएको थियो । उनलाई छोरी ३३ वर्षीया उषाले कलेजो दिएकी थिइन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
देउवाले भने, ‘हामी विपक्षी पार्टी, सरकार गठनमा अहिले मौन बस्छौ’
रविन भट्टराई
विराटनगर : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अबको सरकार गठनमा अहिले मौन बस्ने बताएका छन् । मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कांग्रेस संविधान अनुकुल चल्ने भएकाले अहिलेको सरकार गठन र राजनीतिक भूमिकामा बोल्ने अवस्थामा नरहेको बताए । तपाईले प्रधानमन्त्री ओलीको हरेक कदममा साथ दिनुभयो, सरकार गठन वा अविश्वास प्रस्तावमा किन कांग्रेस बोल्दैन भन्ने सञ्चारकर्मीको जिज्ञासामा देउवाले भने ‘तपाईहरु अनेक प्रश्न गर्ने ?, हामी विपक्षी पार्टी, विपक्षी पार्टी, विपक्षी पार्टी, मेरो कुरा यति हो, प्रश्न गर्नुभएकोमा धन्यवाद म हिडें ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार