१ किलोभन्दा बढी सुन सहयोग गर्न नपाइने
६ फागुन, काठमाडौं । एउटा चर्चित अनि पुरानो गीत छ, ‘पशुपतिमा सुनैको गजुर…।’ गीतमा वर्णित पशुपतिनाथको यो गजुरको लामो इतिहास छ । धार्मिक र ऐतिहासिक महत्त्व बोकेको पशुपतिको गजुरजस्तै शिवलिंगको पिठिकासमेत अब भक्तजनबाट सहयोग मागेर सुनले सिंगारिने भएको छ । तर, पिठिकामा भने सुनको जलपमात्र हुनेछ । पिठिकामा हाल चाँदीको आवरणयुक्त जलहरी मात्रै छ । त्यसलाई हटाएर सुनको जलहरी बनाउन लागिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Category Archives: धर्म संस्कृती/परम्परा
भक्तजनसँग मागेर पशुपतिमा १४१ किलो सुनको जलप लगाइने
Posted in धर्म संस्कृती/परम्परा
आज माघे संक्रान्ति, मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौँ — आज माघ १ अर्थात् माघे संक्रान्ति । मुलुकभर विभिन्न कार्यक्रम गरी माघे संक्रान्ति मनाइँदै छ ।थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन्। काठमाडौंमा बसोबास गर्दै आएका मगर समुदायले आफ्नो महान चाड माघे संक्रान्तिका अवसरमा काठमाडौंको टुँडिखेलमा महोत्सव आयोजना गरेका छन् । नेपाल मगर संघको आयोजनामा टुँडिखेलमा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम हुन लागेको हो । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in धर्म संस्कृती/परम्परा
आज क्रिसमस डे, क्रिश्चियन धर्मालम्बीलाई बिदा
९ पुस, काठमाडौं । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदैछन् । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in धर्म संस्कृती/परम्परा
तमू प्ये ल्हु संघ कुवेतको च्यु ल्होसार तयारी अवस्थामा
जय आले, कुवेत
२३ डिसेम्बर २०१९ । कुवेतमा सकृय रुपमा कृयाशिल जातिय संस्था तमू प्ये ल्हु संघ कुवेतले आगामी ३ जनवरी २०२० शुक्रबारका दिन आयोजना गर्न गईरहेको तमू च्यु ल्होसार पूर्ण रुपमा तयारी अवस्थामा रहेको संघकी अध्यक्ष उमा गुरुङले जानकारी दिएकी छिन् । पढ्नेक्रम जारी राख्नुहोस्
मगर सँघ कुवेतको तेश्रो अधिवेशन तथा माघे सकराती १७ जनवरी २०२० मा आयोजना हुँदै
जय आले, कुवेत
२२ डिसेम्बर २०१९ । कुवेतवासी नेपालीहरु बिच कृयाशिल रहेको जातिय संस्था नेपाल मगर सँघ बैदेशिक शाखा, कुवेतले आफ्नो तेश्रो अधिवेशन तथा मगरहरुको मौलिक तथा साँस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड माघे सकराती आगामी १७ जनवरी २०२० शुक्रबारका दिन कुवेतको फर्वानिया स्थित युनिक अडेटोरियम हलमा आयोजना गरि सम्पन्न गर्ने बताएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
एकै दिन १५ लाखभन्दा बढी श्रद्धालु
उपेन्द्र यादव
बारा – बाराको महागढीमाई नगरपालिका–१ मा लागेको गढीमाई पञ्चवर्षीय मेलामा मंगलबार १५ लाखभन्दा बढी श्रद्धालुहरू सहभागी भएका छन्। गढीमाई मेलामा सहभागी हुन लाखौं संख्यामा श्रद्धालुहरू ओइरिएपछि भिड नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे भएको छ। मेलामा आउनका लागि प्रयोग गरिने विभिन्न सडकमा सवारीसाधनहरूको घुइँचोले गर्दा १५/१५ किलोमिटर क्षेत्रफलसम्म जामसमेत लागेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in धर्म संस्कृती/परम्परा