Category Archives: दु:खद समाचार

‘हाँसी-हाँसी आऊन् उनी’


शंकरप्रसाद खनाल
कोहलपुर : ‘भान्सामा सिमीको दाल पाक्दै थियो। स्कुल जान ढिलो भयो भनेर भोकै स्कुल गई। नयाँ ज्याकेट लगाएकी थिई। फर्की-फर्की हेर्दै थिई। ट्रकले ठक्कर दियो। बेहोस भई। खुट्टा काट्नुपर्छ भनिरहेका छन्’, आइतबार बाँकेको कोहलपुर नगरपालिका-१० मा ट्रकको ठक्करबाट दुवै खुट्टा गुमाएकी १२ वर्षीया प्रकृति चन्दकी माइली दिदी पुष्पाले बैनी स्कुल जाँदाको क्षण’bout  ञ्चारकर्मीसँग भनिन्, ‘मेरी बैनीको जीवनमाथि ट्रकवालाले खेलवाड गर्न पाउँछ ? मेरो बैनी जसरी हाँसीहाँसी स्कुल गएकी थिई। त्यस्तै चाहिन्छ।’ पढ्नेक्रम जारी राख्नुहोस्

चितवन अटो दुर्घटना : पाँच जनाको मृत्यु


काठमाडाैं, २२ मंसिर । चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ मा अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । पूर्वी चितवनको भण्डाराबाट करिव २ किलोमिटर उत्तरतर्फ चेपाङ मार्गमा हिजो साँझ ना १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना हुादा पाँच जनाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृत्यु भएका चार जनाको सनाखत भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बागलुङमा जिप दुर्घटना : १४ को मृत्यु, १० जनाको सनाखत [अपडेट]


प्रकाश बराल
(बागलुङ) — बडीगाड गाउँपालिका ७ भिमगिठे नजिकै यात्रुबाहक जिप खस्दा मृत्यु भएका १४ जनामध्ये १० जनाको पहिचान भएको छ । ग १ ख ४२१९ नम्बरको जिप गुल्मी ईश्माबाट बागलुङको बुर्तिवाङ हुँदै निसीखोलाको देवीस्थानतर्फ जाँदै गर्दा खोलामा खसेको प्रहरी नायव उपरीक्षक झबिन्द्रप्रसाद भट्टराईले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

अर्घाखाँची बस दुर्घटना : मृतकको संख्या १९ पुग्यो, ११ को सनाखत


एक्कासी जोडले ब्रेक लगाउँदा बस दुर्घटना
१२ मंसिर, सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६, नरपानीमा बस दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या १९ पुगेको छ । मृत्यु भएकाहरुमध्ये ११ जनाको सनाखत भएको छ । दुर्घटनामा घाइते भएका १० जनामध्ये ६ जनाको अवस्था गम्भीर छ । पढ्नेक्रम जारी राख्नुहोस्

हलेसीमा बस दुर्घटना हुँदा १४ घाइते


डम्बरसि राई
खोटाङ — दिक्तेलबाट विराटनगर जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । को१ख ६२२० नम्बरको बस हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित कामीडाडाँमा बुधबार बिहान करिब पाँच बजेर बीस मिनेट जाँदा दुर्घटना हुँदा १४ जना घाइते भएका हुन् ।  घाइतेहरुको दिक्तेल अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक वामदेव गौतमले बताए । उनका अनुसार १४ मध्ये दुईजना भने सामान्य घाइते छन् । पढ्नेक्रम जारी राख्नुहोस्

सर्लाही जाँदै गरेको बस चितवनमा दुर्घटना, ३८ घाइते, एक गम्भीर


२२ असोज, चितवन । चितवनमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । काठमाडौँबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस भरतपुर महानगरपालिका–१२ आस्था चोकमा गए राति १२ः३० बजे दुर्घटना हुँदा ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस आफैँ अनियन्त्रित भई सडक छेउको पीपलको रुखमा ठक्कर खाएर दुर्घटना भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

दुबईमा सवारी दुर्घटना, ६ जना नेपालीको मृत्यु


१३ असोज, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भएको सवारी दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ । एक भारतीय र एक पाकिस्तानी नागरिकको पनि दुर्घटनामा मृत्यु भएको छ । स्थानीय समयअनुसार विहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फर्स्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस लरीसँग ठोक्किएको थियो ।दुर्घटनामा रमेश चाैधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउदको मृच्यु भएको नेपाली दूतावासले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

लमजुङमा पहिरोले जिप पुर्‍यो, मनाङ जाने सडक अवरुद्ध


आश गुरुङ
(लमजुङ) — बेंसीसहर–चामे सडक अन्तर्गत लमजुङको मर्स्याङदी गाउँपालिका-४, स्याँगेमा पहिरो जाँदा मनाङ जाने सडक अवरुद्ध भएको छ । स्याँगेको दुईवटा बजारको बीचतिर पर्ने माथिल्लो घुम्तीमा पहिरो जाँदा सडक अवरुद्ध भएको स्थानीयले बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्