Category Archives: दु:खद समाचार

पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कार्कीलाई प्रहरीद्वारा कुटपिट, टाउको फुट्यो


सिन्धुली, २२ असार । नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) लाई शनिबार राति विनावर्दीका प्रहरीले कुटपीट गरेका छन । कमलामाइ नगरपालिका ६ शिवनगरमा होटलमा खाजा खाइरहेका बेलामा आई भिडियो खिचेको र भिडियो नखिच्न आग्रह गर्दा कार्कीमाथि आक्रमण भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार काभ्रे खावा ६ घर भएका ३० वर्षीय सलाम सिंह लामा र प्रहरी जवान काभ्रे पनौती ७ का २८ वर्षीय विकास सिंह स्याङतानले कार्कीमाथि कुटपिट गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

बागलुङका तारा ब.बिकको कुवेतमा निधन


कुवेत गएर आफ्नो परिवार मात्र होईन भबिस्यको लागि केही गरौला भनी कुवेत आएको बागलुङ जिल्ला गल्कोट घर भएका कुवेतमा कार्यरत तारा बहादुर बिक को जुलाइ ५ तारिक शुक्रबार राती उपचारको क्रममा फरवानिया अस्पतालमा निधन भएको हो पढ्नेक्रम जारी राख्नुहोस्

वैदेशिक रोजगारी : एक दशकमा ७,३०४ को मृत्यु


तुलसी सुवेदी
काठमाडौं : वैदेशिक रोजगारीमा गएकामध्ये पछिल्लो एक दशकमा ७ हजार तीन सय चार जनाको ज्यान गएको छ। नेपालबाट हरेक वर्ष चार लाख हाराहारीमा जनशक्ति वैदेशिक रोजगारीमा जाने तथ्यांक छ। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले रोजगारमा जाने नेपालीलाई अपर्याप्त आराम, न्यून पारि श्रमिक, स्वास्थ्यमा लापरबाही र पारिवारिक झमेला तथा दबाबका कारण वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु हुने गरेको जनाएको छ। धेरै र कमसल रक्सी खाने, पानी कम पिउने, समयमा खानपानको प्रबन्ध नहुँदा स्ट्रोक, हृदयाघातजस्ता कारणले मृत्यु हुने गरेको छ। कार्यस्थलको असुरक्षा तथा अव्यवस्थित बसाइ मृत्युका अन्य कारण हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

नेपालीलाई मृत्युदण्डको फैसला


होम कार्की
काठमाडौँ — आफ्नै नातेदारको हत्यामा दोषी ठहरिएर १२ वर्षदेखि जेलमा रहेका उदयपुरका विवेक दाहाललाई साउदी अरेबियाको पुनरावेदन अदालतले मृत्युदण्ड सजाय सुनाएको छ । उदयपुरको बसाहा–७, बैकडाँडाका दाहालले मोरङ, बबियाबिर्ता–३ का राजेन्द्र विष्टलाई २००७ फेब्रुअरी २ मा सुतिरहेको अवस्थामा हत्या गरेका थिए । उनलाई जुवेलस्थित हायल जेलमा राखिएको छ । सार्वजनिक कानुनअनुसार मृत्युदण्डको फैसला सुनाएको तल्लो तहको फैसलालाई पुनरावेदन अदालतले सदर गरेको हो । अदालतले पीडित पक्षलाई निजी अधिकारसम्बन्धी कानुन प्रयोग गर्न दिन अस्वीकार गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अर्घाखाँचीमा हावाहुरी : ६० घरको छाना उडायो


प्रेमनारायण आचार्य
सन्धिखर्क : अर्घाखाँचीको छत्रदेव गाँउपालिकामा आइतबार बेलुका आएको भीषण पानीसहितको हावाहुरीले वितण्डा मच्चाएको छ। हावाहुरीका कारण छत्रदेव गाँउपालिकाका २ र ३ नम्बर वडाका ६० घरगोठको छानो उडाएको छ। भने एक विद्यालयको पनि छानो उडाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

आगोमा जलेर बैतडीमा एकै परिवारका ३ जनाको मृत्यु


९ जेठ, बैतडी । बैतडीमा गएराति आगलागी हुँदा एकै घरका तीन जनाको जलेर मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–७, बसपार्कमा रहेको टहरामा आगलागी हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ। मृत्यु हुनेमा पुर्चौडी नगरपालिका–५ कुवाकोटका ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती व्रिन्दा लुहार र आठ वर्षीय छोरा मनोज लुहार रहेको बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए । पुर्चौडी नगरपालिका–५, कुवाकोट घर भई उनीहरु पुर्चौडी नगरपालिका–७ बसपार्कमा टहरा बनाइ बस्दै आएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

नवलपरासीमा हुरीले २ सय घरको छाना उडायो


नारायण शर्मा
नवलपरासी — नवलपरासी देवचुली नगरपालिकामा मंगलबार राति आएको हावाहुरीले २ सय घरको छाना उडाएको छ । त्यहाँ मानवीय क्षति भने छैन । हुरीसँगै असिनापानी परेको थियो । देवचुलीका मेयर पूर्णकुमार श्रेष्ठले टेलिफोनमा दिएको जानकारी अनुसार मंगलबार राति ८ बजेबाट सुरु भएको हावाहुरी र असिनाले त्यहाँका २ सय घरको छानो उडाएको प्रारम्भिक अनुमान छ । देवचुली नगरपालिकाको ६ , ७ , ८ , ९ ११, १२ र १४ नम्बर वडामा रहेका घरको टिन र खरको छानो उडाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

पाँचथरमा एकै परिवारका ९ जनाको हत्या


भीमकुमार बाँस्कोटा
फिदीम : पाँचथरको मिक्लाजुङमा गएराति एकै परिवारका ९ जनाको हत्या भएको छ । मिक्लाजुङ गाउँपालिका –३ आरुबोटमा बमकुमार फियाक(लिम्बु)र उनका ज्वाइँ धनराज फियाकका परिवारको हत्या भएको प्रहरी निरीक्षक अरुणकुमार पौडलले जानकारी दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्