कुवेत : रक्त क्यान्सरको कारणले अल्पायुमै ज्यान गुमाएकी कुवेतका लागि नेपाली श्रम सहचारी विपना ज्ञवालीको पार्थिव शरीर आइतबार (आज) विहान नेपाल पुग्ने भएको छ । कुवेतको जजिरा एयरलाइन्समार्फत शव ल्याउने तयारी भएको नेपाली दूतावास श्रोतले बतायो । पढ्नेक्रम जारी राख्नुहोस्
Category Archives: दु:खद समाचार
कुवेतका लागि नेपाली श्रम सहचारी विपना ज्ञवालीको रक्त क्यान्सरको कारणले निधन
Posted in दु:खद समाचार
पहिरोले सिन्धुपाल्चोकमा दुई गाउँ बगे, एकको शव फेला, कम्तीमा १७ बेपत्ता
अनिश तिवारी
सिन्धुपाल्चोक — बाह्रबीसे नगरपालिका–७ घुम्थाङमा शनिबार राति पहिरो जाँदा दुई गाउँका १७ घर बगेका छन् । स्थानीय फड्के खेतबाट खसेको पहिरोले नागपुजेमा सात र भिरखर्कमा १० घर पुरिएका हुन् । नागपुजेमा तीन घर क्षतिग्रस्त छन् । नागपुजेमा एक जनाको शव भेटिएको छ भने कम्तीमा १७ स्थानीय बेपत्ता रहेको बाह्रबिसे–७ घुम्थाङका वडा सदस्य वीरबहादुर थापाले जानकारी दिए । उनका अनुसार नागपुजे गाउँमा १० परिवार बसोबास गर्दै आएका थिए । ‘बेपत्ताहरूको खोजी गर्ने प्रयास जारी छ,’ उनले भने । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार
ढोरपाटन बाढीपहिरो : आठ जनाको शव भेटियो, १३ जना अझै बेपत्ता
प्रकाश बराल
बागलुङ — बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म आठ जनाको शव फेला परेको छ । चार जना गम्भीर घाइते छन् भने १३ जना बेपत्ता रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीका अनुसार मृतकमध्ये ढोरपाटन–९ भट्टेचौरकी २६ वर्षीया केशमाया विकको मात्र सनाखत हुन सकेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार
कैलाशखोलाले बगाएका १७ जनामध्ये, ६ को शव भेटियो
गीता कुँवर
अछाम : अछामको रामारोशन गाउँपालिकाका कैलाशखोलाले बगाएका १७ जना मध्ये ६ जनाको शव भेटिएको छ भेटिएको छ । गए रातिको अबिरल वर्षासँगै आएको बाढीले रामारोशन गाउँपालिका-५ सैनिबजारबाट बगाएका १७ जना मध्ये ६ जनाको शव कैलाशका विभिन्न स्थानमा भेटिएको हो। ४ जनाको बान्नीगढी जयगढ गाउँपालिका-६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा भेटिएको स्थानीय देवेन्द्र थापाले जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार
लिदी पहिरो : थप तीन शव फेला, मृतक संख्या २२ पुग्यो
अनिश तिवारी
सिन्धुपाल्चोक — जुगल गाउँपालिका–२ लिदी, लामागाउँमा गएको पहिरोका मृतकको संख्या २२ पुगेको छ । सोमबार बिहान थप तीन शव फेला परेका हुन् । बेपत्ता ३९ जनामध्ये आइतबार बेलुकीसम्म १९ शव भेटिएका थिए । सोमबार पहिरोले पुरिएको अवस्थामा थप तीन शव फेला परेको र सनाखतसमेत भइसकेको जिल्ला प्रहरी कार्यालय चौताराले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार, नेपाल समाचार
बाजुरामा बाढी, पहिरोको वितण्डा
पदमबहादुर सिंह
बाजुरा : आइतबार रातिको अविरल वर्षासँगै आएको बाढी, पहिरोले बुढीगंगा नदी बस्तीमा पसेको छ। नदी बडिमालिका नगरपालिकाको घागर, रापक, जडाङ्गा, तिपाडा, ओलेना, लगायतका बस्तीमा पसेको हो। बाढीमा परी बडिमालिका नगरपालिका–२ का वडा अध्यक्ष डम्बर महत्तकी आमा ६५ वर्षीया अइसेनी महत्त बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिइको छ। लगातार अत्याधिक पर्दा नदीमा बहाब बढेर साफेँ-मार्तडी सडकस्थित बुढीगंगा नदीको जडाङ्गामा बनाइएको बेलीब्रिज बगाएको प्रहरीले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार