Category Archives: अर्थतन्त्र

भारतद्वारा पानी र क्षतिपूर्ति दिन इन्कार


विकास थापा
काठमाडौं : कोसी, गण्डक र महाकाली नदीमा एकलौटी संरचना बनाएको भारतले नेपाललाई क्षतिपूर्ति दिन अस्वीकार गरेको छ। म्झौताअनुसार नेपालले पाउनुपर्ने पानी दिन भारतले अनेक प्राविधिक बहाना झिकी पुरानै आलटाललाई निरन्तरता दिएको छ। नेपाल र भारतबीच ६ वर्षपछि जलस्रोतसचिव स्तरीय संयुक्त समिति (जेसीडब्लूआर) बैठक गत शुक्रबार राति नयाँ दिल्लीमा सम्पन्न भयो। बैठकमा जलस्रोतसम्बन्धी नेपालका अधिकांश प्रस्ताव र आग्रह भारतले अस्वीकार गरेको छ। नेपालले पाउनुपर्ने क्षतिपूर्ति र नेपालको हक लाग्ने पानीसम्बन्धी मुद्दामा भारतसित सहमति हुन नसकेपछि वार्ता असफल भएको हो। भारतीय पक्षले पुराना अडान दोहोर्‍याएको र नयाँ सहमति तथा निर्णय गर्न नमानेकाले बैठक उपलब्धिमूलक हुन सकेन। २५ अप्रिल १९५४ मा भएको कोसी सम्झौताबाट भारतले निर्माण गरेका संरचना (ब्यारेज, हेड रेगुलेटर, नहर, तटबन्ध आदि)ले नेपाली भूमिमा पुगेको क्षतिको मुआब्जा पाउन नसकेको विषयप्रति नेपालले भारतको ध्यानाकर्षण गराएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

किन बढ्दैछ डलरकाे भाउ ?


काठमाडौँ — राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको विनिमय दर एक सय १८ रुपैयाँ ८० पैसा तोक्यो  । यो हालसम्मकै उच्च हो  । सन् २०१८ सुरु भएपछि निरन्तर रूपमा डलर बलियो बन्दै गएको छ । यही क्रममा मंगलबार एक अमेरिकी डलरको विनिमय दर करिब एक सय १९ रुपैयाँ नजिक पुगेको हो । पछिल्ला दिनहरूमा डलरको विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाउँदै गएको छ । सोमबार एक सय १८ रुपैयाँ ३३ पैसा पुगेको डलर मंगलबार एक सय १८ रुपैयाँ ८० पैसा पुगेको हो । राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको (खरिद दर) एक सय १८ रुपैयाँ २० पैसा तोकेको छ । यो पनि हालसम्मकै उच्च हो । पढ्नेक्रम जारी राख्नुहोस्

५० गुणासम्म कर बढाइयो


रवीन्द्र उप्रेती, रमेशकुमार पौडेल
चितवनमा अनशन सुरु, महोत्तरीमा जनप्रतिनिधि नै आन्दोलनमा
काठमाडौँ — स्थानीय तहले ५ हजार प्रतिशतसम्म कर बढाएपछि कांग्रेसलगायत दलको नेतृत्वमा उद्योगी–व्यवसायी आन्दोलनमा उत्रिएका छन् । चितवनको रत्ननगर नगरपालिकामा कर घटाउन माग गर्दै आइतबारबाट अनशन सुरु भएको छ भने महोत्तरीको गौशाला नगरपालिकामा जनप्रतिनिधिकै अगुवाइमा बजार बन्द गराइएको छ । महोत्तरीको गौशाला नगरपालिकाले गरेको अप्रत्याशित कर वृद्धिको विरोधमा आइतबार स्थानीयवासी । पढ्नेक्रम जारी राख्नुहोस्

१ सय २८ मुलुकसँग व्यापार घाटा


कृष्ण आचार्य
काठमाडौँ — आयात उच्च र निराशाजनक निर्यातले गत आर्थिक वर्ष १ सय २८ मुलुकहरूसँग व्यापार घाटा भएको छ ।भन्सार विभागका अनुसार १ सय ५५ मुलुकहरूसँग नेपालले आयात र निर्यात व्यापार गरेको थियो । यसमध्ये साढे ८५ प्रतिशत मुलुकहरूबाट नेपालले निर्यातभन्दा बढी आयात गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

स्विस बैंकमा रकम : नेपाल ११२ औं स्थानमा


काठमाडौँ — दक्षिण एसियाली मुलुकका नागरिक तथा कम्पनीहरूले उल्लेख्य मात्रामा स्विस बैंकमा रकम जम्मा गर्ने गरेको पाइएको छ । यसमा नेपाल ११२ औं स्थानमा रहेको छ । अन्य दक्षिण एसियाली मुलुकहरूमा पाकिस्तान ७२ औं, भारत ७३ औं, बंगलादेश ९५ औं, श्रीलंका १०८ औं र भुटान २०३ औं स्थानमा रहेको स्विस बैंकको पछिल्लो तथ्यांकमा उल्लेख छ । चीन सूचीमा २० औं स्थानमा छ । अघिल्लो वर्ष चीनले ६७ प्रतिशतले वृद्धि गर्दै उसको नागरिकले उक्त बैंकमा १६० अर्ब स्विस फ्रयांक जम्मा गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल र चीनबीच आठ परियोजना अगाडि बढाउन समझदारीपत्रमा हस्ताक्षर


हरि लामिछाने
बेइजिङ : चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी विभिन्न आठ परियोजना निर्माण गर्ने समझदारी एवं सम्झौता भएको छ।बेइजिङस्थित नेपाली दूतावासमा बुधबार आयोजित समारोहमा नेपाली लगानीकर्ता र चिनियाँ लगानीकर्ताबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो। पढ्नेक्रम जारी राख्नुहोस्

एकै महिनामा तीन ठूला होटलमा डेढ अर्बको विदेशी लगानी गर्न प्रस्ताव


रविन्द्र घिमिरे
३१ जेठ, काठमाडौं । एकै महिनामा ३ वटा ठूला होटलका लागि वैदेशिक लगानी भित्र्याउने आएका छन् । जेठ महिनामा मात्रै झण्डै डेढ अर्ब बराबरको वैदेशिक लगानी भित्र्याउने गरी ३ ठूला होटलले प्रस्ताव गरेका हुन् । उद्योग विभागको वैदेशिक लगानी महाशाखाका प्रमुख खगेन्द्र बस्नेतकाअनुसार काभ्रेको पनौतीमा ५० करोड खर्चेर होटल स्थापनाका लागि भारतीय लगानीको प्रस्ताव आएको छ । त्यसैगरी काठमाडौंमा पनि ५० करोड लगानी गर्ने गरी अर्को होटलका लागि वैदेशिक लगानी भित्रिन लागेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

वैदेशिक रोजगारी : १० महिनामा ८३ करोड ठगी दाबी


उत्तम काप्री
काठमाडौं : वैदेशिक रोजगारीमा जाने युवा ठगीने क्रम बढ्दो छ। चालु आर्थिक वर्षको पहिलो १० महिनामै वैदेशिक रोजगारीका लागि गएका र जाने तयारीका युवाले आफूहरूसँग ८३ करोड रुपैयाँ ठगी भएको भन्दै उजुरी दिएका छन्। चालु आवको वैशाख मसान्तसम्म १७ सय ४४ युवाले ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएका हुन्। वैदेशिक रोजगारमा गएका र जाने तयारीमा रहेकाहरू आफू ठगिएको भन्दै उजुरी दिन आउने गरेको विभागका प्रवक्ता उद्धव रिजाले जानकारी दिए। उजुरी दिनेको संख्या बढ्दो क्रममा छ। विभागमा सबैभन्दा बढी व्यक्तिगत ठगीका उजुरी परेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्