फणि महत
रौतहट : २०६४ को संविधानसभा चुनावको अघिल्लो दिन भएको राजपुर बमकाण्डका आरोपित नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताव आलमका भाइ महताफ आलम पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार आलमलाई भारतीय प्रहरीसँगको समन्वयमा भारतको मोतिहारी जिल्लाबाट पक्राउ गरिएको हो। अहिले उनलाई रौतहट ल्याइँदै गरेको बताइएको छ। तर यस’bout रौतहट जिल्ला प्रहरी कार्यालयका एसपी शिद्दिबिक्रम शाहले केही बताउन चाहेनन्। पढ्नेक्रम जारी राख्नुहोस्
Category Archives: अपराध समाचार
राजपुर बम काण्ड : अफताव आलमका भाइ महताव पक्राउ
Posted in अपराध समाचार
हत्यापछि आत्महत्या !
भान्सामा रगताम्य र अचेत भेटिएकी पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनालाई अस्पताल पुर्याउँदा चिकित्सकले ‘मृत’ घोषणा गरेका थिए । घरमै काम गर्ने विजय चौधरी घााटीमा डोरी कसिएर मृत अवस्थामा डाइनिङ कोठाको भुइँमा थिए ।
स्वरूप आचार्य, मातृका दाहाल
काठमाडौँ — पूर्वसचिव अर्जुन कार्कीका घरेलु कामदारले उनकी पत्नी मुना कार्कीको ‘हत्या गरी आत्महत्या’ गरेका छन् । ललितपुर उपमहानगरपालिका–२, सानेपास्थित घरमा आइतबार बिहान कामदार विजय चौधरीले कार्कीको घाँटीमा डोरीले कसेर र टाउकामा पिर्काले हानेर हत्या गरी आत्महत्या गरेको प्रहरीको दाबी छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार, दु:खद समाचार
निर्मला पन्त प्रकरणमा एआईजीको प्रतिवेदन खारेज- ‘दिलीप नै दोषी’
मातृका दाहाल
काठमाडौँ — प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा एआईजी धिरु बस्न्यात नेतृत्वको समितिले बुझाएको प्रतिवेदन खारेज गरेको छ । डीआईजी सुरज केसी नेतृत्वमा गठित पुनरावलोकन समितिको पछिल्लो प्रतिवेदन स्वीकार गर्दै अघिल्लो प्रतिवेदन खारेज गरेको हो । पछिल्लो प्रतिवेदनअनुसार बलात्कार र हत्या आरोपमा पक्राउ परेर छुटेका दिलीपसिंह बिष्ट नै मुख्य अभियुक्त रहेकाले उनीमाथि थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागमार्फत कञ्चनपुर प्रहरीलाई आइतबार निर्देशन दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार
सम्झनाले गरिन् २२ महिने छोराकाे हत्या
श्यामकृष्ण दाहाल
१४ जेठ, भोजपुर । भोजपुर सदरमुकामस्थित पानी ट्याङ्कीमा २२ महिने बालकको आफ्नै आमाले हत्या गरेकी छन् ।२५ वर्षीया सम्झना थापाले २२ महिनाको छोरा सम्बोधनको हत्या गरेकी हुन् । उनले मंगलबार बिहान ७ बजेतिर घरको छतमा लगेर खुकुरीले घाँटी छिनाएर हत्या गरेकी हुन् ।रामप्रसाद राई गाउँपालिका वासिखोरा घर भएकी सम्झनाको परिवार पानीट्याङ्की टोलमा भेनाजुको घरमा बस्दै आएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार
बलात्कारपछि हत्या काण्ड : एसपीका छोरा र मेयरका भतिजाले प्रहरीसँग के भने ?
काठमाडौं, २० भदौ । कञ्चपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा शंका गरिएका दुई जनाको बयान सकिएको छ ।
तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आशुषसँग प्रहरीले बयान लिएको हो । कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेर कडायतका अनुसार स्थानीयले शंका गरेका दुवैजनालाई दुई दिन लगाएर सोधपुछ गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार
प्रहरीले अपहरणकारीको इन्काउन्टरको नाममा गिरफ्तार गरेर मारेको खुलासा
पुष्कर बुढाथोकी, भक्तपुर
आइतबार काठमाडौंबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको हत्यामा संग्लन दुई अपहरणकारीको प्रहरीले इन्काउन्टरको नाममा गिरफ्तार गरेर मारेको खुलासा भएको छ । यस्तो खुलासा गरेपछि नगदेशका स्थानीय र मारिएका दुई अपहरणकारीका घरबेटी श्याम लवट परिवार दबाबमा परेका छन् । यसपछि प्रहरी र सञ्चारकर्मीको लगातार फोन आउन थालेपछि उनीहरु दबाबमा परेका हुन्। घटनाको खुलासा किन गरेको भन्दै प्रहरीले दबाब दिन थालेपछि लवट परिवारले सोधपुछ गर्ने जो कोहीसँग पनि कुरा गर्न डराउन थालेको स्थानीयको भनाइ छ । नेपाल समाचारपत्रकर्मी लवटको घरमा पुग्दा उनका परिवारले घटनाका सम्बन्धमा खुलेर कुरा गर्न चाहेनन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार