डिल्लीराज उपाध्याय
जोसेफ रबिनेट बाइडन जुनियर संयुक्त राज्य अमेरिकाका ४६ औँ राष्ट्रपति हुन्। २० नोभेम्बर १९४२ मा जन्मिएका उनले डोनल्ड ट्रम्पलाई हराएका थिए। बुधबार नेपाली समयानुसार राति १०ः१५ बजे अमेरिकी राष्ट्रपतिको शपथ आरम्भ भएको थियो। मुख्य न्यायाधीश जन रबर्ट्सले उनलाई क्यापिटल हलको वेस्ट फ्रन्टमा शपथ गराएका थिए। ७९ वर्षीय बाइडन निकै प्रौढ उमेरमा अमेरिकी राष्ट्रपति विजयी भएका हुन्। अमेरिकी इतिहासमा बाइडन नै सबैभन्दा वृद्ध उमेरमा राष्ट्रपति बन्न पुगेका छन्। उनी १६० वर्षअगाडि पनि पाको उमेरका अब्राहम लिंकन अमेरिकी राष्ट्रपति बनेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Category Archives: समाचार
को हुन् बाइडन
Posted in नेपाल समाचार
भारतले अनुदानमा दिएको कोरोना खोप नेपाल आइपुग्यो
काठमाडौँ — भारत सरकारले अनुदानमा दिएको कोरोना खोप नेपाल आइपुगेको छ । भारतले अनुदानमा दिएको १० लाख डोज कोरोना खोप बिहीबार बिहान काठमाडौं ल्याइपुर्याइएको हो । कोरोना खोप लिएर आएको एअर इन्डियाको विमान बिहान ११ बजेर ५३ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले इकान्तिपुरलाई जानकारी दिए । उनका अनुसार मुम्बईबाट काठमाडौं सीधा उडान नभएकाले दिल्ली हुँदै खोप ल्याइएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
ललिता निवास प्रकरण : करिब ४ सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने सीआईबीको निष्कर्ष
यो प्रकरणमा २०४९ देखि २०६९ सालसम्म के–कस्ता अपराध र जालसाजी गरिए भन्ने मजबुत खालका यथेष्ट तथ्य र प्रमाण जुटाएका छौं । – डीआईजी सहकुल थापा, प्रमुख – सीआईबी
मातृका दाहाल
काठमाडौँ — नेपाल प्रहरीले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न करिब चार सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको छ । २०७५ फागुन २८ को मन्त्रिपरिषद् बैठकको निर्देशन र २०७६ फागुन २ गते गृह मन्त्रालयअन्तर्गत समरजंग कम्पनीले दिएको ठगी र किर्तेसम्बन्धी जाहेरीका आधारमा अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले करिब १ सय ४३ रोपनी जग्गा हिनामिना प्रकरणमा तत्कालीन खरिदारदेखि मुख्यसचिवसम्मका डेढ सय कर्मचारीसहित पूर्वमन्त्री, ललिता निवासका तत्कालीन भोगाधिकारी, व्यापारी र भूमाफियालाई प्रतिवादी बनाएर किर्ते अभियोगमा मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको हो । अख्तियारले पनि यही प्रकरणमा १ सय ७५ प्रतिवादीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
उखु किसानले अझै पाएनन् भुक्तानी
तुलसी सुवेदी
काठमाडौं : सरकारले किसानसँग सम्झौता गर्दै २१ दिनभित्र उखु किसानका सबै भुक्तानी दिने प्रतिबद्धता गरे पनि पूर्णरूपमा भुक्तानी पाउन सकेका छैनन्। उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले तोकिएको समयभित्र किसानले भुक्तानी पूर्णरूपमा नभएको बताए। पाउनुपर्ने ६५ करोडमध्ये ४३ करोड मात्रै भुक्तानी पाएका छन्। किसानले २२ करोड पाउन अझै बाँकी छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
परराष्ट्रमन्त्री ज्ञवालीको दिल्ली यात्राः मोदीले किन दिएनन् भेट ?
कमलदेव भट्टराई
५ माघ, काठमाडौं । यतिबेला राजनीतिक वृत्तमा चर्चा छ, भारत भ्रमणमा गएका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको अनेक कोसिसका बाबजुद भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले किन भेट दिएनन् ?भारतको विदेशमन्त्री, सचिव र खुफिया एजेन्सी प्रमुखले नेपालका प्रधानमन्त्री र राष्ट्रपतिसँग सहजै भेट पाउने तर नेपालको परराष्ट्रमन्त्रीले शिष्टाचार भेटसमेत किन पाएनन् ? राजनीतिक दलका नेतादेखि, विज्ञ र सर्वसाधारणले समेत यतिबेला यी प्रश्न गरिरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
बाइडनको शपथग्रहण अगाडि सशस्त्र प्रदर्शनको आशंका, अमेरिकाभर उच्च सतर्कता अपनाइयो
४ माघ, काठमाडौं । डेमोक्रेट नेता जो बाइडनले अमेरिकी राष्ट्रपति पदको शपथ ग्रहण गर्नुअघि हिंसा फैलिन सक्ने भन्दै अमेरिकाका सबै ५० राज्यमा उच्च सतर्कता अपनाइएको छ । रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई हराउँदै जो बाइडन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले यही जनवरी २० (माघ ७ गते) शपथ ग्रहण गर्दैछन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार