Category Archives: विविध

हराएको ३६ वर्षपछि चतुर्मुखी शिवलिंग अमेरिकामा


यो लिच्छविकालीन उत्कृष्ट सिर्जना हो : सम्पदाविद्
वासुदेव–कमलाजा मूर्ति एफबीआईको जिम्मामा
देवेन्द्र भट्टराई
काठमाडौँ — पशुपतिनाथ मन्दिर परिसरबाट २०४१ असारमा हराएको लिच्छविकालीन चतुर्मुखी शिवलिंग अमेरिकाको सिकागो म्युजियममा फेला परेको छ । गत वर्ष निधन भएकी मूर्ति संकलकको इच्छापत्रबाट मात्रै यो पुरातात्त्विक सम्पदा नेपालबाट लगिएको खुलेको हो । लिच्छविकालीन सभ्यताको उत्कर्षमा छैटौं शताब्दीमा सिर्जना भएको चित्ताकर्षकमध्येको चतुर्मुखी शिवलिंग मूर्ति कसरी चोरियो भन्ने विस्तृत विवरण आएको छैन । सन् १९९७ सम्म लन्डनको क्रिस्टिज कलेक्सनमा रहेको उक्त मूर्ति खरिद गरेर अमेरिका लगिएको जनाइएको छ । अमेरिकाका खर्बपति जेम्स डब्लु एल्सडर्फ र मार्लिन ब्रुडर एल्सडर्फको संग्रह (जेम्स डब्लू एन्ड मार्लिन एल्सडर्फ कलेक्सन) ले उक्त मूर्ति अमेरिकाको सिकागो म्युजियम पुर्‍याएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

अस्ताए फुटबल लिजेन्ड म्याराडोना


ब्युनस आयर्स : सर्वकालीन महान् फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार निधन भएको छ। अर्जेन्टिनी फुटबल लिजेन्ड म्याराडोनालाई ब्युनस आयर्सस्थित निवासमा हृदयाघात भएको जनाइएको छ।  उनको मस्तिष्कमा रगत जमेपछि यसै महिनाको प्रारम्भमा शल्यक्रिया गरिएको थियो। त्यसयता उनी घरमै स्वास्थ्यलाभ गर्दै आइरहेका थिए। मद्यपानको लत छुटाउन पनि उनको उपचार भइरहेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

स्याबास सपना !


अजवी पौड्याल
बेवारिसे शव जलाएर जो बनिन् विश्वकै प्रेरणादायी
काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगन्जको शवगृहमा पहिलो पटक पुग्दा निकै अत्तालिएकी थिइन् उनी। बाहिर मान्छेको भीडजस्तै त्यहाँ शवको थुप्रो थियो। कति बीभत्स ! कति भयानक ! कसैको टाउको थिएन, कसैको खुट्टा त कसैको आँखा। तर, त्यसको एक वर्षपछि भने उनलाई शवहरूसँग डर लाग्न छाडेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

हार्दिक श्रद्धान्जली !!


माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवका बरिष्ट सदस्य तथा नेपाल मगर सँघ शाखा कुवेतका श्रदेय सल्लाहाकार जगत बहादुर घागा मगरको ८४ बर्षिया ममतामयी माता कोपिमाया घागा मगरको आज गएको राती नेपालमा असामयिक निधन भएकोले माताको मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट सहित भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौं ।
माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेत, परिवार

हाम्रो संचार डट्कमका पुर्व प्रधानसंम्पादक गोपाल सिवाको कोरोना संक्रमणका कारण निधन


हाम्रो संचार डट्कमका पुर्व प्रधानसंम्पादक गोपाल सिवाको कोरोना संक्रमणका कारण गत सोमबार बेलुका ११ बजे निधन भएको छ । उहाँको कार्तिक १० गते टिकाको दिन बेलुका ११ बजे निधन भएको हो । केही दिन पहिला उहाँकी घर्मपत्नी र उहाँलाई कोरोना संक्रमण पुष्टि भएको थियो पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि


३ भदौ, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा घिमिरेको अन्त्येष्टि गरिएको हो । राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।