Category Archives: सन्देश

अतिथि कलाकारहरुको साथमा कुवेतमा किरातीहरुले उभौली/ याक्वा तङ्नाम/ सालिवा श्याँदर पीदार मनाईने भएको छ ।


बहुचर्चित गायक गीतकार संगीतकार तथा चलचित्र निर्माता जितेन राई, चर्चाको शिखरमा रहेकी गायीकाद्वय सुनिता थेगिम र पूजा सुनुवारका साथमा आगमी मे ११ मा कुवेतमा क्रियाशील किराती संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले संयुक्त रुपमा आयोजना गर्ने भएको हो ।

“भाषा संस्कार संस्कृतियों संरक्षण, किरातीहरुको साझा अभियान” भन्ने नाराका साथ सम्पन्न हुने कार्यक्रम फर्वानिया स्थित अल हैतम रेष्टुरेण्टको पछाडी पट्टी अवस्थित युनिक अडिटोरियम हलमा आयोजना हुने कार्यक्रमको पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

कुवेतमा ईलिगल कानुन खुल्यो,अवसरको सदुपयोग गरौ; नेपाली दुतावास कुवेत


कुवेतमा ईलिगल  कानुन खुल्यो,अवसरको सदुपयोग गरौ
  1. (नेपाली दुतावास कुवेत) -Amnesty (Jan 29 – Feb 22, 2018)

कृषि क्रान्ती, गाउँमै तरकारी खेतीमा हस्तबहादुर



साउन २७, २०७४ ओखलढुंगा
: ओखलढुंगाका एक युवा विदेशमा मासिक एक लाख तलबको काम छाडेर आफ्नै गाउँमा व्यावसायिक रुपमा तरकारी खेती गर्न थालेका छन्। सात वर्ष वैदेशिक रोजगारीमा रहेका ओखलढुंगा मोलुङ गाउँपालिका–१ कुन्तादेवीका हस्तबहादुर बोगटीले तरकारी खेती गर्न थालेका हुन्। बोगटीले भने,‘विदेशमा हुँदा मासिक १ लाख कमाइ हुन्थ्यो तर, बिमार हुँदा उपचार गराउँदा र खेती कमाइ उठाउन र लगाउन घरमा पैसा पठाउँदा धेरै पैसा बच्तैनथ्यो। त्यसैले पैसा बचत पनि  हुने र परिवारसँगै बसेर आफ्नै भूमिमा काम गर्न पाइने हुनाले व्यावसायिक रुपमा तरकारी खेती थालेको हुँ।’ पढ्नेक्रम जारी राख्नुहोस्

आमाको मुख हेर्ने दिन/मातातिर्थ औंशी


सुयोग ढकाल, बैशाख १३, २०७४
——
मातृदेवो भव ।पितृदेवो भव ।।आचार्यदेवो भव ।।।
‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’
‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’
उल्लेखित संस्कृत श्लोकहरुले आमा अर्थात मातृ महिमा बोकेका छन् । आज वैशाख कृष्णपक्षको औंसी- यिनै महिमा बोकेकी आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी । शास्त्रहरुमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरुले आमाबाटशुभ आशिर्वाद ग्रहण गर्ने चलन छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मानगरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । यस घडिलाई मातातिर्थ औंसी, मातृऔंसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झनेदिन हो ।

संसारको सबैभन्दा पवित्र नाता, आमा
संसारको सबैभन्दा पवित्र सम्बोधन, आमा
हामीमध्य धेरैले सर्वप्रथम बोल्न सीकेको शब्द, आमा
अनि पल पलमा संझना आउने, सुख्ख दुख्खमा झझल्को आउने एउटा अनुहार, आमा बिहान सबेरै उठी पढ्नेक्रम जारी राख्नुहोस्

होली पर्वको सही मतलब नजान्दा दुःखद घटनाको सामना


भनाइ नै छ जान्नेलाइ श्रीखण्ड नजान्नेलाइ खुर्पाको बिंड,  कुवेत बस्दै अाएको १ दशक नाघ्यो अाज सम्म हाम्रो  नेपाल र हामी नेपालीहरूले मनाउने कैंयन  चाँड बाड कार्य ब्यस्तता र समयको अभावका कारण मनाउन नसक्दा दुःख लाग्नु स्वभाविकै हो । तर विदेशमा अाफ्नो काम लाइ यथावत दिदै  जो जस्ले  समय मिलाएर मनाउछन तिनिहरूले उक्त चाँड बाडलाइ गलत ताैंर तरिकाले मनाएको देख्दा मनाउन नपाएको भन्दा बढी  दुःख लाग्छ ।  फागु पुर्णीमा हामी नेपाली हरूको प्रमुख चाँड हो । यसलाइ हामी सम्पुर्ण नेपाली हिमाल पहाड तराइ सबै जात जातीहरूले हर्षोल्लाका साथ मनाउदै अाएका छाैं यस्लाइ निरन्तरता दिदै कुवेतमा पनि कतिले मनाए होला तर म अाफैंले भने समय अभावका कारण मनाउने मउका नपाएकोमा एक मन दुःख लागेको छ । भर्खरै मात्र सकिएको होलीको दिन  म हतार हतार डिउटी जाँदै गर्दा म बस्दै गरेको अपार्टमेन्टको तल चार पाँच जना रक्सिले मातिएका र विभिन्न किसिमको रंगले लतपतिएका नेपाली  दाजु भाइहरूले  अ-अाफ्नै साथी भाइ बिच होहल्ला गर्दै  कुटा कुट गर्दै गरेको दृश्य देख्दा पढ्नेक्रम जारी राख्नुहोस्

बस्ती बनाउन पुगेका धुर्मुसलाई बर्दिबासमा भव्य स्वागत


img_9094-28122016112959-1000x0 पुस १३, २०७३- मुसहर बस्ती बनाउन आएका कलाकार सिताराम कट्टेल ‘धुर्मुस’लाई महोत्तरीको बर्दिबासमा स्थानीयले भव्य स्वागत गरेका छन् ।  मुसहर बस्तीकी एक सय पाँच बर्षीया मरनी सदासहितका स्थानीयवासीले  माला र अबिर लगाएर स्वागत गरे ।मरनी  बर्सौंदेखि बाख्रा बाँध्ने खोरमै सुत्दै आएकी छन् । कठ्यांग्रिदो जाडोमा भूइमै पराल ओछ्यार र बोरा ओढेर रात काट्दै छिन् । मरनीले धुर्मुसलाई भेटेपछि खुसी भइन् र धुर्मुसलाई आशिर्वाद दिइन् ।चार करोड ७८ लाख रुपैयाँको लागतमा मुसहर बस्ती निर्माण सुरु हुँदैछ । मुसहरहरुलाई नयाँ बर्षमा नयाँ घर उपहार स्वरुप दिने पढ्नेक्रम जारी राख्नुहोस्

‘विदेश जान्नौं, देशमै काम गर्छौं’ , डाक्टर र इन्जिनियरिङ पढ्दै, गाई स्याहार्दै


भन्छन्, ‘विदेश जान्नौं, देशमै काम गर्छौं’

श्यामशीत्तल परियार-14233609_10208525953559177_610886151_o लमजुङ, १९ भाद्र — झुस्स कालो दारी । अग्लो कद । खाईलाग्दो ज्यान । हेर्दै आधुनिक लाग्छन्, अविनाश चापागाईँ । तर उनी मेहनती छन् र मिजासिला पनि । भरतपुर २१, केशरबाघ बस्ने उनी बिहानै उठेपछि आफ्नै गाईफार्ममा पुग्छन् र गाईको स्याहारमा जुट्छन् । दिउँसो युनाइटेड टेक्निकल कलेज भरतपुर भोजाडमा पढ्न पुग्छन् । अहिले उनी इन्जिनियरिङ दोस्रो वर्षमा पढ्दैछन् । पढाइसँगै उनी गाई फार्मलाई पनि समय दिन्छन् । समयले भ्याएसम्म उनी फार्मबाट उत्पादित दूध लिएर बिक्रीका लागि नजिकै रहेको दुग्ध डेरीमा पुग्छन् । ‘पढाइलाई पनि समय दिएको छु । भ्याएसम्म डेरीसम्म दूध पु—याउने काम पनि आफैं गर्छु,’ २० वर्षीय अविनाशले हाँस्दै भने । भरतपुरको केशरबाघमा उनको गाई फार्म छ । गाई फार्मको नाम पनि उनकै नामबाट राखिएको छ, अविनाश गाईफार्म । अविनाश मात्र होइनन्, उनीसँगै सहोदर दाजु पढ्नेक्रम जारी राख्नुहोस्

हार्दिक शुभकामना


26754_1285564376955_3869336_nदेश बिदेशमा रहनुहुने तमु (गुरुङ)तथा गैर तमुहरुको महान पर्व ल्होसार पर्व ‘ल्हु’ ल्हो (भेडा) बर्गको बिदाइ तथा प्र–ल्हो (बादर) बर्गलाई स्वागत गर्ने उपलक्षमा मेरो तर्फबाट र म अबद्धध भएको सस्था गैर आवसीय नेपाली संघ अन्त राष्ट्रिय समन्वय परिषदको तर्फबाट हार्दिक शुभकामना ब्यक्त गर्दछु।

धर्म राज गिरी
मध्य पूर्व उपसंयोजक
गैर आवसीय नेपाली संघ अन्त राष्ट्रिय समन्वय परिष