ब्युनस आयर्स : सर्वकालीन महान् फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार निधन भएको छ। अर्जेन्टिनी फुटबल लिजेन्ड म्याराडोनालाई ब्युनस आयर्सस्थित निवासमा हृदयाघात भएको जनाइएको छ। उनको मस्तिष्कमा रगत जमेपछि यसै महिनाको प्रारम्भमा शल्यक्रिया गरिएको थियो। त्यसयता उनी घरमै स्वास्थ्यलाभ गर्दै आइरहेका थिए। मद्यपानको लत छुटाउन पनि उनको उपचार भइरहेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Category Archives: संवेदना
अस्ताए फुटबल लिजेन्ड म्याराडोना
हार्दिक श्रद्धान्जली !!
माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवका बरिष्ट सदस्य तथा नेपाल मगर सँघ शाखा कुवेतका श्रदेय सल्लाहाकार जगत बहादुर घागा मगरको ८४ बर्षिया ममतामयी माता कोपिमाया घागा मगरको आज गएको राती नेपालमा असामयिक निधन भएकोले माताको मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट सहित भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौं ।
माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेत, परिवार
Posted in संवेदना
हाम्रो संचार डट्कमका पुर्व प्रधानसंम्पादक गोपाल सिवाको कोरोना संक्रमणका कारण निधन
हाम्रो संचार डट्कमका पुर्व प्रधानसंम्पादक गोपाल सिवाको कोरोना संक्रमणका कारण गत सोमबार बेलुका ११ बजे निधन भएको छ । उहाँको कार्तिक १० गते टिकाको दिन बेलुका ११ बजे निधन भएको हो । केही दिन पहिला उहाँकी घर्मपत्नी र उहाँलाई कोरोना संक्रमण पुष्टि भएको थियो पढ्नेक्रम जारी राख्नुहोस्
Posted in संवेदना
राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
३ भदौ, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा घिमिरेको अन्त्येष्टि गरिएको हो । राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।
Posted in संवेदना
‘सल्लाहमै त्रिशूलीमा हेलियौं’
सरिता श्रेष्ठ
धादिङ – काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ थानकोटका विनय लामिछानेले ऋणले अत्तालिएपछि पत्नीसँग सल्लाह गरी सामूहिक आत्महत्याका लागि परिवारै त्रिशूली नदीमा हेलिएको बताएका छन्। खोलाबाट सकुशल उद्धार गरिएका लामिछानेलाई उद्धृत गर्दै उनले प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले आठ÷दस दिनअघि पत्नीसँग सल्लाह गरी छोराहरूसहित मर्ने योजना बनाएको जानकारी दिए। पत्नी जमुना लामिछानेले पनि सँगै मर्ने बताएपछि बिहीबार साँझ दुई छोरासहित लामिछाने दम्पती त्रिशूलीमा हाम फालेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in संवेदना
पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधन भएको छ ।९३ वर्षीय गिरीको आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा मंगलबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । तत्कालिन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनका बेला मन्त्रिपरिषदको उपाध्यक्ष बनेका गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार, संवेदना