Category Archives: जीबनशैली

आफ्ना बच्चालाई अरूसँग नदाँजौँ ! हरेक अभिभावकले एकपटक पढौँ।


काठमाडौँ — अभिभावक भन्छन्– नानी साह्रै बिग्रियो । सकिनँ मैले । टेर्दै टेर्दैन । हेपिसक्यो । लौ न सर, सम्झाइदिनुपर्‍यो । तँलाई पख्, म बाबालाई भनिदिन्छु । पढ्न बसिस् ? कत्ति खेलिराखेको ? छिटो होम वर्क गर् । म त हैरान भ एँ । फलानो कति मजाले पढिराखेको छ । उसलाई पढ् भन्नै पर्दैन । हाम्रो त कत्ति भन्दा पनि हुँदैन । फलानो फस्ट हुन्छ रे । तेरो खोइ प्रगति ?अरूसँग नदाँजौँ । नानी झनै निराशहुन्छ । आफूले कहिल्यै राम्रो गर्न नसक्ने रहेछु भन्ने उसमा पर्छ । उसले राम्रै गरे पनि हामीले नराम्रो देखेका छौँ कि !

पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

श्रीमान श्रीमती बिच झगडा हुन्छ भने तपाईलाई हाइपोमेनिया रोग पनि हुन सक्छ ?


हाइपोमेनिया यस्तो रोग हो, जसम मानिसको मन अस्थिर रहन्छ । यस्ता मानिस बढी बोलि रहनु पर्ने हुन्छन ।  आफ्ना कुरामा जिद्धी गर्ने र भनेको नमान्ने अपशब्द वोल्ने, सानो कुरामा पनि बढी रिसाउने, मन सधै्र चन्चल रहने हुन्छ । यो रोग लागेको हो भनेर ठम्याउन गाह्रो नै हुन्छ । हाइपोमेनिया रोग लाग्दा श्रीमान श्रीमतीमा चर्को विवाद भएको  पाइन्छ यति सम्मकि छुट्टा छुट्टै बस्न पुग्ने, बारम्बार कुट पिट भएको पनि भेटिएको छ ।

सबैभन्दा खतरा के छ भने यो रोग लागेको थाहनै हुदैन विस्तारै परिवारको एक सदस्य बढी रिसाउने, घमण्डी कुरा गर्ने, भनेको नमान्ने, तोडफोड गर्ने हुदै जानाले पछि मात्र यो रोग लागेको थाहा हुन्छ । सामान्य कुराकानीमा यो रोग लागेको पत्ता लगाउन सकिदैन ।
कल्पना २५ वर्ष महिला हुन अर्को विवाह भएको २ वर्ष भयो । अहिले उनि श्रीमान तथा परिवार संगै छिन उनि अहिले छिट्टै रिसाउने,  जिद्धी गर्ने तर्क गर्ने, एउटा काममा स्थिर रहन सक्दिन श्रीमान तथा परिवारका अन्य सदस्य संग उनको भनाभन भई रहन्छ । उनि कहिले रिस खप्न नसकेर रुन्छिन, कहिले अरुलाई अपशब्द बोल्छीन । परिवारको सदस्य संग उनको सम्बन्ध टाढिदै गएको छ । कहिले काही उनि ठुला ठुला कुरा गर्छिन राति निन्द्रा राम्रो परदैन । श्रीमान संग दिनहु कलह भइरहन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

बाध्यता एक कालखन्डको


… नमस्कार 🙏 पाँच मिनेट खर्चेर पढ्दिनु होला।

रवि मान सिंह बस्नेत, पूर्व सेनानी, नेपाली सेना

२०७५ मंसिर २६ , कति छिटो डेढ दशक भएछ …..! नेपालमा संकटकाल लागेको अवस्थामा, नेपाली सेना, तत्काल आतंककारी घोषित, माओवादीहरु विरुद्ध परिचालन भएको बेला हाम्रो पल्टन रोल्पा जिल्लामा तैनाथ थियो । सात बर्षदेखि अनवरत रुपले त्यस बटालियनमा कार्यरत, अधिकांश व्यक्तिहरुलाई व्यक्तिगत रुपमा चिन्ने र दर्जाले क्याप्टेन, मेरो जिम्मेवारी थियो ‘ऐटन’ को ।सैनिक युनिटमा प्रशासनिक र मानव व्यवस्थापन अर्थात् म्यान म्यानेजमेन्ट कार्य हेर्ने अधिकृतलाई नेपाली सेनामा ‘कार्याधिकृत’ भनेपनि यसको अग्रेंजी शब्द ‘एड्जुटेन्ट’ अपभ्रंश भएर पल्टनतिर ‘ऐटन’ भनिन्थ्यो, म पल्टनको ‘ऐटनसाप’!
उदाहरणीय नेतृत्त्व र व्यवस्थापन क्षमतावाला हाम्रो बटालियन कमान्डर कर्साब पल्टनलाई तालिम गराउने र लडाउने मात्र होईन लड्न पनि आफैं शुरिने खालको हुनुहुन्थ्यो ।पल्टनको मोराल खस्किन नदिन सधैं सचेत उहाँको नीति कडा तर स्पष्ट थियो । सकल दर्जाले समयमा विदाछुट्टी पाउनैपर्ने, पालोमा तालिम र शान्तिसेनामा पर्नैपर्ने, बेलामा प्रमोशन उठाउनै पर्ने आदि इत्यादि । पढ्नेक्रम जारी राख्नुहोस्

आदरणीय दाजु पुर्ण लामालाई शुभकामना !!


“नमो बुद्ध युवा क्लबदेखि युवा संघ नेपाल केन्द्रिय सचिब सम्म”

आजभन्दा साढे तीन दसक पहिला विश्वकै पर्यटकिय क्षेत्रमा चिरपरिचित नेपालकै केन्द्र बिन्दुको रुपमा अबस्थित चारैतिर हिमालले घेरिएको विभिन्न तालतलैयाको सहर पोखराबाट झन्डै २५ किमि पुर्बमा अबस्थित रमणीय गाउँ तत्कालिन सैमराङ वार्ड नं. ६ हालको मादीगाउपालिका पढ्नेक्रम जारी राख्नुहोस्

आमाको काख प्यारो कि कोरियाको लाख ?


सुरेेश हमाल, suresh-hamal

भर्खर आईए पढ्दै गरेको बेला एउटा गैरसरकारी संस्थामा जागिर गर्ने अवसर मिल्यो । १७ वर्षको उमेरमा जागिर खाएर हातमा पैसा पर्न थालेपछि लाग्यो, संसारमा सबथोक पैसा नै हो । दिमागमा पैसाको भूत यति चढ्यो, ‘गरिब भएर जन्मनु गल्ती होइन, बरु गरिब भएर मर्नु गल्ती हो’ भन्ने बिल गेट्सको यो भनाइ त मूल मन्त्र नै बन्यो । उनी नै मेरो आदर्श बने । वारेन बफेट, अम्बानी हुँदै विनोद चौधरीसम्मका सफलताका सूत्र खोजियो । कसरी धनी बन्ने ? कसरी करोडपति बन्ने ? कसरी सफल बन्ने ?  यस्तै-यस्तै किताबको चाङ नै लगाएर पढियो ।

निष्कर्ष निकलियो, धनी बन्न जागिर होइन, व्यवसाय गर्नुपर्छ ।इमेल, इन्टरनेट सेवादेखि फोटो, भिडियो खिच्नेसम्मका व्यापार गरियो । फेरि कृषिप्रधान देशमा त कृषि नै गर्नुपर्छ भन्ने सोचेर कुखुरा पालनदेखि खसीपालनसम्म गरियो । तराईका जर्सी गाई पहाड भित्र्याउनुका साथै भारतका होलिस्टेन गाई काठमाडौं ल्याएर दूध पनि बेचियो । तर, सफलता भन्ने कुरा पुस्तकमा पढे जस्तो सजिलो नहुने रहेछ । सबै व्यवसाय केटाकेटीमा बनाएको खोयाका घर जस्तै भयो । त्यसपछि करोडतिरको होइन, पढ्नेक्रम जारी राख्नुहोस्

यौनबजारमा एकसाँझ


समुन्द्र घिमिरे

timthumb

यो उमेरमा म केही खोज्न जाँदा जुन बच्चालाई देखेँ, त्यो बच्चा मेरो उमेरमा पुग्दा के गर्दो होला?’

कलंकीबाट सितापाईला जाने बाटोको दाहिने/देब्रेतिर केही रेष्टुरेण्टहरु चम्किरहेका देखिन्छन्। साँझ पर्दै गर्दा तिनै रेष्टुरेण्टको बाहिर चम्किने झिलमिले बत्तिहरुको आकर्षण अझै विशेष हुने गर्छ। प्रायः तिहारमा प्रयोग हुने ति झिलिकझिलिक झिल्किने बत्तिलाई रेष्टुरेण्टले ग्राहकलाई ‘भित्र आउ आउ’  भनेर सांकेतिक निम्तो दिएइरहेझैं लाग्छ। नशा, यौन जस्ता अर्थ लाग्ने नामबाट नामांकित त्यस्ता रेष्टुराँका आडैमा केही युवतीहरु रहने गर्छन्। उनीहरुका अगाडि पर्ने युवाहरुले उनीहरुको आँखाको नशालु हेराइ खानुपर्छ। आफ्नो वक्षस्थल सकेसम्म देखाउने उनीहरुको कोसिस हुन्छ। पढ्नेक्रम जारी राख्नुहोस्

रगत दान गर्न मैनाली अमेरिका बाट अस्ट्रेलिया


विजय थापा ,वाशिंगटन डिसी

unnamed3-800x450
काभ्रे घर भै लामो समय देखि अमेरिकाको न्युयोर्कमा बस्दै आएका अर्जुन मैनाली केवल रगत दान गर्न मात्र झन्डै १० हजार माइल पार गर्दै अमेरिकाको न्युयोर्क बाट अस्ट्रेलियाको सिड्नी पुगी रक्तदान गरि आफ्नो कर्मथलो न्युयोर्क फर्केका छन् l विश्व रक्तदाता दिवसको शुभ साईतमा अष्ट्रलियामा जुन १२ तारिख टाउन हल ब्लड डोनर सेन्टर तथा जुन १३, २०१५ पारामट्टा ब्लड डोनर सेन्टर सिड्नीमा भएको रगतदान कार्यक्रममा सहभागी भएका थिए l उक्त रगतदान पढ्नेक्रम जारी राख्नुहोस्

सरोज खनालजी नेपाल वृद्धाश्रम हो?


वसन्त विवश आचार्य

timthumbस्कुले जीवनमा स्कुलबाट भागेर सिनेमा हेर्न नजाने सायदै कोही होला। म पनि कहिल्यै यस कुराबाट अछुतो रहिन। मलाई नेपाली सिनेमाका तिन हिरो निक्कै मन पर्ने। लामो लामो कपाल पालेका राजेश हमाल र जुँगा पालेका हिरोहरु भुवन केसी र सरोज खनाल। दार्शनिकहरु मनपर्नुको कारण हुदैन भन्छन् मैले पनि कारण पहिल्याउन सकिन। माथिल्ला दुई हिरोका वारेमा भन्दा पनि मैले कुरा सरोज खनालको उठाउन खोजेको छुँ।  खनालका गोठालो र सारङ्गी त मैले तिन तिन पटक हेरे। उनका सिनेमाको नशाले च्याप्दै लगेपछि उनी आफ्नै जस्तो लाग्न थालेको थियो।नेपाली चलचित्र क्षेत्रमा आक्रामक उपस्थिति देखाएका खनाल पचासको दशक आसपासमा एकाएक हराए। उनलाई चलचित्रको पर्दामा हेर्न नपाउदा खिन्न महसुस गर्नेहरु निकै खिन्न भए। अमेरिकामा साँस्कृति कार्यक्रम देखाउने यात्राको दौरानमा त्यहिबाट भागेर उनी मोटो रकम कमाउन र ग्रिन कार्ड लिनका लागि सँघर्ष गर्न पुगे। अवैधानिक ढँगले अमेरिका पढ्नेक्रम जारी राख्नुहोस्