प्रसंग- नेपालको 🇳🇵 भाँडभैलो सिस्टम -हामीसंग सबैथोक हुदाहुदै हाम्रो नेपाललाई परनिर्भरता बनाउनमा कस्को हात छ ? नेपालमा सिंयो पनी बनाउन नदीने रणनीति कस्ले लियो ? भारतले 🇮🇳 नेपाली जनतालाई जे – जे आवस्यकता छ सबै हामी पुर्ती गर्छौं भन्ने ब्यापारीक रणनीति लिएको पक्कै हो ।यसैको दुष्परिणाम आज सिमा वारी पारी सयमिटर ’round जीवनमा अत्यावश्यक सामानको भाउ देखी सबैथोक नेपालीले ३ गुणा बढी तिर्नु पर्नेहुन्छ ! -सानो उदाहरण यहाँ दीन्छु आज हामीसंग नेपाल सरकारका भ्रष्टाचार नेता कर्मचारीका लाई ३ गुणा बढी कर तिरेर ख़रीद गरिएको यातायात साधन छ तर पढ्नेक्रम जारी राख्नुहोस्
Category Archives: आँखीझ्याल
भाँडभैलो तन्त्र सहने नेपालआमा 🇳🇵 र हामीनेपाली जनता
Posted in आँखीझ्याल, नेपाल समाचार, बिचार/बिमर्श, लेख/रचना, सन्देश, सम्पादकिय
धुर्मुश सुन्तली फ़ाउन्डेशन तिमीहरुले Loard Buddha International Stadium 🏟 बनाउन अरब बाट एक पैसों सहयोग पाउदैनौं!
धुर्मुश सुन्तली तिमीले स्टेडीयम बनाउनकै लागी भनेर एक पैसा सहयोग पाउदैनौ !
धुर्मुश सुन्तलीले International Loard Buddha Cricket 🏏 Stadium 🏟 बनाउन भन्दै ! भ्रष्टले लिप्त भएका हरुलाई हाथमा लिनुनै गल्ती हो! धुर्मुश-सुन्तली फ़ाउन्डेशन जब एक्लै थियौं विदेशमा कार्यरत स्पेशली म जस्ता अरबमा कार्यरत सबै नेपाली तिम्रो पक्षमा थियो ! एक आवाजमा लाखौ पैसा उठ्थ्यो यहा सहयोग गर्न तछाड मछाड थियौं , बिगतका दीनमा मैले पनी आफ्नो मानो कटाएर सक्दो सहयोग गर्दै अाएको थिए र गर्छु पनी तर जब तिमी ६०१ घुसखोरको छेउलागेर ठुला ठुला सेमीनार गर्दै VVIP पाराले सहयोग माग्दै गर्दा ! पढ्नेक्रम जारी राख्नुहोस्
Posted in आँखीझ्याल, खेलकूद, दु:खद समाचार, नेपाल समाचार, प्रवासी समाचार, बिचार/बिमर्श, सन्देश
बाध्यता एक कालखन्डको
… नमस्कार 🙏 पाँच मिनेट खर्चेर पढ्दिनु होला।
रवि मान सिंह बस्नेत, पूर्व सेनानी, नेपाली सेना
२०७५ मंसिर २६ , कति छिटो डेढ दशक भएछ …..! नेपालमा संकटकाल लागेको अवस्थामा, नेपाली सेना, तत्काल आतंककारी घोषित, माओवादीहरु विरुद्ध परिचालन भएको बेला हाम्रो पल्टन रोल्पा जिल्लामा तैनाथ थियो । सात बर्षदेखि अनवरत रुपले त्यस बटालियनमा कार्यरत, अधिकांश व्यक्तिहरुलाई व्यक्तिगत रुपमा चिन्ने र दर्जाले क्याप्टेन, मेरो जिम्मेवारी थियो ‘ऐटन’ को ।सैनिक युनिटमा प्रशासनिक र मानव व्यवस्थापन अर्थात् म्यान म्यानेजमेन्ट कार्य हेर्ने अधिकृतलाई नेपाली सेनामा ‘कार्याधिकृत’ भनेपनि यसको अग्रेंजी शब्द ‘एड्जुटेन्ट’ अपभ्रंश भएर पल्टनतिर ‘ऐटन’ भनिन्थ्यो, म पल्टनको ‘ऐटनसाप’!
उदाहरणीय नेतृत्त्व र व्यवस्थापन क्षमतावाला हाम्रो बटालियन कमान्डर कर्साब पल्टनलाई तालिम गराउने र लडाउने मात्र होईन लड्न पनि आफैं शुरिने खालको हुनुहुन्थ्यो ।पल्टनको मोराल खस्किन नदिन सधैं सचेत उहाँको नीति कडा तर स्पष्ट थियो । सकल दर्जाले समयमा विदाछुट्टी पाउनैपर्ने, पालोमा तालिम र शान्तिसेनामा पर्नैपर्ने, बेलामा प्रमोशन उठाउनै पर्ने आदि इत्यादि । पढ्नेक्रम जारी राख्नुहोस्
सरकार सक्छौ भने भिडलाई नियन्त्रण गरेर देखाऊ
दीपा आले
खचाखच भरिएको २३ नं. रुटको गाडी अगाडि बढ्दैछ । खलासी भाई कराउँदै लैनचोर, ठमेल, रेडन, सामाखुसी, सेन्हसा भन्दै गाडी डयाप डयाप गर्दैछ । चालकले बाक्लो भिडलाई थिचोल्दै गाडी आफ्नै गतिमा अगाडि बढाउंदैछ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in आँखीझ्याल, बिचार/बिमर्श
आदरणीय दाजु पुर्ण लामालाई शुभकामना !!
“नमो बुद्ध युवा क्लबदेखि युवा संघ नेपाल केन्द्रिय सचिब सम्म”
आजभन्दा साढे तीन दसक पहिला विश्वकै पर्यटकिय क्षेत्रमा चिरपरिचित नेपालकै केन्द्र बिन्दुको रुपमा अबस्थित चारैतिर हिमालले घेरिएको विभिन्न तालतलैयाको सहर पोखराबाट झन्डै २५ किमि पुर्बमा अबस्थित रमणीय गाउँ तत्कालिन सैमराङ वार्ड नं. ६ हालको मादीगाउपालिका पढ्नेक्रम जारी राख्नुहोस्
काम गर्न बजेट कम छ : डा. कृष्ण पौडेल
पर्शुराम काफ्ले /काठमान्डुः- सहकारी सामाजिक उत्तरदायित्वमा विद्यावारिधि गरेका डा. कृष्ण पौडेल बाराको जितपुर सिमरा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हुन् । मध्यतराईको रणनीतिक बिन्दु मानिने यो उपमहानगरपालिकामा राष्ट्रिय गौरवका आयोजना, औद्योगिक करिडोर छन्, जसले देशकै आर्थिक समृद्धिमा प्रत्यक्ष प्रभाव पार्न सक्छन् । तराईको वीरगन्ज र भित्री मधेसको हेटौँडासँग जोडिएको जितपुर सिमरा उपमहानगर दक्षिण एसियाकै ट्रान्जिट हब र मेगासिटी बन्ने पूर्वाधार लिएर अस्तित्वमा आएको छ । यही उपमहानगरमा तीन दशकदेखि राजनीतिमा सक्रिय पौडेल नेतृत्वमा पुगेका छन् । उनी निर्वाचित भएको एक सय दिन पूरा भइसकेको छ । झन्डै सय दिनको अवधिमा उनले के कस्ता अनुभूति हासिल गरे ? आफूमातहतको उपमहानगरपालिकामा विकासका कस्ता सपना बुनिरहेका छन् ? सरकारी कामकाजका सिलसिलामा काठमाडौं आएका पौडेललाई नयाँ पत्रिकाका पर्शुराम काफ्लेले सोधे, उनले बताए:
प्रदेश नम्बर २ विशिष्ट ढंगले बनेको छ । हाम्रो प्रदेशमा ४८ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छ । यहाँ पूर्वाधार विकासको कमी छ । भूगोल र जनसंख्याका हिसाबले सम्भावना छन् । तर, मानवीय र सामाजिक विकासका हिसाबले पछाडि छौँ । यही ठाउँमा जितपुर सिमरा उपमहानगरपालिका बनेको छ । मधेसी र पहाडी दुवै समुदायको उल्लेखनीय बसोवास रहेको ठाउँमा मेयर पदमा निर्वाचित भएर असोज पहिलो सातादेखि काम गरिरहेको छु । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अन्तर्वार्ता, अर्थतन्त्र, आँखीझ्याल, नेपाल समाचार, विविध