Category Archives: मनोरन्जन

किरात राई यायोक्खा शाखा युएई द्वारा राष्ट्रिय आबिष्कार केन्द्र सहयोगार्थ कार्यक्रम सम्पन्न


कुबेत नेपालडटकम / फेब्रुअरी ११ युएई l किरात राई यायोक्खा शाखा युएई द्वारा आयोजित संवत् ५०८० यलेदोङ तथा राष्ट्रिय आबिष्कार केन्द्र सहयोगार्थ कार्यक्रम गत ०७ फेब्रुअरी २०२० शुक्रबार युएईको अबुधाबी स्थित ब्राइट राइडर्स स्कुल साबियामा भव्यरुपमा सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

लुम्बिनी समाज नेपाल कुवेतको सातौं वार्षिक उत्सव आउँदो मार्च १३ तारिक गर्ने


 

 

 

 

 

 

 

 

 

कुबेत नेपालडटकम / फेब्रुअरी ११ कुबेत, आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था लुम्बिनी समाज नेपाल कुबेतले आफ्नो सातौं बार्षिक उत्सव यही आँउदो मार्च १३ तरिख स्थानिय कलाकार को साथमा मनाउने समाजको अध्यक्ष रमेश नेपालीले कुवेत नेपालडटकम लाई जानकारी दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा सोनाम ल्होछार तथा सांस्कृतिक कार्यक्रम भव्यतापूर्वक सम्पन्न


दिलकुमार पाख्रीन/ ९ फेब्रुअरी, कुवेत। नेपाल तामाङ घेदुङ कुवेतद्वारा आयोजित मञ्जुश्री संवत २८५६ मुसा वर्ग राष्ट्रिय सोनाम ल्होछार कार्यक्रम नेपालबाट आमन्त्रित चार जना अत्यन्तै लोकप्रिय कलाकारहरुको साथमा भव्यताका साथ सम्पन्न भएको छ। गत शुक्रबार कुवेतको ज्लिवस्थित नटिङ्घम ब्रीटिश स्कुलको हलमा नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्याबा तामाङको सभापतित्व एवं नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत श्री दुर्गाप्रसाद भन्डारिको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा एन आर एन ए कुवेतका बरिष्ठ उपाध्यक्ष हरि लावती, पत्रकार महासंघका तर्फबाट आनन्द आचार्य, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष तथा जरिरा एयरवेजका प्रतिनिधि द्वय पिटर र साब्रीह विशेष अतिथिमा आसिन थिए। पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रिय सोनाम ल्होछार कार्यक्रमको लागि अतिथि कलाकारहरु कुबेत आईपुगे।


कुबेत नेपालडटकम/ फेब्रुरी ५ कुवेत। नेपाल तामाङ घेदुङ कुवेतद्वारा आयोजित २८५६ जिवा ल्हो राष्ट्रिय सोनाम ल्होछार कार्यक्रमका लागि नेपालबाट आमन्त्रित चार जना कलाकारहरु आज बिहान ८:३० बजे जजिरा एयरवेज को फ्लाईट बाट कुबेत आईपुगेको छन । अतिथि कलाकार लाई आयोजक नेपाल तामाङ घेदुङ कुवेतपरिवार कुबेतमा कृयाशिल नेपाली संघ संस्थाका पदाधिकारी,पत्रकार,साथै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु द्वारा पुष्प गुच्छा साथै खादा ओडाएर भब्य स्वागत गरेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

शेर्पा किदुग युएईले आउदो मार्च ०६ तारिख २०२० शुक्रबार ग्याल्पो ल्होसार मनाउने।


शेर्पा किदुग युएईले आउदो ०६ मार्च २०२० शुक्रबार युएईको दुबई स्थित एभरेष्ट क्लब एण्ड रेष्टुरेन्ट वर दुबईमा बौद्ध धर्मावलम्बी शेर्पा हरुको राष्ट्रिय पर्व नयाँ बर्ष ग्याल्पाे ल्होसार २१४७ अाै च्या फाे -चिवा ल्हाे वर्ष को अवसरमा ग्याल्पो ल्होसार सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा २८५६ राष्ट्रिय सोनाम ल्होछार कार्यक्रमको तयारी अन्तिम चरणमा


कुबेत नेपालडटकम/ जनवरी २९ कुवेत। तामाङ घेदुङ कुवेतद्वारा आयोजित आगामी फेब्रुअरी ७ तारिक शुक्रबारको दिन कुबेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा २८५६ राष्ट्रिय सोनाम ल्होछार तथा वृहत संस्कृतिक कार्यक्रमकाे तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक रेशम लामाले कुबेत नेपालडटकम जानकारी दिएका छन। पढ्नेक्रम जारी राख्नुहोस्

तमु प्ये ल्हु संघ युएई द्वारा आयोजित चेलीबेटी भोज कार्यक्रम भव्यरुपमा सम्पन्न।


तमु प्ये ल्हु संघ युएई द्वारा आयोजित तमुहरुको महान पर्व माङी त्हें/माघे संक्रान्तीको अवसरमा यहि २०२० जनवरी २४ तारिख शुक्रबार युएईको दुबई स्थित मुश्रीफ पार्क दुबईमा रिं चमीं स्योकै पिबा चेलिबेटी भोज कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल मगर संघ शाखा युएईले भव्यरुपमा “माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक साझं-२०२०” मनायो ।


नेपाल मगर संघ शाखा युएई द्वारा आयोजित माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक सांझ – २०२० यहि २४ जनवरी २०२० शुक्रबार युएईको दुबई स्थित क्लब एभरेष्ट अस्टेरिया होटल बर दुबईमा भव्यरुपमा सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्