Category Archives: लेख/रचना

बीपीको समाजबादको नितिलाई नेपाली कांग्रेसले बिस्तारै भुल्दै।


13819452_1078063022274666_638088982_nनेपाली कांग्रेस पार्टीको संस्थापक एवं नेपालका प्रथम जननिर्बाचित प्रधानमन्त्री जननायक बीपी कोईरालाको ३४औं स्मृति दिवसमा स्वर्गीय कोईराला प्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दै नेपालको राजनिति पृष्ठभूमिमा स्वर्गीय कोईरालाले नेपाल र नेपाली जनताका लागि दिनु भएको योगदान र राष्ट्रिय मेल मिलापको नितिबाट बर्तमान परिपेक्षमा नेपाली कांग्रेस पार्टी राष्ट्रियता,लोकतन्त्र र समाजबादको नितिबाट बिस्तारै बिमुख हुँदै अगाडी बढि रहेको अबस्थामा एउटा नेपाली कांग्रेसको क्रियाशील सदस्यको हैसियतले कांग्रेसले भुल्दै गएका ति नितिहरूलाई स्मरण गराउन खोजेको मात्र हुँ। पढ्नेक्रम जारी राख्नुहोस्

संघ संस्थाहरुको कुरा


कोशराज राई, 12190118_1038721599491821_6833756182323623717_nजुलाई ११, कुवेत। १९९९ मा माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको स्थापना भएपछि कुवेतमा संघ संस्थाहरुको स्थापना हुने क्रम शुरु भयो। त्यस पछि एक पछि अर्को गर्दै संस्थाहरुको जन्मिने क्रम बढ्दै गयो र सबै भन्दा पछि गठन भएको नयाँ शक्ति नेपाल सम्म आई पुग्दा ६१ वटा संघ संस्था कुवेतमा स्थापना भई सकेका छन्।संघ संस्थाहरु स्थापना हुने क्रममा बिभिन्न संचार, सामाजिक, क्षेत्रिय, जातिय, धार्मिक, साहित्यिक, साँस्कृतिक, खेलकुद र राजनितिक सम्मका संस्थाहरुको धनी छ नेपाली समाज कुवेत।कुवेतको संघ संस्थाहरुकै ’boutमा बिभिन्न टिका टिप्पणीहरु हुने गरेका छन्। यसरी टिका टिप्पणीहरु भई रहँदा के साँच्चै संघ संस्थाहरु स्थापित हुनु गलत नै हो त? पढ्नेक्रम जारी राख्नुहोस्

अफगानिस्तान काबुल घटना पछि नेपाल सरकारले गरेको नेपालीको उद्धार कार्य स्रहानीय छ।


13530367_1060628540684781_710053323_nअफगानिस्तान काबुलमा भएको तालिबानी बम आक्रमणमा परी जीवन गुमाएका नेपाली दाजुभाईहरूको पार्थिव शरीर र यो हमला पछि नेपाल फर्कन चाहने नेपाली नागरीकहरूलाई कुटनिति पहल गरेर २ दिन भित्र नेपाल एयरलाईन्सको बिमान काबुल पठाएर नेपाल ल्याउन सफल भएकोमा म एक नेपाली नागरीक साथै नेपाली कांग्रेसको कृयाशील सदस्य भए पनि यस्ता कार्य गर्न सफल हुनु भएका प्रधानमन्त्री केपी शर्मा ओली लगाएत उहाँको गठबन्धन सरकारलाई सलाम गर्दछु।राम्रो र असल कार्यलाई राम्रो भन्न नसक्नु नै हामीहरूको कम्जोरी हो।निति बिचार जुन जुन पार्टीसंग भए पनि देशका निम्ति राम्रो काम गर्नेलाई साथ दिन सक्यो भने देशका बिकासका मार्ग देखि लिएर सबै कार्यहरू सहज हुँदै जान्छ।अहिलेको परिस्थतिमा नेपाली जनता पनि आखिर त्यस्तै किसिमको अपेक्षा राख्दछ। पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रिय ध्वजा बाहक नेपाल एअर लाईन्सले यात्रुहरूलाई दिने सुबिधाहरूलाई पनि ध्यान दिने हो की?


कर्ण बहादुर अधिकारी
13020370_1018956204852015_1544634144_nबिदेश बसाईको ९ बर्षको दौडानमा १० पटक नेपाल एअर लाईन्सको बिमान प्रयोग गरी नेपाल आउने जाने अबसर पाए।यसरी राष्ट्रको ध्वजा बाहक बिमान चढ्न पाएकोमा म आफै पनि गौरव बान्बित भएको छु।गौरब बान्बित हुन पाए पनि कता कता नेपाल एअर लाईन्सले यात्रुहरूलाई दिने सुबिधामा आएको कमी कम्जोरीबाट चाहि एक दमै निराश छु।आज त्यसै बिषयमा केन्द्रित भएर कलम चलाउने जमर्को गरेको छु। पढ्नेक्रम जारी राख्नुहोस्

कुवेत शहरमा नेपालीहरु..


शिव पौडेल, कुवेत

shivaअसिम प्राकृतिक सौन्दर्यता अनी हिमालको कोखमा अवस्थित नेपालका हाम्रा ति बस्तिहरुमा हुर्केका हामी पूर्ण रुपमा नेपाली मन र कर्मले परिपक्व छौं । तर, आजभोली जमाना आधुनिक भएर हो या हामी बिकृतितिर धकालिएको हो आफैमा प्रश्नको पहाड बसेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

प्रबाशमा नेपालीहरुको पिढामा सरकारको आखा बन्द


योगेन्द्र गौतम
12735944_1021829527891459_1160412295_nअहिलेको समयमा भारत देखी खाडीका मुलुकहरुमा नेपाली युवाहरु रोजगारीकालागी जाने क्रम बढिरहेको छ । हुनत देशमा कलकारखाना नभयकै कारण बेरोजगार युवाहरु बिदेसिएका हुन । नेपालको घृनात्मक राजनिती र स्वार्थी नेतृत्वका कारण भयका कालकारखानाहरु पनि बन्द हुदै गयको छ । नेपाली युवाहरू बिश्वका शक्तिशाली देशहरु अमेरिका ,, जर्मन , फ्रांस , अष्टारलिया , जापान, इज्याइल , बेलात , मकाउ हरु जस्ता डलरमा पनि रमाइरहेका छन । तर उनीहरुको स्थिती भारत र खाडी मुलुकहरुमा रोजगारी गर्ने युवाहरुको भन्दा संतोष जनक छ । पढ्नेक्रम जारी राख्नुहोस्

खाडी मुलुकमा जीवनका स्वर्णीम पलहरू गुमाउदै नेपाली यूवा पिढीहरू…


12421271_1026220930785652_330121886_nखै कताबाट सुरूवात गरू यी मेरो वाक्याशंहरू जताबाट लेख्न खोज्दा पनि समेटिने ठाउँ कतै पनि भेट्दिन जे होस आज वास्तविकतामा कलम चलाउने जमर्को गर्दै छु।वास्तविकतामा डुबुल्की मारेर गहिरिएर सोच्ने हो भने बिदेशीएका नेपालीहरूको कस्तो पीडा र चीत्कार छ भन्ने कुरा तपाईहरू अनुमान पनि लगाउन सक्नु हुन्न।जो खाडी मुलुकमा बिदेशिनु भएको छ उहाँहरूलाई मात्रै थाहा छ विदेशीनुको पीडा।जति पनि खाडी मुलुक लगाएत विश्वका अधिकांश देशहरूमा काम गर्न जाने गाउँ बस्तिबाट नै हो।आफ्नो भएको घर बारी वैंक अथवा साहुँकोमा बन्दकी राखेर सय कडा ५ %ब्याजमा पैसा लिएका हुन्छन। आफुले आफुलाई नै नेपालका म्यान पावर कम्पनी मार्फत बेचेर खाडी मुलुक तिर विदेशीन्छन। पढ्नेक्रम जारी राख्नुहोस्

विदेशमा बसे पनि देशको लागि केही गर्ने कि!


बाध्यताले बिदेसियौँ। भावी पुस्तालाई बिदेसिनबाट रोक्नसक्ने क्षमता राष्ट्रले राख्न सकोस्। त्यसको लागि नेपाली युवाले सहयोग गर्नसक्ने अवसरको खोजी गरौं।एउटा मार्क जुकरबर्गले छोरीको नाउँमा ठुलो मन देखाई आर्थिक सहयोग घोषणा गर्न सक्छ भने लाखौं नेपाली युवाले हिम्मत देखाएर देश बदल्न नसक्ने कुरा कहाँ छ र?सम्भव छ।हामी बिदेसिएका युवाले बिदेसमै रहेर पनि कस्तो प्रयास गर्दा हाम्रो समाज वा राष्ट्रलाई सहयोग मिल्छ? त्यसको लागि एउटा प्रस्ताव राख्छु। म राईको छोरो। क्षेत्रीको भान्जा। मधेसी र बाहुनको विद्यार्थी। कामी र दमाई मेरा बच्पनदेखिका साथी। पहाडमा जन्मेँ। तराईमा हुर्केँ।प्राथमिक तह शिक्षकको जागिर खाने योग्यता हुँदाहुँदै बिदेसिन बिबश भएँ।हातमा हरियो पासपोर्ट, दुई जोर कपडा र छिमेकीले आफन्तलाई लग्दिनू भनी पठाएको पार्सल बोकेर जब म त्रिभुवन विमानस्थलमा छिरेँ तब  पढ्नेक्रम जारी राख्नुहोस्