Category Archives: लेख/रचना

बाध्यता एक कालखन्डको


… नमस्कार 🙏 पाँच मिनेट खर्चेर पढ्दिनु होला।

रवि मान सिंह बस्नेत, पूर्व सेनानी, नेपाली सेना

२०७५ मंसिर २६ , कति छिटो डेढ दशक भएछ …..! नेपालमा संकटकाल लागेको अवस्थामा, नेपाली सेना, तत्काल आतंककारी घोषित, माओवादीहरु विरुद्ध परिचालन भएको बेला हाम्रो पल्टन रोल्पा जिल्लामा तैनाथ थियो । सात बर्षदेखि अनवरत रुपले त्यस बटालियनमा कार्यरत, अधिकांश व्यक्तिहरुलाई व्यक्तिगत रुपमा चिन्ने र दर्जाले क्याप्टेन, मेरो जिम्मेवारी थियो ‘ऐटन’ को ।सैनिक युनिटमा प्रशासनिक र मानव व्यवस्थापन अर्थात् म्यान म्यानेजमेन्ट कार्य हेर्ने अधिकृतलाई नेपाली सेनामा ‘कार्याधिकृत’ भनेपनि यसको अग्रेंजी शब्द ‘एड्जुटेन्ट’ अपभ्रंश भएर पल्टनतिर ‘ऐटन’ भनिन्थ्यो, म पल्टनको ‘ऐटनसाप’!
उदाहरणीय नेतृत्त्व र व्यवस्थापन क्षमतावाला हाम्रो बटालियन कमान्डर कर्साब पल्टनलाई तालिम गराउने र लडाउने मात्र होईन लड्न पनि आफैं शुरिने खालको हुनुहुन्थ्यो ।पल्टनको मोराल खस्किन नदिन सधैं सचेत उहाँको नीति कडा तर स्पष्ट थियो । सकल दर्जाले समयमा विदाछुट्टी पाउनैपर्ने, पालोमा तालिम र शान्तिसेनामा पर्नैपर्ने, बेलामा प्रमोशन उठाउनै पर्ने आदि इत्यादि । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

विश्व नेपाली साहित्य महासंघ कुवेत शाखाको आयोजनामा २०५ औँ भानु जयन्ती कार्यक्रम सम्पन्न


सुरेश गुरुङ,कुबेत

प्रबाशमा रहेका नेपालिहरुले आदिकवी भानुभक्त आचार्यको जन्मदिन मनाउने परिपाटी चलिरहेको समयमा कुवेतमा पनि उहाँको सम्झनामा २०४ औँ भानु जयन्ती हिजो कुबेत स्थित जिलिब को पपिन्स हल मा मनाइयो। पढ्नेक्रम जारी राख्नुहोस्

जब आङ काजीलाई प्रतक्ष्य भेंटे


डम्बर प्रसाद रिमाल, कुवेत 

कुवेतमा १७ डिसेम्बर १९९९ मा स्थापित १८ बर्ष लामो गौरवमय इतिहास बोकेको र नेपालको खेलकुद परिषदमा दर्ता गरिएको संस्था “माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काडमाण्डौ-कुवेतको सातौ अधिवेशन समारोहको प्रांगणमा १० अगष्ट २०१७ बिहिवार बेलुकी नेपाल आदिवासी जनजाती महासंघका पुर्व केन्द्रिय महासचिव तथा प्रखर वक्ता आङ काजी शेर्पालाइ विशेष अतिथीका रूपमा स्वागत गर्न पाउँदा मलाइ कता कता खुशी त कता कता अप्ठ्यारो पनि महसुस भएको थियो पढ्नेक्रम जारी राख्नुहोस्

तरूण दलका नयाँ नेतृत्व शीर्ष नेताको दास कि रूपान्तरणकारी युवा नेता?


कर्ण बहादुर अधिकारी।
16101246unnamedनेपाली कांग्रेस पार्टीको भातृ संगठन तरूण दलको १२ बर्ष पछि पोखरामा भएको चौथौ महाधिवेशन पनि सकिएको छ।भब्यताका साथ महाधिवेशनको उद्घाटन गरीए पनि बन्दसत्रको दौडानमा सहमतीय प्रणालीमा गएर सर्वसम्मत चयन गर्नु पर्छ भन्दै पार्टीका शीर्ष नेताहरूको आदेशको पर्खाईमा रहे आदेशको फलस्वरूप महाधिवेशनबाट नेपाली कांग्रेस पार्टीका तीनै वटा गुटबाट यूवा नेताहरू टपक्क टिपेर सर्व सम्मत चयन गरीयो।देउवा पक्षबाट नेपाल तरुण दलको अध्यक्षमा जितजंग वस्नेत ,सिटौला पक्षबाट उपाध्यक्षमा उत्तम चापागाई ,रामचन्द्र पक्षबाट महासचिवमा भुपेन्द्रजंग शाही र देउवा पक्षबाटै कोषाध्यक्ष विद्वान गुरूङलाई चयन गरेर नयाँ आयम छरी दिएका छन भने अन्य कार्य समिति बिस्तार गर्नका लागि ती ४ जना तरूण नेताहरूको छलफलबाट टुंगो लगाउने कुरा बिबिसी नेपाली सेवामा रबिन्द्र मिश्रले अध्यक्ष जीतजंग बस्नेतसंग गरीएको कुराकानीबाट प्रष्ट भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

आमाको काख प्यारो कि कोरियाको लाख ?


सुरेेश हमाल, suresh-hamal

भर्खर आईए पढ्दै गरेको बेला एउटा गैरसरकारी संस्थामा जागिर गर्ने अवसर मिल्यो । १७ वर्षको उमेरमा जागिर खाएर हातमा पैसा पर्न थालेपछि लाग्यो, संसारमा सबथोक पैसा नै हो । दिमागमा पैसाको भूत यति चढ्यो, ‘गरिब भएर जन्मनु गल्ती होइन, बरु गरिब भएर मर्नु गल्ती हो’ भन्ने बिल गेट्सको यो भनाइ त मूल मन्त्र नै बन्यो । उनी नै मेरो आदर्श बने । वारेन बफेट, अम्बानी हुँदै विनोद चौधरीसम्मका सफलताका सूत्र खोजियो । कसरी धनी बन्ने ? कसरी करोडपति बन्ने ? कसरी सफल बन्ने ?  यस्तै-यस्तै किताबको चाङ नै लगाएर पढियो ।

निष्कर्ष निकलियो, धनी बन्न जागिर होइन, व्यवसाय गर्नुपर्छ ।इमेल, इन्टरनेट सेवादेखि फोटो, भिडियो खिच्नेसम्मका व्यापार गरियो । फेरि कृषिप्रधान देशमा त कृषि नै गर्नुपर्छ भन्ने सोचेर कुखुरा पालनदेखि खसीपालनसम्म गरियो । तराईका जर्सी गाई पहाड भित्र्याउनुका साथै भारतका होलिस्टेन गाई काठमाडौं ल्याएर दूध पनि बेचियो । तर, सफलता भन्ने कुरा पुस्तकमा पढे जस्तो सजिलो नहुने रहेछ । सबै व्यवसाय केटाकेटीमा बनाएको खोयाका घर जस्तै भयो । त्यसपछि करोडतिरको होइन, पढ्नेक्रम जारी राख्नुहोस्

बि.पि.को सपना साकार पार्न तरूणदलको अध्यक्षमा पुर्ण गुरूङको उमेदवारी घोषणा।


काठमान्डौ,असोज ६
14463853_1132966840117617_539021943_nनेपाली काँग्रेसको भातृसंस्था नेपाल तरूणदलको चौथो अधिबेशन यहि कार्तिक २७ देखी २८ र २९ गते सम्म कास्कीको पर्यटकीय नगरी पोखरामा हुन गईरहेको छ । जसका लागी झन्डै आधा दर्जन भन्दा बढी उमेदवारले अध्यक्ष पदका लागी उमेदवारी घोषणा गरेका छन । नेपाल तरूणदलका केन्द्रिय सदस्य तथा नेपाली काँग्रेसका पुर्ब महाधिबेशन प्रतिनीधी पुर्ण गुरूङ्ले अध्यक्ष पदको लागी दाबी गर्दै उमेदवारी घोषणा गरेका छन।आफुलाई बि.पि.कोईरालाको सच्चा अनुयायी र नेपाली काँग्रेसको अभियन्ताको रूपमा परिचित हुन रूचाउने गुरूङ् कार्यकर्तालाई संरक्षण गर्ने कार्यकर्तालाई परेको दुखसुखमा सजिलै हातमा हात काँधमा काँध मिलाएर दुख सुख बाँड्ने संगठनको लागी दिल ज्यान दिएर लाग्ने भएका कारण गुरूङ् देशै भरका तरूणहरू माँझ निकै लोकप्रिय मानिन्छन गुरुङ् भर्खरै देश ब्यापी रूपमा आफै जिल्ला जिल्लामा उपस्थित भएर तरूणदलको अधिबेशन सम्पन्न गरेर राजधानी फर्केका छन र आफु समर्थक धेरै भन्दा धेरै तरूणहरू जिल्ला जिल्लाबाट निर्बाचित भएर आएकाले नेतृत्व आफुले हत्याउने दाबी पनि गरिरहेका छन। पढ्नेक्रम जारी राख्नुहोस्

बीपी कोइराला राजनेता मात्र नभई एक राम्रो साहित्यकार पनि।


 कर्ण बहादुर अधिकारी मकाउ,चीन।

14269878_1119647361449565_52077056_nबिक्रम संबत २००७ सालमा उदय भएको प्रजातन्त्र पूर्ण रूपमा फक्रिन नपाउदै तत्कालिन राजा महेन्द्रले २०१७ साल पुष १ गतेका दिन कु गरी नेपालका प्रथम जन निर्बाचित प्रधानमन्त्री बीपी कोईरालाको सरकार बिघटन गरेर बीपीलाई सिंह दरबारमा केहि महिना बन्दी बनाए पछि सुन्दरी जल स्थित आर्सनल ब्यारेक भित्र बन्दी बनाएर राखे।बन्दी जीवन बिताउने क्रममा बिसं २०१७ साल देखि बिसं २०२५ साल सम्मको बीचको अबधिमा एक कुशल साहित्यकार बन्न सफल हुनु भएको थियो।सुन्दरीजल बन्दी गृहको कपुरको रूख मुनीको आठौ बसन्तका चिसो सिरेटोहरूले बीपी कोईरालाको लेखन शैलीलाई साहित्य क्षेत्र तर्फ अग्रसर गराई नेपाली जनता सामु राजनेताको साथसाथै राम्रो साहित्यकारको नामले पनि परिचित हुने माहौल सृजित गरी दिएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

यस कारण कांग्रेस सभापति देउवाले गल्ति गरे।


कर्ण बहादुर अधिकारी मकाउ,चीन।
DeubaLondon_20141005101251नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा यति खेर शरिर चेक जाँचका लागि परिवार सहित सिंगापूरमा हुनु हुन्छ।नेताजीहरूलाई बिदेश भ्रमण गर्नु कुनै ठूलो अनि नौलो कुरा होईन तर नौलो त यहाँ निर देखियो सात दशक लामो इतिहास बोकेको प्रजातान्त्रिक एवं लोकतान्त्रिक कांग्रेस पार्टीको काम कार्बाहीमा अनौठो नियम लागु गरेर सभापति देउवा बिदेश जाँदा कार्यबाहक सभापतिको जिम्मेवारी कसैलाई पनि नदिई कन सुटुक्क श्रीमान श्रीमति सिंगापूर तिर हानिए।यस बिषयमा राजनिति क्षेत्रमा लामो समय ब्यतित गरी सकेका सभापति देउवा र उहाँकी धर्म पत्नी आरजु देउवालाई ज्ञान हुनु पर्ने होईन र? पढ्नेक्रम जारी राख्नुहोस्