Category Archives: फोटोहरु

शुभकामना !३


।बिनम्र अनुरोध।
दशैको अवसरमा अरब मुलुकमा कार्यरत नेपाली समुदायले ध्यान दिनु पर्ने कुराहरू।
क)-हामी मुस्लिम बहुंल देशमा छौं, यहाँको नियमकानुनलाइ मध्येनजगर गर्दै यहि देशका नागरिकलाइ होच्याउने खालको गतिबिधी दशैं तथा कुनै पनि हाम्रो चाडबाड मनाउदा नगरौं।
ख)-मदिराको प्रयोग भर्सक नगरौं गरि हाले पनि गोप्य र सिमित मात्रामा प्रयोग गरौं।
ग)-असुरक्षित बातावरण सिर्जना नगरौं जस बाट अन्य देशका नागरिक सङ सम्बन्ध बिग्रेपछि कानुनी बाधा उत्पन्न नहोस।
घ)-पर्वको नाममा उत्ताउलो कार्यक्रम नगरौं।
ङ)-जुवा-तासलाइ कुवेत मा कानुनी अपराध मानिन्छ यसबाट आफू पनि बचाैं अरुलाइ यसोगर्न बाट रोकौं।
च)- पर्वको समयमा प्रदेशमा दिदिबहिनीहरूलाई सम्मान गरि बोलाउनु राम्रो हो तर सचेत रनु आवस्यक छ। गलत नियत भएका ब्यक्तीको धर्म र मर्म हुदैन ।
छ)- आधुनिक्ता को नाममा भड्किलो पहिरन गरि बाताबरण खल्बल्याउने काम नगरौं।
ज)- एक पटकको गल्तीले जिबन बर्बाद हुन सक्छ गल्ती नगराैं।
झ)- ब्याक्ती र बिषय भन्दा बाहिर जादै नजाउ गलत भावना को शिकार हुने माैंका कसैलाइ नदिउ।
सम्पुर्ण दाजुभाइ दिदी बहिनी अामा बुबा करकुटुम्बहरूमा आरामदाइ  तथा खुशी सङ घरको जस्तै माहोल बनोस सुख सान्ती तरिकाले दशै को अनुभूति होस भन्दै हार्दिक शुभ कामना ब्याक्त गर्दछाैं।

MESC परिवार। कुवेत।

Advertisements

समयमै एमअारपी नबनाए नेपालीहरू कुवेतमै अबैध हुन सक्ने


डम्बर रिमाल (माइला)

लगभग ६१,००० ( एक साठ ) हजार नेपालीहरू  मध्ये ,जम्मा १३,००० (तेह्र हजार) नेपालीले  मात्र नेपाली दुतावास कुवेतबाट  एमअारपी  पासपोर्ट लिएको रेकर्ड।

   पासपर्ड लिंक कुवेत सरकारको अाँकडाअनुसार अहिले सम्म कुवेतमा नेपालीहरूको संख्या ६१,००० (एकसाठि) हजारको हारा हारीमा रहेको पाइएको छ। नेपाली दुतावास कुवेतका नव नियुक्त महामहिम राजदुत यज्ञ बहादुर हमालले जानकारी दिए अनुसार नेपाली दुतावास कुवेतको अहिले सम्मको रेकर्ड अनुसार १३,००० (तेह्र हजार) नेपालीले एमआरपी पासपोर्ट बुझेका छन। केहि नेपाली छुट्टीमा जाँदा नेपालमा राहदानी बनाएर फर्किएको पाइएको छ तेसमा सरदर १,००० (एकहजार) नेपालीले एमआरपी बनाए होलान भन्ने अनुमान राजदुत हमालले लगाउनु भएको थियो । करिब ४६,००० (छयालीस हजार) कुवेतश्थित नेपालीहरूले अझै एमआरपी लिन बाँकी रहेको अवस्थामा, नेपाली दुतावास कुवेतमा न्युन संख्यामा एमआरपी पासपोर्ट बनाउन भनि आवेदन दिन आउने गरेको पाइएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा भाइटिकाको झलक (फोटो फिचर)


जय आले, कुवेत

945472_660735187291657_1246091369_nमुलुकमा भएको राजनैतिक असहजता, काटमार, घुसखोरी र गरिबीबाट पिल्सिएर आफ्नो जन्मभूमी छाडी परदेशी जीबन यापन गर्नु हर नेपाली युवाहरुको बाध्यता भए पनि उनिहरुले मान्दै र अपनाउँदै आएको धार्मिक सहिष्णुता, पढ्नेक्रम जारी राख्नुहोस्

संसारका सबैभन्दा १० दु:खद तस्विरहरु, जसले रुन बाध्य बनाउँछन्…


highlightsएक तस्विर हजार शब्दको बयान गर्न सक्षम हुन्छ तर कुनै तस्विर यस्ता हुन्छन् जुन देख्नेहरु आत्मैदेखि दु:खी नभई रहन सक्दैनन् । पढ्नेक्रम जारी राख्नुहोस्

कुबेतमा एबि बिक्रम थापाको पहिलो जन्मोत्सव भव्य रुपमा सम्पन्न (फोटो फिचरसहित)


सुरेश गुरुङ, कुवेत

995110_602623993102777_98511899_nलामो समयदेखी कुवेतमा कार्यरत कुशल फ्रिल्यान्सर फोटोग्राफर तथा कुवेतनेपाल डट कमका पुर्व सम्पादक बिक्रम थापा र श्रीमती नेहा शाह थापाको पुत्र एबि थापाको पहिलो जन्मोत्सव पढ्नेक्रम जारी राख्नुहोस्

कुबेतमा एनी गुरुङको पहिलो जन्मोत्सव भव्य रुपमा सम्पन्न (फोटो फिचरसहित)


सुरेश गुरुङ, कुवेत

998820_599267310105112_927565530_nतमु समाज कुवेतका सचिव राजु गुरुङ र श्रीमती संगिता गुरुङ्की सुपुत्री एनी गुरुङको पहिलो जन्मोत्सव कुवेतको फाहाहिल स्थित रोयल मुघ्लाई इण्डियन रेष्टुरेन्टमा हिजो ४ जुलाई २०१३ का दिन भव्य रुपमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

११औं माउण्ट एभरेष्ट एम.बि बमजन गोल्डकप टुर्नामेण्टका झलकहरु (फोटो फिचरसहित)


जय आले, कुवेत

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमण्डौ-कुवेतको सकृयतामा हालै सम्पन्न भएको ११औं माउण्ट एभरेष्ट एम.बि. बमजन मेमोरियल अन्तर नेपाली गोल्डकप फुटवल टुर्नामेण्ट-२०११ का प्रमुख झलकहरु:

लगातार पाँचौं पटक गोल्डकप बिजेताको उपाधी चुम्न सफल अलघानिम टिमलाई ११औं माउण्ट एभरेष्ट एम.बि बमजन गोल्डकप हस्तान्तरण गर्दै गोल्डकपका संस्थापक श्री राजेन्द्र तामाङ्गकी धर्म पत्नी एवं सुपुत्र । पढ्नेक्रम जारी राख्नुहोस्

क्रेज नेपाल युवा क्लवको दोश्रो लाईभ कन्सर्ट (डिसेम्बर २०१०)


कुवेतका नेपाली सँघ-संस्थाहरु मध्ये खासगरी युवा पिढीलाई लक्षित गर्दै सन् २००९ मा स्थापना भएको म्युजिकल ब्याण्ड क्रेज नेपाल युवा क्लव कुवेतले ३१ डिसेम्बर २०१० को दिन कुवेतको मालियास्थित एसिया-एसिया होटलमा नयाँ वर्ष २०११ को पुनित अवसरमा आफ्नो दोश्रो लाईभ कन्सर्ट भव्यताकासाथ सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख झलक फोटोमा… पढ्नेक्रम जारी राख्नुहोस्