काठमाडौं : थ्री नेसन्स कपको उपाधि जितेसँगै नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मान स्वरुप ‘केपी बा वी लभ यू’ भन्दै पटक-पटक नारा लगाएका छन्। उपाधि समारोहमा सामूहिक तस्बिर खिचाउनेक्रममा खेलाडीले ‘केपी बा वी लभ यू’भन्दै नारा लगाएका हुन्। खेलाडीलाई हौसला बढाउन प्रधानमन्त्री ओली बंगलादेश र नेपालबीच भएको थ्री नेसन्स कपको फाइनल खेलमा प्रमुख अतिथिको रुपमा दशरथ रंगशालामा पुगेका थिए। घरेलु मैदानमा खेलाडीलाई शुभकामना दिन मैदानमा प्रवेश गर्न जाँदा र रेफ्रीलाई फाइनल ‘म्याच बल’ हस्तान्तरण गर्दादेखि नै हजारौँ दर्शकले प्रधानमन्त्री र खेलाडीलाई हुटिङ गरेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Category Archives: खेलकूद
जब रंगशालामा राष्ट्रिय फुटबल खेलाडीले भने, ‘केपी बा वी लभ यू…’
Posted in खेलकूद
नेपाल सोझै ट्वान्टी-२० विश्वकपको ग्लोबल छनोटमा
काठमाडौँ — अस्ट्रेलियामा २०२२ मा हुने ट्वान्टी–२० विश्वकपका लागि नेपाललाई ग्लोबल छनोटमा सोझै प्रवेश दिइएको छ । विश्व ट्वान्टी–२० वरीयतामा शीर्षस्थ टोली भएका कारण नेपालसहित जिम्बाब्वे, सिंगापुर र यूएईलाई ग्लोबल छनोटमा स्थान दिइएको छ । ट्वान्टी–२० विश्वकप अस्ट्रेलियामा २०२२ को अक्टोबर–नोभेम्बरमा हुने तय भइसकेको छ । त्यसका लागि ग्लोबल छनोट हुनेछ । त्यसको मिति र स्थान अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले खुलाएको छैन । नेपाल, जिम्बाब्वे, सिंगापुर र यूएईसहित २०२१ मा भारतमा हुन लागेको विश्वकप ट्वान्टी–२० का पुछारका चार टोली तथा क्षेत्रीय छनोटबाट आउने ८ टोली गरी ग्लोबल छनोटमा १६ टोलीको सहभागिता रहने छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
अस्ताए फुटबल लिजेन्ड म्याराडोना
ब्युनस आयर्स : सर्वकालीन महान् फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार निधन भएको छ। अर्जेन्टिनी फुटबल लिजेन्ड म्याराडोनालाई ब्युनस आयर्सस्थित निवासमा हृदयाघात भएको जनाइएको छ। उनको मस्तिष्कमा रगत जमेपछि यसै महिनाको प्रारम्भमा शल्यक्रिया गरिएको थियो। त्यसयता उनी घरमै स्वास्थ्यलाभ गर्दै आइरहेका थिए। मद्यपानको लत छुटाउन पनि उनको उपचार भइरहेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल मैदानमै गएर हेर्न पाइने
२६ कात्तिक, काठमाडौं । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल दर्शकले मैदानमै उपस्थित भएर हेर्न पाउने भएका छन् । बंगलादेश फुटबल फेडेरेशन (बीएफएफ) ले दुई मैत्रीपूर्ण खेलमा दर्शकलाई मैदान प्रवेश गर्न अनुमति दिने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाल र बंगलादेशबीच यही कात्तिक २८ र मंसिर २ गते ढाकाको बंगबन्ध नेशनल स्टेडियममा प्रतिस्पर्धा हुँदैछ । उक्त खेलमै दर्शकलाई मैदान प्रवेश गर्ने निर्णय बीएफएफले गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
बायर्नको अद्वितीय यात्रा : लिग, कप र च्याम्पियन्स लिग
हिमेश
बायर्न म्युनिकले यो सिजन तय गरेको यात्रालाई के मात्र भन्ने ? ऐतिहासिक, सनसनीपूर्ण अथवा रोमाञ्चक । सायद एक शब्दमा बयान गर्दा यसका लागि ‘अद्वितीय’ प्रयोग गर्नु ठीक हुनेछ, ’cause यस्तो उपलब्धि विरलै मात्र दोहरिएर आउने गर्छ । त्यसैले यसलाई कोशेढुंगा प्रदर्शन भन्दा पनि हुनेछ । कारोना भाइरस संक्रमणको महामारीबीच बायर्नले जर्मन बुन्डेसलिगा मात्र जितेन्, उसलाई जर्मन कप मात्र जितेर पनि पुगेन, अब त यो क्लब युरोपेली च्याम्पियन पनि भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
9A side समृद्धि कास्की कप फुटबल प्रतियोगिता २०२०” स्थागित ।
कास्की आदर्श सेवा समाज युएईको व्यवस्थापन र अन्तर्गत रहेको फुटबल टिम कास्की XI ले भोलि शुक्रबार तदानुसार मार्च ६, २०२० शुक्रबारका दिन युएई स्थित दुबईको अलकुज, दुबईमा आयोजना गर्ने भनिएको “9A side समृद्धि कास्की कप फुटबल प्रतियोगिता २०२०” स्थागित गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद