Category Archives: अरब विशेष

“२५ औं बिश्व आदिवासी दिवस तथा संगीतिक साँझ २०१९” कार्यक्रममा  गायिका श्रेयसी चेम्जोङ  र नेलिमा थापा मगर बहराईन आउँदै ।


हरेक बर्ष ९ अगष्टमा पर्ने बिश्व आदिवासी दिवस नेपाल आदिवासी जनजाती महासंघ बहराईनले यो बर्ष पनि बहुराष्ट्रियता झल्कने साँस्कृतिक कार्यक्रमको साथमा महासंघ सम्वद्ध ६ जातीय संस्थाहरू क्रमश: नेपाल मगर संघ बहराईन, तमू समाज बहराईन, किराँत याक्थुङ चुम्लुङ बहराईन, बहराईन तामाङ सेवा समाज, किराँत राई यायोक्खा बहराईन र शेर्पा किदुग बहराईनको सहकार्यमा भब्यताका साथ मनाउने निर्णय भएको छ ।
पढ्नेक्रम जारी राख्नुहोस्

प्रकृति पुजक किरातीले उभौली चाड मनाए


दोहा– कतारमा स्थापित किराती सस्थाहरु किरात राई यायोक्खा शाखा, सुनुवार सेवा समाज शाखा र किरात याक्थुम चुम्लुङ कतारले विगतमा झै यस पटक पनि चकृय प्रणाली अनुरुप किरातीहरुको महान उभौली चाड साकेला उभौली, सालिवा श्यादर पिदार र यक्वा तङनाम ५०७९ ÷ २०७६ शुभकामना तथा झाकी सहित बृहत सांस्कृतिक कार्यक्रम किरात मूल समारोह आयोजक समितिको संयोजक श्री विमल राईको सभापतित्वमा नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारको अध्यक्ष श्री शिव कुमार भुजेलको प्रमुख आतिथ्यमा यहा स्थित गल्फ होराईजन होटलमा सभ्य र भव्य रुपमा गत शुक्रबार ७ तारिखका दिन सम्पन्न गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

१७औं बमजन कपको उपाधी सरोकार समाजले चुम्यो, उपबिजेता GFC (फोटो फिचरसहित)


कुवेतनेपाल डट कम

३० मार्च २०१९ । माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवले आयोजना गरेको १७औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्ट एक सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

१७औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनलका खेलहरु सम्पन्न (फाेटाे फिचरसहित)


सुरेश गुरुङ, कुवेत

२३ मार्च २०१९ । माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवले हिजो कुवेतको फाहाहिलस्थित सुकशवा फुटबल मैदानमा सञ्चालन गरेको १७औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको पहिलो र क्वार्टर फाईनल चरणका सबै खेलहरु एक सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

१७औं बमजन कप २२ र २९ मार्चमा खेलाईने, टिम दर्ता र टाईसिट १५ मार्चमा


बिजेता/उपबिजेता टिमको पुरस्कार राशिमा बृद्धी, सम्पूर्ण नेपाली टिमहरुलाई गोल्ड कप चुम्ने तयारीमा रहन क्लवको आग्रह

जय आले, कुवेत

०७ मार्च २०१९ । माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव, काठमाण्डौ-कुवेतले १८ बर्षदेखी सञ्चालन गर्दै आएको माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको १७औं श्रीङ्खला आगामी २२ र २९ मार्च २०१९ मा सम्पन्न हुने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

क्लवले महामहिम राजदूत र प्रथम नेपाली महिलालाई बिदाई गर्‍यो


कुवेतनेपाल डट कम

२९ जनवरी २०१९ । माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतले कुवेतका लागि नेपाली राजदूत महामहिम यज्ञ बहादुर हमाल र उहाकि धर्मपत्नी रीता हमाललाई बिदाई गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

NFAOK द्वारा अन्तर नेपाली नकआउट“खसीबाजी”फुटबल खेल सम्पन्न !


आज १८ जनवरी २०१९ शुक्रवारको दीन “Nepalese Football Association of Kuwait” ले   महाबुल्ला स्थित बल्क नं.१ मा बिहान ७:३० बजे देखी दीउसो ३:३० बजे सम्म खसी बाज़ी खेल सम्पन्न गर्यो ।

आज उपश्थीत टीमहरु : १, टाइगर फ़ुटबॉल क्लब  २, गोर्खाली फ़ुटबॉल क्लब  ३, यायोख्या फ़ुटबॉल क्लब ४, सरोकार समाज फ़ुटबॉल क्लब ५,प्रवासी नेपाली ट्याक्सी फ़ुटबॉल क्लब
६, प्रवासी फुटबल क्लब गरी  ६ टीम हरुबिच भएको नक-आउट खेलमा टाईगर टीम प्रथम र गोर्खाली टीम दोस्रो भएको थियो! आजको खेल सम्पन्न पार्न सबै खेलप्रेमी खेलाड़ी तथा टीमहरुको सकृयता रहेको उक्त खेलको संयोजक साथै रेफ्री Dambar Moktan ज्युले गर्नु भएको थियो । कुवेतमा सकृय रहेका अरु नेपाली फुटबल टीमले भने  आफ्नै बिविध कारण देखाई उपश्थीती जनाएन!

आज सम्पन्न खेलको विजेता तथा उप-विजेता दुवै टीमलाई माउण्ट एभरेष्ट स्पोर्टीङ क्लब काठमांडू कुवेत बधाई  तथा शुभ कामना दिन चाहन्छ !साथै कुवेतमा सम्पुर्ण आवद्ध नेपाली फुटबल टीमलाई आउदै गरेको १७ औं MESC MB Bomjom Gold Cup खेल सौहार्द बातावरणमा सम्पन्न पार्नको लागी कुवेत स्थित सम्पूर्ण खेल प्रेमीले अआफ्नो स्थानबाट सहयोग गर्दै खेल कला कौशल देखाउन तैयारी रहनुहोला भन्दै यहाहरु सबैमा धन्यवाद,

“माउण्ट एभरेष्ट स्पोर्टीङ्ग क्लब काठमान्डु कुवेत परिवार “

आजको केही तस्वीरहरु:-

पढ्नेक्रम जारी राख्नुहोस्

तमु प्ये ल्हु संघ युएई ले तमू फो ल्हो,ल्होसार भव्यता को साथ मनाईनयो


दुबई| तमु समुदायको महान पर्व तमु ल्होसारको अवसरमा तमु प्ये ल्हु संघ युएई द्वारा आयोजित युएईको दुबई स्थित अल्कुजको डुल्स्को हलमा शुक्रबार तमु फो-ल्होसार सास्कृतिक कार्यक्रम भव्यका साथ सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्