Author Archives: शिव पौडेल

भारतीय राजदूत रेलाई देश निकाला गर्न सांसदहरूको माग


सेतोपाटी संवाददाता काठमाडौं,
timthumbसत्तारुढ दल एमालेकै सांसदहरुले भारतीय राजदूत रनजित रेले कुटनीतिक मर्यादा विपरित क्रियाकलाप गरेको आरोप लगाउँदै उनलाई तत्काल देश निकाला गर्नुपर्ने माग गरेका छन्।संसदको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा बोल्दै एमाले सांसद यज्ञराज सुनुवार र गौरी ओलीले भारतीय राजदूत रेले आफ्नो पदीय जिम्मेवारी र कुटनीतिक मर्यादा विपरित अभिव्यक्ति दिएर मधेस आन्दोलनको प्रवक्ता जस्तै भएको आरोप लगाउँदै उनलाई फिर्ता पठाउनु पर्ने माग गरेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

सरकारको विशेष सुरक्षा योजना’bout मधेसी मोर्चाको आपत्ति


सरकारले मुठभेड निम्त्याउन खोजेको आरोप
Madhesi-morcha१० मंसिर, काठमाडौं । तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चाले विशेष सुरक्षा योजना लागू गरेर सरकारले मुठभेड निम्त्याउन खोजेको आरोप लगाएको छ । राजमार्ग सुचारु गर्न र सरकारी कार्यालयहरुको सुरक्षा गर्न सरकारले बुधबारदेखि तराई मधेस केन्द्रीय जिल्लाहरुमा विशेष सुरक्षा योजना लागू गरेको छ । तर, राजमार्ग केन्द्रित आन्दोलन गरिरहेको मधेसी मोर्चाले भने यसले मुठभेड निम्त्याउने बताएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

भाजपाका सांसदले भने– नेपालका १५ वटा जिल्ला भारतले खोस्नुपर्छ


kirti-azad_speech_nepal_857171530काठमाडौं, मंसिर ९ । भारतको सत्तारुढ दल ‘भारतीय जनता पार्टी’ (भाजपा) का एक सांसदले नेपालका १५ जिल्ला भारतले खोस्नु पर्ने धारणा व्यक्त गरेका छन् । भाजपाका सांसद कीर्ति आजादले दरभंगामा आयोजित एक कार्यक्रममा यस्तो धारणा राखेका हुन् । उनले नेपालले १५ वटा जिल्ला भारतलाई ‘फिर्ता दिनुपर्ने’ बताए । पढ्नेक्रम जारी राख्नुहोस्

भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट ४ नेपाली घाइते


अमर खड्का
सुनसरी- भारतीय सिमा सुरक्षा वल (एसएसवी)को गोली प्रहारबाट चार जना सर्वसाधारण घाइते भएका छन्। सुनसरीको हरिपुरमा विहान ६ बजे एसएसवीका जवानले गोली चलाएका थिए। गोली लागि घाइते हुनेमा हरिपुर ७ का अशोक यादव, मनोज यादव, सरोज यादव र नरेस यादव छन्। उनीहरुको वीपि कोइराला स्वास्थय विज्ञान प्रतिष्ठन धरानमा उपचार भैरहेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

एम्बुलेन्सलाई अवरोध, अस्पताल पुर्‍याउन नपाउँदा शिशुको बाटैमा मृत्यु


डिल्लीराम खतिवडा , उदयपुर
24112015081100Ambulance-600x0आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले जाँचका नाममा एम्बुलेन्सलाई विभिन्न स्थानमा गरेको अवरोधका कारण समयमै अस्पताल पुर्‍याउन नसक्दा तीनमहिने एक शिशुको सोमबार मृत्यु भएको छ। मोर्चाका कार्यकर्ताले पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरी र सुनसरीका विभिन्न स्थानमा बिरामी हो/होइन जाँच्न रोकेकाले समयमै अस्पताल पुर्‍याउन नपाउँदा उदयपुरको त्रियुगा–१५ शाहीखोलका तीनमहिने लालबहादुर बुढाथोकीको सुनसरीको हरिपुरमा एम्बुलेन्सभित्रै मृत्यु भएको हो। पढ्नेक्रम जारी राख्नुहोस्

अमेरिकी राष्ट्रपति भवन अगाडि नेपालीद्वारा अहिलेसम्मकै ठूलो प्रदर्शन


विजय थापा/अनलाइनखबर
Nepalies-protest-in-white-house-1वाशिंगटन डिसी । भारतीय नाकाबन्दीको बिरोधमा अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउस अगाडी नेपालीहरुले प्रदर्शन गरेका छन् ।करिव तीन हजार जनाको उपस्थीति रहेको यो प्रदर्शन भारतीय नाकाबन्दीको बिरोधमा आयोजित अहिलेसम्मको ठूलो हो । गैरआवासीय नेपाली संघको आह्वानमा गैरआवासीय नेपाली संघ अमेरिका तथा अन्य संस्थाहरुको सहभागितामा यो प्रदर्शन गरिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

हस्तलिखित पासपोर्ट आजदेखि नचल्ने


चन्द्रशेखर अधिकारी, काठमाडौं
23112015083959PassPort-1000x0मंसिर ७, २०७२- हस्तलिखित पासपोर्ट आज सोमबारदेखि विश्वभर नचल्ने भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को बाध्यकारी नियमअनुसार अब विश्वभर नै बारकोड नभएको अर्थात् हातले लेखेको पासपोर्ट उपयोगमा ल्याउन पाइँदैन । सरकारले सोमबारदेखि नै पासपोर्टमा प्रत्यक्ष दर्ता (लाइभ इनरोलमेन्ट) प्रणाली लागू गर्ने भएको छ । छ महिना अघिदेखि नै कतिपय मुलुकले हस्तलिखित पासपोर्टमा भिसा नदिई मेसिन रिडेबल पासपोर्ट (एमआरपी) माग गर्दै आएका छन् पढ्नेक्रम जारी राख्नुहोस्

सप्तरीमा प्रहरीको गोली लागि दुई आन्दोलनकारीको मृत्यु, बिहान ६ बजेदेखि अनिश्चितकालिन कर्फ्यु


22112015084134pardarshan-photo-(1)-1000x0मंसिर ६, २०७२- सप्तरी प्रहरीको गोली लागि दुई आन्दोलनकारीको मृत्यु भएको छ । यस्तै १७ प्रदर्शनकारी र २५ प्रहरी झडपमा परी घाइते भएका छन् । घाइते मध्ये ५ प्रदर्शनकारी र २ प्रहरीकाे स्थिति गम्भिर रहेकाे छ । शनिबार अबेर राति प्रहरीले एक्र्टिङ गरी गाडी चलाउनका लागि धर्नामा बसेका प्रदर्शनकारीलाई भारदह र रुपनी क्षेत्रबाट हटाउन खोज्दा दोहोर भिडन्त भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्