काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाेच्च अदालतका कुनै न्यायाधीशलाई आफूले भेटेको प्रमाणित गर्न चुनौती दिएका छन्। प्रधानमन्त्री ओलीले शनिबार आफू नेतृत्वको नेकपाको प्रदेश १ स्तरीय कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै आफूले भेटेको भनी नाम आएका न्यायाधीशलाई सायद कहिल्यै नभेटेको र नचिनेको पनि बताए। ओलीले ‘यस्तो झुट र बेइमानीको सहारा’ नेकपाकै अर्काे खेमाका नेताहरू पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले लिन थालेको आरोप लगाए। ‘निर्वाचन हुनु हुँदैन, पुरानै संसद् पुनःस्थापना हुनुपर्छ भनेर अदालत जानुहुन्छ। उहाँहरूसँग कुनै तर्क छैन। झुट र बेइमानीको सहारा लिएर उहाँहरू बोल्नुभएको छ’, ओलीले भने, ‘फलानो–फलानो न्यायाधीश प्रधानमन्त्रीलाई भेट्न गए। यति बजेदेखि यति बजेसम्म भन्नुभन्दा झुट के हुन्छ ? न्यायालयमाथि योभन्दा ठूलो प्रहार के हुन्छ ? उहाँहरू यो कुराको प्रमाणित गर्नुहुन्छ ? एकपटक होइन, सायद कहिल्यै भेटेको छैन।’ पढ्नेक्रम जारी राख्नुहोस्
Author Archives: शिव पौडेल
‘मैले कुन न्यायाधीश भेटें ?’
Posted in नेपाल समाचार
पोखरामा दुई महिना भित्रै हिमाल हेर्दै बन्जी जम्प गर्न पाइने
दीननाथ बराल , पोखरा न्यूज – २१, पुष । सहासिक खेलकुदको केन्द्र पोखरामा अर्को साहसिक खेल बन्जी जम्प थपिदैछ । साहसिक खेल प्याराग्लाइडिङ, जिप फ्लायर, र्याफ्टीङ, काइकिङ, क्यानोनिङ, रक क्लाइमिङ, बन्जी जम्प लगायतका खेलले परिचित पोखरामा थप अर्को बन्जी जम्प थपिने भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
पोखरामा अर्को बन्जी जम्प सञ्चालनमा आउने
उमा आलेमगर
पर्यटकको राजधानी पोखरामा अर्को बन्जी जम्प सञ्चालनमा आउने भएको छ । पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रामा बन्जी जम्प सञ्चालनमा आउने भएको हो । विगत १२ वर्ष देखि बन्जी क्षेत्रमा काम गर्दै आएका तथा विदेशको ११ राष्ट्रमा पनि काम गरिसकेका सन्तोष भट्टराईले बन्जी जम्प सञ्चालन गर्न लागेका हुन् । तनहुँ घर भएका भट्राई सहित अरु दुई जना पनि यस व्यवसायमा संलग्न रहेका छन् भने ७ जनाको शेयर रहेको छ । विदेशमा बन्जी जम्पमा अनुभव संगालेका भट्टराईले नेपालमा पनि केही गर्नु पर्छ भन्ने सोचले यो व्यवसाय सुरुवात गर्न लागेको जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
काठमाडौं महानगरमा विद्यासुन्दरलाई झण्डै ९ हजारको अग्रता
८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणना नेकपा एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले कांग्रेसका राजुराज जोशीसँगको दुरी बढाउँदै लगेका छन् ।सुरुवातदेखि नै अग्रता लिएका शाक्यले सोमबार विहानसम्म आइपुग्दा झण्डै ९ हजारको अग्रता लिएका छन् । महानगरको ८८ हजार बढी मत गणना सकिएको छ । जसमा शाक्यले २९ हजार ३६८ मत पाएका छन् भने कांग्रेसका जोशीले २० हजार ३६८ हत पाएका छन् । तेस्रो स्थानमा विवेकशील नेपाली दलकी रञ्जु दर्शना छिन् । उनले ११ हजार २५७ मत पाउँदा साझा पार्टीका किशोर थापाले ८ हजार ५२३ मत ल्याएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
यी हुन् दुबईकी ‘चटपटेवाली’ नेपाली चेली !
भन्छिन्- इज्जत बेचेको होइन, चटपटे बेच्दा किन लजाउनू ?
आरपी सहयात्री
१ फागुन, युएई । आफूले काम गरिरहेको कम्पनीले कामदार सप्लाई गर्न नसकेपछि दमक झापाकी तारा पोखरेललाई संकट आइलाग्यो । केही वर्ष परदेशमा दुःख गरेर परिवारको आर्थिक अवस्था दरिलो बनाउने सपनासहित दुबई आएकी पोखरेलले ऋण तिरी नसक्दै नेपाल फिर्नुपर्ने भयो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
परेवा उडाएर संविधान दिवस मनाइयो
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी शान्तिका प्रतीक परेवा उडाएर संविधान दिवस मनाएकी छन्। नेपालको संविधान जारी भएको प्रथम वार्षिकोत्सवका अवसरमा सैनिक मञ्च टुंडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले पनि परेवा उडाएका थिए। कार्यक्रममा प्रधानन्यायाधीश सुशीला कार्की, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रिगण, सांसदहरु विभिन्न राजनीतिक दलका नेता, सहभागी थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार