Author Archives: कुवेतनेपाल एडमिन

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाउने तयारी


२७ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने तयारी भइरहेको छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्न नौ दिन बाँकी रहेको बेला राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने तयारी भएको हो । महाअभियोग प्रस्तावमा दुई सय बढी डेमोक्रेट सांसदहरुले हस्ताक्षर गरेका छन् । सो प्रस्तावमा अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा मंगलबार मतदान हुने सक्ने डेमोक्र्याट नेताहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

ओलीको प्रश्न : मलाई कहाँबाट निष्कासित गर्नुभयो, माइतीघर मण्डलाबाट ?


‘सूर्य चिह्न मेरो भन्न प्रचण्डलाई लाज हुँदैन’
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई आफूलाई कहाँबाट निष्कासित गरेको भनेर सोधेका छन् । शनिबार राजधानीमा आयोजित युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो प्रश्न गरेका हुन् । ‘उहाँहरुले मलाई निकाल्नुभयो रे ! म सोध्न चाहन्छु, मलाई कहाँबाट निष्कासित गर्नुभयो, माइतीघर मण्डलाबाट ?’, ओलीले प्रश्न गर्दै भने । पढ्नेक्रम जारी राख्नुहोस्

कांग्रेसमा दुई धार : निर्वाचन कि पुनःस्थापना ?


सर्वोच्चभन्दा ठूलो अदालत जनता हुन् : देउवा
संविधान भत्काइँदा बेवास्ता गर्न मिल्दैन : पौडेल
कुलचन्द्र न्यौपाने
काठमाडौँ — अदालतमा विचाराधीन मुद्दामा बोल्न नहुने भनेर प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा बोल्ने पार्टीका नेताहरूलाई सचेत गराउँदै आएका कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनको पक्षमा अभिव्यक्ति दिएका छन् । अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सदर गरेमा सबै राजनीतिक दलले भाग लिने दाबी गर्दै देउवाले कार्यकर्तालाई चुनावी मैदानमा उत्रन आग्रह गरे । ‘प्रधानमन्त्रीको पार्टी चुनावमा जाने, हामी घरमै बसेर काम छैन,’ शनिबार काठमाडौं क्षेत्र नं. ५ मा आयोजित विरोधसभालाई सम्बोधन गर्दै देउवाले भने, ‘अदालतले जे फैसला गर्छ, हामी स्वीकार गर्छौं । अदालतले जनतामा जाने फैसला लिए के बिग्रियो त ? सर्वोच्चभन्दा जनता नै ठूलो अदालत हो । चुनावमा जाने निर्णय आयो भने कांग्रेस भाग्न हुन्न ।’ पढ्नेक्रम जारी राख्नुहोस्

के कार्यकाल सकिनुअघि नै ट्रम्पलाई ह्वाइटहाउसबाट हटाउन सकिन्छ ?


यस्तो छ अमेरिकी संविधानमा व्यवस्था
वासिङ्टन — अमेरिकी संसद् भवनबाहिर राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले हिंसा भड्काएपछि केही सांसदले जनवरी २० भन्दा अघि नै राष्ट्रपति ट्रम्पलाई ह्वाइटहाउसबाट हटाउनुपर्ने बताएका छन् । जनवरी २० मा जो बाइडेनले अमेरिकी राष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्दैछन् । पढ्नेक्रम जारी राख्नुहोस्

प्रतिनिधिसभा विघटनको मुद्दा : पहिलेकै संवैधानिक इजलासलाई निरन्तरता


कृष्ण ज्ञवाली
काठमाडौँ — प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयमाथि चुनौती दिई परेका रिट निवेदनहरुमाथि सुनुवाइका लागि सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा गठित इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी सदस्य छन् । यसअघि गठन भएको संवैधानिक इजलासलाई नै पुन: निरन्तरता दिइएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

कतारमा लगाइएको नाकाबन्दी साउदी अरबले हटायो


साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी हटाएको छ । खाडी देशहरुमा यसलाई ठूलो घटना मानिएको छ ’cause कतारसँग धेरै छिमेकी देशहरुको विवाद रहँदै आएको छ । साउदी अरबले कतारमाथि तीन वर्षअघि नाकाबन्दी लगाएको थियो । मंगलबार साउदी अरबमा हुने गल्फ को-अपरेसन काउन्सील (जीसीसी)सम्मेलनको पूर्वसन्ध्यानमा साउदीले कतारमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । जीसीसीको सम्मेलनमा खाडी देशका ६ देश सहभागी हुने छन् । पढ्नेक्रम जारी राख्नुहोस्