जेष्ठ २, २०७९दीपेन्द्र बडुवाल
बुटवल — प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्व जन्मस्थल लुम्बिनीमा निर्माण गरिएको बौद्व सम्मेलन तथा ध्यान केन्द्रको समुद्घाटन गरेका छन् । सोमबार बिहान आयोजिक समारोहका बीच प्रधानमन्त्री देउवाले केन्द्रको उद्घाटन गरेका हुन् । पाँच हजार जना अट्ने क्षमताको सो हल बनेपछि यहाँ हुने सम्मेलन र समारोहहरु सन्चालनका लागि सहज हुनेछ । यहाँ प्रत्येक वर्ष अस्थायी हल निर्माण गरेर बुद्व जयन्ती समारोह हुँदै आएको थियो। यस्ता सम्मेलन र समारोह आयोजनाकालागि पाँच वर्ष अघि हल निमार्ण थालिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Author Archives: कुवेतनेपाल एडमिन
प्रधानमन्त्री देउवाद्वारा बौद्व सम्मेलन केन्द्रको उद्घाटन
Posted in समाचार
माओवादीद्वारा रूकुमपूर्वमा एमाले कार्यकर्ताको अपहरणपछि हत्या, उम्मेदवारसहित तीन जना पक्राउ
बुटवल : एक महिलालाई अपहरण गरी हत्या गरेको अभियोगमा एक जना जनप्रतिनिधिसहित ३ जना माओवादी केन्द्रका कार्यकर्ता पक्राउ परेका छन्। रुकमु पुर्वको पुथा उत्तरगंगा गाउँपालिका-११ का वडा अध्यक्ष जयकुमार बुढा, उनका भाई अर्जुन बुढा र नेकपा माओवादी केन्द्रको तर्फबाट उक्त वडामा अध्यक्ष पदमा उम्मेदवार बनेका कुमार सिंह बुढालाई रुकुम प्रहरीले नियन्त्रणमा लिएको हो। बैशाख १९ गते स्थानीय टक्सेरा गाउँमा निर्वाचन प्रचार प्रसारका क्रममा विवाद भएपछि विवाद मिलाउन पुगेकी स्थानीय ३९ वर्षीय डुथी बुढा भन्ने जुङमाया बुढालाई माओवादी कार्यकर्ताहरुले अपहरण गरेर लगेका थिए। माओवादी कार्यकर्ताको अपहरणमा परेकी बुढालाई खोज्ने क्रममा रुकुम प्रहरीले टक्सेरा देखि करिब ४ किलोमिटर माथि जंगलमा कानमा रगत बगेको र निवस्त्र अवस्थामा मृत फेला पारेको रुकुम प्रहरीले जनाएको छ।
नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन भएको पुथा उत्तरगंगामा नेकपा माओवादी केन्द्रसँग समय समयमा विवाद उत्पन्न हुने तथा दुई समूहबीच झडप हुने हुँदै आएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
आज मध्यरातदेखि मौन अवधि
उल्लंघन गरे उम्मेदवारी नै रद्द हुनेदेखि एक लाख रूपैयाँ जरिवानासम्मको कारबाही
मातृका दाहाल
काठमाडौँ — स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेपछि मौन अवधि लागू हुँदै छ । निर्वाचन आयोगले पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष र सदस्य चुन्न मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ । निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो । मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेला/गोष्ठी आयोजना गर्न नपाउने आयोगको आचारण निर्देशिकामा उल्लेख छ । निर्देशिकाविपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँ जरिवानासम्मको कारबाही हुन सक्ने निर्वाचनसम्बन्धी कानुनमा उल्लेख छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
अन्तिम कसरतमा भरतपुरका प्रतिस्पर्धी
महानगर प्रमुखको परिणाम आफ्नो पक्षमा पार्न सत्तारुढ गठबन्धनले राज्यको पूर्ण शक्ति लगाइरहेको छ
घनश्याम खड्का, रमेशकुमार पौडेल
चितवन — भरतपुर यतिखेर अपेक्षाकृत शान्त तर बेचैन छ । गृहमन्त्रीको उछलकुद, कांग्रेसका केन्द्रीय नेताको दौडधुप, प्रधानमन्त्रीको बासै बस्ने गरी भएको आगमन र मेयर प्रत्याशी रेनु दाहालका पिता पुष्पकमलको धम्कीपूर्ण अभिव्यक्तिले भरतपुर ‘महाभारत हुनुअघिको कुरुक्षेत्र जस्तो’ तातेको छ । दसैंतिहारअघिको चियापान कार्यक्रममा भरतपुर आएका बखत दाहालले संकेत गरेका पनि थिए, ‘चितवन कुरुक्षेत्र बन्दै छ ।’ नभन्दै, उनले गठबन्धनको २२ मा आयोजित आमसभामा त्यसको झल्को दिए र भने, ‘हँसिया हतौडामा भोट नहाले देश दुर्घटनामा पर्छ ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
आचारसंहिताविपरीत प्रधानमन्त्री र मन्त्री चुनावी प्रचारमा
कुनै सार्वजनिक निकायको स्रोतसाधन तथा सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न नपाउने व्यवस्था भए पनि प्रधानमन्त्री नेपाली सेनाको हेलिकोप्टर लिएर चुनावी दौडाहामा
घनश्याम गौतम
रूपन्देही — प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन आचारसंहिताविपरीत चुनावी प्रचारप्रसारमा हिँडेका छन् । गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्न उनी जिल्ला दौडाहामा निस्केका हुन् । शनिबार रूपन्देहीको बुटवल र तनहुँ पुग्न देउवाले नेपाली सेनाको एनए ०५८ हेलिकोप्टर प्रयोग गरेका छन् । सेनाको हेलिकोप्टर ८ सिट क्षमताको हो । हेलिकोप्टरमा देउवासँगै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता प्रकाशशरण महत पनि सवार थिए ।
स्थानीय तह निर्वाचन आचारसंहिता २०७८ को दफा ४ क मा ‘कुनै सार्वजनिक निकाय वा परियोजनाका स्रोतसाधन तथा सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने’ उल्लेख छ । तर, प्रधानमन्त्रीले उक्त दफाविपरीत नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरेका हुन् । बुटवलको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री शनिबार बिहान पौने १२ बजे बुटवलस्थित नेपाली सेनाको २२ नं. वाहिनीमा उत्रिएका थिए । त्यहाँ उनलाई गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणसहितका स्थानीय नेता र सुरक्षाकर्मीले स्वागत गरे । प्रधानमन्त्री देउवा सेनाको हेलिकोप्टरबाट उत्रिएफछि कार्यक्रमस्थलसम्म जान स्थानीय कार्यकर्ताको सेतो कलरको ल्यान्डत्रुजर गाडी चढेर थिए । कार्यक्रममा झन्डै १ घण्टा बिताएका उनले ८ मिनेट भाषण गरे र त्यही हेलिकोप्टरमा तनहुँ पुगे । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
गठबन्धनले बागीलाई फकाउने, नमाने कारबाही गर्ने
प्रकाश धौलाकोटी
काठमाडौँ — सत्ता गठबन्धन दलले पार्टीको निर्णयविपरीत स्थानीय तहमा उम्मेदवारी दिएका नेता कार्यकर्तालाई सम्झाई–बुझाई गर्ने, फकाउने र त्यति गर्दा पनि उम्मेदवारी फिर्ता नलिए अनुशासनको कारबाही गर्ने नीति लिएका छन् । त्यसका लागि दलहरूले देशभर कहाँ कति स्वतन्त्र उम्मेदवारी परेको छ भनेर तथ्यांक संकलन थालेका छन् । बुधबारसम्म तथ्यांक संकलन गर्ने, त्यस्ता उम्मेदवारहरूको पहिचान गर्ने र सम्झाई–बुझाई गरेर उम्मेदवारी फिर्ता गराउने तयारी छ । फिर्ता नभए पार्टी अनुशासनको कारवाही हुने नेताहरू बताउँछन् । गठबन्धन दलले केन्द्रबाट चुनावी तालमेल गर्न सर्कुलर गरेपछि प्रदेश र जिल्लास्तरीय संयन्त्रले पद बाँडफाँट गरी तालमेलको निर्णय गरेका थिए । त्यसरी तालमेल गर्दा अर्को दललाई पद दिएका कतिपय ठाउँमा स्वतन्त्र उम्मेदवारी परेको छ भने कतिपय ठाउँमा आकांक्षी धेरै भएका कारण उम्मेदवारी परेको छ । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसमा तालमेलको विरोध गर्दै विभिन्न ठाउँमा स्वतन्त्र उम्मेदवारी परेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार