Author Archives: बिक्रम थापा

सुनको मूल्य तीन महिनायताकै न्यून बिन्दुमा


तोलामा ३८ हजार रुपैयाँ नजिक

काठमाडौ, माघ १६ – स्थानीय बजारमा बहुमूल्य पहेंलो धातुको मूल्य झन्डै तीन महिनायताको न्यून बिन्दुमा पुगेको छ । यसले विवाहको सिजनमा सुन किन्ने उपभोक्तालाई फाइदा पुगेको छ । यस सातामा मात्र एक तोला सुनको मूल्य ७ सय ५० रुपैयाँले घटेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेरी फेरि कप्तान (फेब्रुअरी १७ देखि २५ सम्म कुवेतमा ”एसीसी वुमेन्स ट्वान्टी-ट्वान्टी च्याम्पियनसिप” हुँदै


दुई वर्षपछि महिला राष्ट्रिय टिमको जिम्मेवारी फेरि नेरी थापाको काँधमा आएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले फेब्रुअरी १७ देखि २५ सम्म कुवेतमा हुने एसीसी वुमेन्स ट्वान्टी-ट्वान्टी च्याम्पियनसिपका लागि नेरीको नेतृत्वमा शुक्रबार प्रारम्भिक चरणमा १८ खेलाडी चयन गर्‍यो ।

खराब अनुशासनको कारण देखाउँदै नेरीलाई सन् २००९ मा मलेसियामा भएको एसीसी वुमेन्स ट्वान्टी-ट्वान्टीमा कप्तानीबाट हटाइएको थियो । त्यो प्रतियोगितामा रीतु कनौजिया कप्तान भएकी थिइन् । छनोट कमिटीको मुख्य संयोजक विजयकुमार शर्माले पछिल्लो समय नेरीले आफूलाई सुधारेको बताए । पढ्नेक्रम जारी राख्नुहोस्

खनाललाई थप्पड हान्ने १५ दिन थुनामा


विराटनगर, माघ ८ – सुनसरीको इटहरीमा बिहीबार पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष झलनाथ खनालको गालामा थप्पड हान्ने भरौल १ का देवीप्रसाद रेग्मीलाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले म्याद थप गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

जन्मदिनको शुभकामना !!


हाम्रा स्नेही मित्रद्वय पूर्ण लिम्बु र बसन्ती लिम्बु(तामाङ्ग) को जुम्ल्याहा सुपुत्र बरुन लिम्बु र सुपुत्री बरुनी लिम्बुको २२ जनवरी २०११ मा तेस्रो जन्मोत्सव परेकोले यस पुनित अवसरमा वहाँहरुलाई बधाई तथा शुभकामना अर्पण गर्दै जुम्ल्याहा नावालक छोराछोरीको सु-स्वास्थ्य, दिर्घायु एवं उज्वल भविष्यको कामना गर्दछौं ।

www.kuwaitnepal.com

In association with Mount Everest Sporting Club, Ktm-Kuwait

&
Tamu Samaj, Kuwait

राष्ट्रिय झण्डा परिवर्तन नहुने


अब्दुल्लाह मियाँ,

काठमाडौ, माघ २ – अहिलेकै राष्ट्रिय झण्डालाई नयाँ संविधानमा मान्यता दिन प्रमुख तीन दल सहमत भएका छन् । माओवादीले राष्ट्रिय झण्डा परिवर्तन हुनुपर्ने अडान राख्दै आएको थियो । तीन दलबीच आइतबार सिंहदरवारमा बसेको बैठकले भने अहिलेको राष्ट्रिय झण्डाको रंग आकार प्रकारलाई जनआन्दोलनबाट प्राप्त सफलताहरुसंग व्याख्या गर्ने सहमति गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अनमिनले विमानस्थलको २ करोड तिर्न बाँकी


जे पाण्डे/लालप्रसाद शर्मा,

नेपालगन्ज/पोखरा, माघ २ – बहिर्गमन भइसक्दा पनि राष्ट्रसंघीय निकाय अनमिनले जहाज र हेलिकप्टर अवतरण, पार्किङ र यात्रु सेवा शुल्कबापत नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनुपर्ने रकम चुक्ता गरेको छैन ।

अनमिनले नेपालगन्ज र पोखरा विमानस्थल प्रयोग गरेबापत करिब २ करोड बक्यौता रहेको प्राधिकरण स्रोतले जनायो । पढ्नेक्रम जारी राख्नुहोस्