Daily Archives: 08/06/2022

काठमाडौंको फोहोर बन्चरेडाँडामा‚ सिसडोल ल्यान्डफिल साइट बन्द गरिने


१५ दिनभित्र फोहोर उठाइसकिने‚ साउन १ देखि फोहोर वर्गीकरण
गोविन्द पोखरेल
thumbकाठमाडौँ — काठमाडौं उपत्यकाको फोहोर फाल्न थालिएको नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट १७ वर्षपछि बन्द गर्ने प्रक्रिया सुरु भएको छ । मंगलबारदेखि सिसडोल ल्यान्डफिल साइटको ‘पोस्ट क्लोजर’ का लागि प्रक्रिया सुरु गरिएको हो । २०६२ जेठ २२ गतेदेखि सिसडोलमा २ वर्षका लागि भन्दै उपत्यकाको फोहोर विसर्जन गर्न थालिएको थियो । पहिलो पटक गत जेठ १० गते प्रहरीको सुरक्षामा बञ्चरेडाँडाको सेल १ मा फोहोर विसर्जन गरिएको थियो । मंगलबार फोहोर लिएर गएका ट्रकलाई स्थानीय बासिन्दाले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेर सडक खुलाएको थियो । वर्षाका कारण बिग्रिएको बाटो निर्माण गरेर अपराह्न फोहोर विसर्जन गरिएको थियो । महानगरकी वातावरण शाखाकी प्रमुख सरिता राईले मंगलबार १ सय ५७ ट्रक (१२ सय मेट्रिक टन) फोहोर विसर्जन गरिएको जानकारी दिइन् । पढ्नेक्रम जारी राख्नुहोस्