Daily Archives: 05/06/2022

सार्वजनिक शौचालयको बिजोग


निर्माण र व्यवस्थापनका लागि महानगरसँग छैन उचित कार्ययोजना
प्रशान्त माली
thumbकाठमाडौँ — संघीय राजधानी काठमाडौंमा सार्वजनिक शौचालयको बिजोग कसैबाट लुकेको समस्या होइन । नवनिर्वाचित जनप्रतिनिधिले पहिलो बैठकमै यो विषयलाई प्राथमिकता दिएका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल र वडाध्यक्षहरूसहित गत सोमबार बसेको पहिलो बैठकले पहिलो चरणमा होटल–रेस्टुरेन्टमा सर्वसाधारणका लागि शौचालय सुविधा उपलब्ध गराउन साताभित्र सञ्चालकसँग सम्झौता गर्ने निर्णय गर्‍यो । त्यसयता विस्तारै व्यावसायिक प्रतिष्ठानहरूले यो योजनामा सघाउन चासो देखाउन थालेका छन् । महानगरमा सार्वजनिक शौचालय नभएका होइनन्, पुराना र जीर्ण छन् । कतिपय आवश्यक ठाउँमा शौचालय छैनन् । यसले सर्वसाधारणदेखि विदेशी पर्यटकसम्मलाई सास्ती छ । झो छें टोलकी रूपा शाक्यले शौचालय नहुँदा पुरुषलाई भन्दा बढी महिला समस्यामा पर्ने गरेको बताइन् । ‘शौचालय भनेको ठाउँमा छैनन्, भएका पनि महिलामैत्री छैनन्,’ उनले भनिन् । पढ्नेक्रम जारी राख्नुहोस्