Daily Archives: 02/06/2022

निजगढ विमानस्थलको विकल्प


बाबुराम गोपाली (यादव)
/ डीबी नेपाली ‘दमु’
सिमरा विमानस्थललाई पूर्व र उत्तरतर्फ विस्तार गरी अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सकिन्छ ।
airport-nepal_20220602103345सर्वोच्च अदालतले पर्यावरण जोगाउनको लागि निजगढ विमानस्थलको विकल्प खोज्न दिएको फैसला स्वागतयोग्य छ। यसले पीडित टाँगिया बस्तीका बासिन्दा, सहजनाथ र तामागढी साझेदारी वनका करिब तीन लाख उपभोक्तासमेत लाभान्वित भएका छन्। अनुसन्धान र विज्ञको परामर्शमा आधारित शासन सञ्चालनको अभ्यास नभएका कारणले केही नेताहरूले सम्मानित अदालतको फैसलाप्रतिको गलत अभिव्यक्ति दिइरहेका छन्। विवादित दोस्रो (हाल चौथो) अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र बारा जिल्लाको जितपुर सिमरा नगरपालिका वार्ड नं. १६ मा पर्दछ। पढ्नेक्रम जारी राख्नुहोस्

नेपालगन्जमा प्रहरी र पूर्वराजा वीरेन्द्रको सालिक राख्न आएकाबीच झडप


प्रहरीद्वारा हवाइ फायर
रुपा गहतराज
thumbबाँके — नेपालगन्जको धम्बोजी चोकमा पूर्वराजाको सालिक राख्न आएकाले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति तनावपूर्ण भएको छ । पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्न प्रहरीले रोकिरहँदा उनीहरुले ढुंगामुढा गर्न थालेपछि प्रहरीले करिब ४ राउन्ड हवाइ फायर समेत गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्