नेपाल एसिया कप छनोट तेस्रो चरणको बिहीबार भएको खेलमा जोर्डनसँग २–० ले पराजित भएको छ । कुवेतको जाबिर अल अहमद स्टेडियममा भएको खेलमा नेपालले सम्माजनक हार बेहोरेको हो । नेपालले पहिलो हाफमा बलियो जोर्डनलाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने हार टार्न सकेन । पढ्नेक्रम जारी राख्नुहोस्
Monthly Archives: जुन 2022
एसिया कप छनोट : नेपाल जोर्डनसँग पराजित
Posted in समाचार
काठमाडौंको फोहोर बन्चरेडाँडामा‚ सिसडोल ल्यान्डफिल साइट बन्द गरिने
१५ दिनभित्र फोहोर उठाइसकिने‚ साउन १ देखि फोहोर वर्गीकरण
गोविन्द पोखरेल
काठमाडौँ — काठमाडौं उपत्यकाको फोहोर फाल्न थालिएको नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट १७ वर्षपछि बन्द गर्ने प्रक्रिया सुरु भएको छ । मंगलबारदेखि सिसडोल ल्यान्डफिल साइटको ‘पोस्ट क्लोजर’ का लागि प्रक्रिया सुरु गरिएको हो । २०६२ जेठ २२ गतेदेखि सिसडोलमा २ वर्षका लागि भन्दै उपत्यकाको फोहोर विसर्जन गर्न थालिएको थियो । पहिलो पटक गत जेठ १० गते प्रहरीको सुरक्षामा बञ्चरेडाँडाको सेल १ मा फोहोर विसर्जन गरिएको थियो । मंगलबार फोहोर लिएर गएका ट्रकलाई स्थानीय बासिन्दाले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेर सडक खुलाएको थियो । वर्षाका कारण बिग्रिएको बाटो निर्माण गरेर अपराह्न फोहोर विसर्जन गरिएको थियो । महानगरकी वातावरण शाखाकी प्रमुख सरिता राईले मंगलबार १ सय ५७ ट्रक (१२ सय मेट्रिक टन) फोहोर विसर्जन गरिएको जानकारी दिइन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
सार्वजनिक शौचालयको बिजोग
निर्माण र व्यवस्थापनका लागि महानगरसँग छैन उचित कार्ययोजना
प्रशान्त माली
काठमाडौँ — संघीय राजधानी काठमाडौंमा सार्वजनिक शौचालयको बिजोग कसैबाट लुकेको समस्या होइन । नवनिर्वाचित जनप्रतिनिधिले पहिलो बैठकमै यो विषयलाई प्राथमिकता दिएका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल र वडाध्यक्षहरूसहित गत सोमबार बसेको पहिलो बैठकले पहिलो चरणमा होटल–रेस्टुरेन्टमा सर्वसाधारणका लागि शौचालय सुविधा उपलब्ध गराउन साताभित्र सञ्चालकसँग सम्झौता गर्ने निर्णय गर्यो । त्यसयता विस्तारै व्यावसायिक प्रतिष्ठानहरूले यो योजनामा सघाउन चासो देखाउन थालेका छन् । महानगरमा सार्वजनिक शौचालय नभएका होइनन्, पुराना र जीर्ण छन् । कतिपय आवश्यक ठाउँमा शौचालय छैनन् । यसले सर्वसाधारणदेखि विदेशी पर्यटकसम्मलाई सास्ती छ । झो छें टोलकी रूपा शाक्यले शौचालय नहुँदा पुरुषलाई भन्दा बढी महिला समस्यामा पर्ने गरेको बताइन् । ‘शौचालय भनेको ठाउँमा छैनन्, भएका पनि महिलामैत्री छैनन्,’ उनले भनिन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
निजगढ विमानस्थलको विकल्प
बाबुराम गोपाली (यादव)
/ डीबी नेपाली ‘दमु’
सिमरा विमानस्थललाई पूर्व र उत्तरतर्फ विस्तार गरी अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सकिन्छ ।
सर्वोच्च अदालतले पर्यावरण जोगाउनको लागि निजगढ विमानस्थलको विकल्प खोज्न दिएको फैसला स्वागतयोग्य छ। यसले पीडित टाँगिया बस्तीका बासिन्दा, सहजनाथ र तामागढी साझेदारी वनका करिब तीन लाख उपभोक्तासमेत लाभान्वित भएका छन्। अनुसन्धान र विज्ञको परामर्शमा आधारित शासन सञ्चालनको अभ्यास नभएका कारणले केही नेताहरूले सम्मानित अदालतको फैसलाप्रतिको गलत अभिव्यक्ति दिइरहेका छन्। विवादित दोस्रो (हाल चौथो) अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र बारा जिल्लाको जितपुर सिमरा नगरपालिका वार्ड नं. १६ मा पर्दछ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
नेपालगन्जमा प्रहरी र पूर्वराजा वीरेन्द्रको सालिक राख्न आएकाबीच झडप
प्रहरीद्वारा हवाइ फायर
रुपा गहतराज
बाँके — नेपालगन्जको धम्बोजी चोकमा पूर्वराजाको सालिक राख्न आएकाले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति तनावपूर्ण भएको छ । पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्न प्रहरीले रोकिरहँदा उनीहरुले ढुंगामुढा गर्न थालेपछि प्रहरीले करिब ४ राउन्ड हवाइ फायर समेत गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार