Daily Archives: 30/05/2022

यसरी भेटियो हराइरहेको ट्विनअटर


घनश्याम खड्का
thumbम्याग्दी — जोमसोमका आइतबार बिहान उडेको तारा यएरको ९–एनएईटी ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सानोसरे भीरमा फेला परेको छ । थासाङ गाउँपालिका–३ लेतेका सुमित गौचनले सोमबार बिहान दुर्घटनाग्रस्त विमान मानापाथी हिमालको फेदीमा मूलीखर्कको सरेभीरमा अन्दाजी ४ हजार २ सय मिटरमाथि क्षतविक्षत अवस्थामा फेला पारेका हुन् । गौचन अन्य स्थानीयसँगै दुर्घटनाग्रस्त विमान खोज्न निक्लेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्