Daily Archives: 29/05/2022

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन


tara-ain-pokhara-jomsom-udan१५ जेठ, काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

सरकारको ऋण १८ खर्ब ४८ अर्ब नाघ्यो


संघीय खर्चमा ऋण भुक्तानी अंश १०५, सरकारले ८ महिनामा तिर्‍यो साढे ६६ अर्ब साँवाब्याज
हेमन्त जोशी
hemanta-story-2952022045245-1000x0काठमाडौँ — सरकारले तिर्न बाँकी ऋण करिब साढे १८ खर्ब पुगेको छ । नेपालको सार्वजनिक ऋण चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा १८ खर्ब ४८ अर्ब १९ करोड रुपैयाँ बराबर पुगेको देखिएको हो । शनिबार सार्वजनिक ‘आर्थिक सर्वेक्षण ०७८/७९’ अनुसार सरकारले ८ खर्ब ६३ अर्ब १९ करोड रुपैयाँ आन्तरिक र ९ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँ बाह्य ऋण तिर्न बाँकी छ । सरकारले तिर्न बाँकी सार्वजनिक ऋण हेर्दा अहिले हरेक नेपालीको भागमा ६५ हजार ५ सय ५६ रुपैयाँ बराबर ऋण छ ।पछिल्लो ५ वर्षमा सरकारको ऋण दोब्बर भएको सरकारी तथ्यांक छ । पढ्नेक्रम जारी राख्नुहोस्